Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना पोजेटिभ देखिएपछि ३ जनाको उडान रोकियो

युएई । युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा […]

उत्तरी सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी

७ असार, सुर्खेत । सशस्त्र प्रहरी बलले उत्तरी सीमामा उपस्थिति बढाउँदै लगेको छ । यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बोर्डर आउट पोष्ट (बीओपी) राखेको सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकामा पनि शनिबार बीओपी स्थापना गरेको छ । नाम्खा गाउँपालिका– ५, हिल्सामा पहिलोपटक औपचारिक कार्यक्रम गरेर सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको हो । सशस्त्र […]

अहिले औषधीय आहर, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्णः प्रधानमन्त्री

७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक […]

स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी मन्त्री !

६ असार, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् । शनिबार यूनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्यूरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण पनि गरेका थिए । मन्त्रीलाई साक्षी राखेर […]

छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

७ असार, काठमाडौ‌ँ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज (आइतबार)  देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री […]

नेपालमा आज खण्डग्रास सूर्यग्रहण, काठमाडौंबाट देखिने छ ८८ प्रतिशत सूर्य ढाकिएको दृष्य

१ असार, काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । । आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । […]

शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

७ असार, काठमाडौं । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको  ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मिएकी जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान छ । आणविक वैज्ञानिक डा. बलराम जोशीसँग विवाह गरेकी उनका दुई […]

डोटीमा करेन्ट लागेर महिलाको मृत्यु

७ असार, डोटी ।  जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह […]

दोहाबाट १४९ नेपाली काठमाडौं प्रस्थान

७ असार, दोहा । कतारको दोहाबाट आइतबार १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान गरेका छन् । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिका कारण समस्यामा परेकाहरुलाई उद्धार गर्ने क्रममा आइतबार पहिलो चरणमा १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरु काठमाडौं प्रस्थान गरेका हुन् । सो उडानमा […]

कोरोना नियन्त्रणमा ध्यान नदिएको विरोधमा फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतियो

७ असार, काठमाडौं । कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै रुष्ट भएकाहरुले फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतेर विरोध जनाएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको रगत देखाउन प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरेर सांकेतिक विरोध गरेका हुन् । सामाजिक सन्जालमा शेयर गरिएको एक भिडियोमा पीपीई सेट लगाएका र नलगाएका दुई जना व्यक्तिले पेरिसस्थित स्वास्थ्य […]

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

७ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित फेला परेका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ […]

दैनिक पीसीआर टेस्ट ७४०० नाघ्यो, थप ३३१ जनामा संक्रमण पुष्टि

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् । […]

धारामा छोडिएको करेन्ट लागेर डोटीमा एकको मृत्यु

६ असार, डोटी । धारामा छोडिएको करेन्ट लागेर डोटीको आदर्श गाउँपालिका-७ नुवाघरकी २६ बर्षीया तुलसी थापाको ज्यान गएको छ । उनी शनिबार मध्यान्ह घरायसी कामबाट थाकेकी उनी नुहाउन गएकी थिइन् । जसै उनी नुहाउन धारामा पसिन्, ‘ऐय्या’ पनि भन्न पाइनन् । करेण्ट लागेर उनको मृत्यु भयो । क्वारेन्टिनमा बसेर घर फर्किएका व्यक्तिहरु धारामा पानी खान […]

मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित, गण्डकीमा एकैदिन १०८ जनामा संक्रमण पुष्टि

६ असार, पोखरा । मस्ताङमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना भाइरस पुगेको छ । घरपजोङ गाउँपालिकाका ८३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘अहिले उहाँको स्वास्थ्य सामान्य छ । जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । हामीले प्रयोगशालाबाट भर्खरै खबर पाएका हौं,’ मुस्ताङ […]

नेकपाको निर्णय : ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता

६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । नेपाली महिलासँग […]

स्वास्थ्य मन्त्रालयको विश्लेषण : भदौमा ३९ हजार पुग्नसक्छन् कोरोना संक्रमित

६ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ । त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको […]

जनताबाट रकम उठाएर नारायणी अस्पतालमा पीसीआर मेसिन

५ असार, वीरगञ्ज । आम नागरिकबाट सहयोग रकम उठाएर वीरगञ्ज महानगरपालिकाले किनेको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ । कोरोना कोष स्थापना गरेर वीरगञ्ज महानगरपालिकाले नगरबासीलाई पीसीआर मेसिन खरिदमा आर्थिक सहयोग आव्हान गरेको थियो, जसमा १ करोड ७२ लाख ६७ हजार ४ सय ७३ रुपैयाँ संकलन भएको थियो । त्यसमध्येबाट भ्याटसहित ६३ लाख ८३ […]

सडकमा लम्पसार परेर सरकारको विरोध

६ असार, काठमाडौं । शहिदगेट–सुन्धारा क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् । शनिबार एक दर्जन बढी युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरे । विरोध जनाउन उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर सुतेका थिए । […]

आरडीटी नेगेटिभ आएपछि घर गएकी बालिकाको मृत्यु

६ असार, प्युठान । आरडीटी नेगेटिभ आएपछि घर गएकी ११ वर्षीया बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की बालिकाको शनिबार अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । जेठ २१ गते भारतबाट आएर सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेकी उनको असार ३ गते […]

आइसोलेशन श्यया क्षमताभन्दा दोब्बर सङ्क्रमित

६ असार, भीमदत्तनगर । कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भएपनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेशन श्यया भए पनि यहाँ शुक्रबार साँझसम्म सङ्क्रमितको सङ्ख्या ७७० जना पुगेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका […]

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

६ असार, नेपालगञ्ज । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको  सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए । उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको […]



from समाचार – Online Khabar https://ift.tt/2BtXeQc
via IFTTT
Powered by Blogger.