Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नागरिकता ऐन संशोधन विधेयकविरुद्ध वीरगञ्जमा प्रदर्शन

६ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् । सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनँइ […]

सूर्यग्रहण हेर्ने रहर (फोटो फिचर)

७ असार, काठमाडौं । आसार कृष्ण औँसीका दिन आइतबार बिहान १० : ५५ बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०: ५५ बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ : ३८ बजे मध्य र अपराह्न २ : २३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला […]

संखुवासभामा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनियो

७ असार, काठमाडौं । संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले अनलाइनखबरलाई जानकारी दिए । मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा […]

पाँच महिनापछि प्रहरीले भन्यो : लेखापरीक्षकको हत्या होइन, भवितव्य मृत्यु

७ असार विराटनगर । गत माघ ७ गते सिंघिया खोलामा मृत अवस्थामा भेटिएका विराटनगर– २ तीनपैनीका लेखापरीक्षक प्रबल घिमिरेको मृत्यु भवितव्य दुर्घटनाबाट भएको निश्कर्ष निकालेको छ । पाँच महिनाअघिको घटनाबारे जानकारी दिँदै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घिमिरेको हत्या नभई अत्यधिक मादक पदार्थ सेवनपछिको भवितव्य मृत्यु भएको बताए । ‘हाम्रो अनुसन्धानले कसैको संलग्नता […]

खाद्यले फेरि बेच्न थाल्यो इन्डक्सन चुल्हो, उपत्यकामा होम डेलिभरी सेवा

७ असार काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्होको बिक्री सुरु गरेको छ । शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासंगै इन्डक्सनको पुःन बिक्रि सुरु गरेको कम्पनीले जनाएको छ । बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री थालिएको कम्पनीले […]

ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

७ असार, चितवन । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । समितिले आज सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध […]

बारामा थपिए तीनजना कोरोना संक्रमित

६ असार, वीरगञ्ज । बारामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण देखिएको हो । संक्रमितमध्ये एकजना २४ वर्षीय पुरुष हुन् । अन्य दुईजनाको उमेर खुलेको छैन । फर्ममा दुई संक्रमितको उमेर उल्लेख भएको छैन । संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो […]

राष्ट्रव्यापी कर्फ्यु हटाउँदै साउदी

७ असार, काठमाडौं । साउदी अरेबियाले आइतबारदेखि मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ । यद्यपि अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । साउदी अरेबियाले अहिलेसम्म जुलाईमा शुरु हुने […]

दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल

७ असार, बुटवल । रुपन्देहीको सियारी र मायादेवी गाउँपालिकालाई जोड्न छपियाको कालिकादिह मन्दिर क्षेत्रमा निर्माणाधीन पक्की पुल भत्किएको छ । पुल भत्किँदा दुईजना इन्जिनियरसहित पाँचजना घाइते भएका छन् । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको पुल ढलान भएको १३औं दिनमा भत्किएको हो । दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ (टेका)हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको […]

विभूषण पाउने व्यक्तिको संख्या तोकियो

७ असार, काठमाडौं । कामभन्दा पहुँचको भरमा दिन थालेपछि सरकारले हरेक वर्ष दिने विभूषण विवादित मात्र भएको छैन, यसको महत्व पनि घट्दै गएको छ । गृह मन्त्रालयले गत वर्ष संविधान दिवस (३ असोज) मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरको थियो । जसमा सत्तारुढ दल निकट, विवादास्पद र […]

भारतमा एकैदिन भेटिए १५ हजारभन्दा धेरै कोरोना संक्रमित

७ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख […]

सुदूरपश्चिममा कोरोना : संक्रमण तीव्र, परीक्षण सुस्त

७ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए । तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो । चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै […]

बेसार औषधिमय छ, यसरी मजाक नउडाऔं : प्रधानमन्त्री

७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताए […]

कोरोना संक्रमित थपिएपछि गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन भन्दै बागलुङको गल्कोट नगरपालिका क्षेत्रमा आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ । नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् […]

सुत्केरीमा कोरोना देखिएपछि गुल्मीका ३ गाउँ सिल

७ असार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो । गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र […]

नागरिकता विधेयकसम्बन्धी पार्टी निर्णयमा प्रभु साहको असन्तुष्टि 

७ असार, काठमाडौं। नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत […]

गर्मी र वर्षाको मौसम सुरु भएसँगै सर्पदंशका बिरामी बढे

७ असार, झापा । गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो । उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा […]

यो साता विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् । गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु […]

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

युएई । युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा […]

उत्तरी सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी

७ असार, सुर्खेत । सशस्त्र प्रहरी बलले उत्तरी सीमामा उपस्थिति बढाउँदै लगेको छ । यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बोर्डर आउट पोष्ट (बीओपी) राखेको सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकामा पनि शनिबार बीओपी स्थापना गरेको छ । नाम्खा गाउँपालिका– ५, हिल्सामा पहिलोपटक औपचारिक कार्यक्रम गरेर सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको हो । सशस्त्र […]

अहिले औषधीय आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्णः प्रधानमन्त्री

७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक […]



from समाचार – Online Khabar https://ift.tt/2YUdAcD
via IFTTT
Powered by Blogger.