Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धनुषा र सप्तरीमा प्रधानमन्त्रीको पुत्ला दहन

९ असार, जनकपुरधाम । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार पनि प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, […]

निजामती विधेयक : नेकपाभित्र तीन धार, पार्टी गुहार्न मन्त्रीको सुझाव

९ असार, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयकको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तीन धार देखिएको छ । संसदमा बहुमत भएको पार्टीकै सांसदहरूमा अलमल देखेपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नागरिकता विधेयकमा जस्तै पार्टी नेतृत्व गुहार्न सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन […]

एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का

९ असार, काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का भएको हो । एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) […]

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम फेर्न लागेको हो ?

९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई तेस्रोपटक संशोधन गर्न बनेको विधेयक विधायन समितिले पारित गरेर सोमबार राष्ट्रिय सभामा पठाएको छ । यो विधेयकमार्फत अख्तियारी प्राप्त नगरेका व्यक्ति र सरकारी ढुकुटीबाट एक पैसा नपरेको क्षेत्रमा पनि अख्तियारले हात हाल्न पाउने व्यवस्था गर्न लागिएको छ। ऐनको दफा २ मा ‘सार्वजनिक सेवा प्रवाह […]

चिकित्सकको अनुभव : सामाजिक दुरी र डर घट्यो , संक्रमणको जोखिम बढ्यो

पछिला दिनहरूमा किस्ताकिस्तामा लकडाउन खुकुलो बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानमा नेपाली दिदीबहिनी दाजुभाइहरू रोजगारीका लागि गएका छन् । उनीहरूमध्ये केही स्वदेश फिर्ता आएसँगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । क्वारेन्टिन अव्यवस्थित छ। पीसीआर परीक्षणमा चाप अत्यधिक छ। पछिल्ला दिनमा दुवैतिरका सुरक्षा निकायको आँखा छलेर नेपाली र भारतीय नागरिक छिर्न सुरु गरेको सुनेको छु […]

क्वारेन्टिनमा आरडीटी परीक्षण गरेर घर पठाइएका युवकको मृत्यु

९ असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका अर्का युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका उनी क्वारेन्टिनमा बसेर २८ जेठमा घर गएका थिए । घर पुगेको भण्डै २ सातापछि […]

सपनाजस्तो लाग्ने उपमेयरको ‘जनवादी’ बिहे

९ असार, काठमाडौं । अन्तरजातीय प्रेमको वियोगान्त परिणामबारे रिपोर्टिङका लागि हामी जाजरकोट-रुकुम (पश्चिम) पुगेका थियौं । जाजरकोटका नवराज बिक र रुकुम (पश्चिम) की मल्ल थरकी किशोरीबीचको प्रेमले त्यहाँ नरसंहारको रुप लिएको थियो। वियोगान्त प्रेमको रिपोर्टिङ गर्न गएका बेला हामीले रुकुममा एउटा संयोगान्त अन्तरजातीय प्रेमकथा पनि फेला पार्यौं, जुन कथाकी एक पात्र हुन्– प्रेमकुमारी सुनार । […]

रुकुम घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस

९ असार, काठमाडौं । पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ । अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्‍याली भएको हो । संयुक्त […]

गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू

९ असार, काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका […]

अन्नपूर्णको नीति : कोदोमा आत्मनिर्भर, एक घर एक दुहुना भैंसी

९ असार, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि उत्पादन बढाउने र खाना नफालौं अभियान चलाएर आत्मनिर्भर हुने नीति ल्याएको छ । ५ रोपनीभन्दा धेरै जग्गामा खेती गर्ने व्यवसायिक किसान पहिचान गरी उत्पादन र बजार प्रवद्र्धन गर्ने नीति गाउँपालिकाले लिएको छ । भूमि बैंक स्थापना गरी बाँझो जमिनलाई कम्तीमा २० वर्षका लागि लिजमा दिई व्यवासयिक खेती […]

कोरोनाको औषधि बनाएको पतञ्जलीको दाबीमा भारत सरकारले उठायो प्रश्न

९ असार, काठमाडौं । भारतको आयुष मन्त्रालयले पतञ्जलीले बनाएको भनिएको कोरोना भाइरसको आषधिमाथि प्रश्न उठाएको छ । र, यसबारे छानविन पुरा नहुँदासम्म यसको प्रचारप्रसारमा रोक लगाएको छ । पतञ्जलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका थिए । यो औषधिको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै गरेको र शतप्रतिशत ठीक […]

नागरिकता विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

९ असार, बुटवल । नागरिकता ऐन संसोधन विधेयकको विरोधमा भैरहवामा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार भैरहवामा प्रदर्शन गर्दै विरोधसभा समेत गरेको हो । गल्लामण्डीबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न स्थान परिक्रमा गर्दै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता […]

मास्क लगाउन किन झञ्झट मानेको ? (फोटो फिचर)

९ असार, काठमाडौं । जतिबेलासम्म नेपालमा कोरोना भाइरसको संक्रमणले व्यापक रुप लिइसकेको थिएन, त्यतिबेलासम्म धेरै यो भाइरसप्रति संवेदनशील देखिन्थे । सरकारले तोकेको सामाजिक दुरीको लागि धेरै ठाउँमा पहेँलो र सेता घेराहरू लागे । बाहिर निस्कने जोकोहीको अनुमार मास्कले ढाकेको हुन्थ्यो । अत्यावश्यकबाहेक कोही पनि घरबाहिर निस्कँदैन’थे । तर मंगलबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या १० हजार […]

प्रदेश १ मा कोरोना रोकथाममा झण्डै २६ करोड खर्च

९ असार, विराटनगर । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जम्मा २५ करोड ८३ लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको […]

भारत–पाकिस्तान सीमामा गोली चल्दा भारतीय सेनाका एक नेपालीको मृत्यु

९ असार, काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली चल्दा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा यो घटना भएको हो । पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गर्दा भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको हो । कार्की […]

५८ जिल्लामा फैलियो अमेरिकी फौजी किरा

९ असार, काठमाडौं । २०७६ साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किरा ११ महिनामा ५८ जिल्लामा फैलिएको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको छ । यसले उमिँ्रदै गरेको मकैको सुइरोदेखि डाँठ र छिप्पिएको सिङ्गो बोटसम्म खाइदिन्छ । मकैमा किराको प्रकोप बढेको गुनासोपछि प्लान्ट […]

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको […]

सेनाले किनेको रि-एजेन्ट काम लागेन, वीरगञ्जमा कोरोना परीक्षण रोकियो

९ असार, वीरगञ्ज । नेपाली सेनाले खरिद गरेको रि-एजेन्ट काम नलाग्ने भएपछि वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको रि-एजेन्ट काम नलाग्ने हुँदा ल्याब बन्द गर्नुपर्ने अवस्था आएको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ल्याब बन्द भएपछि दुई दिनमा संकलन भएका झण्डै १२०० स्वाब पीसीआर परीक्षणका […]

गुल्मीमा थपिए ३ जना कोरोना संक्रमित 

९ असार, गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । संक्रमित हुनेमा २ जना पुरुष र १ जना महिला रहेको आचार्यले बताए । यससँगै गुल्मीमा काेरोना […]

प्रदेश ५ मा थपिए १ सय २३ कोरोना संक्रमित

९ असार, बुटवल । प्रदेश ५ मा मंगलबार थप १ सय २३ जनामा कोरोना पाजेटिभ पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८७ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा पाल्पाका ४४ जना, प्युठानका ४५ जना, गुल्मीका २ जना र अर्घाखाँचीका २ जनामा कोरोना भाइरस […]

नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख जरिवाना

९ असार, काठमाडौं । झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा झुटो विवरण दिई नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना लिने विषयमा सहमति जुटाएको […]



from समाचार – Online Khabar https://ift.tt/3dw6y34
via IFTTT
Powered by Blogger.