Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ को बजेट : पोहोर भैंसी किनियो, यसपालि बोका !

६ असार, जनकपुरधाम  । प्रदेश २ बाह्रै महिना विपदको जोखिममा रहने प्रदेश हो । अत्यधिक गर्मीसँगै हाबाहुरी, हाबासँगै अत्यधिक आगलागी, बर्षाको समयमा बाढी र कटान तथा जाडोको समयमा शितलहरीले व्यक्तिको ज्यान जाने गर्छ । यी विपद जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले रु ५ करोड ८० लाख बजेट विनियोजन गरेको छ आगामी आर्थिक बर्षका लागि । […]

‘लोकतन्त्रको उपहास भइरहेको छ, युवापुस्ता फरक हुन सिक’

६ असार, काठमाडौं । डा. सञ्जीव उप्रेतीले जीवनका उर्जाशील २५ वर्ष प्राध्यापनमा बिताए । त्यसक्रममा युवा वर्गसँग उनको बढी उठबस रह्यो । विश्वविद्यालयमा पढाउने र साहित्य लेख्ने क्रममा हजारौं युवासँग नजिक भएका उप्रेती लेखेर, बोलेर र आफैं अघि सरेर युवालाई मार्गनिर्देश गरिहेका हुन्छन् । प्रष्ट वक्ताको रुपमा चिनिने उनी युवाकालमा आन्दोलनमा सहभागी भएकोदेखि गल्ती गरेका […]

कर्णालीमा कोरोना परीक्षणको दायरा बढाइँदै, तीन मेसिन थपिँदै

६ असार, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु बढ्दै जाँदा परीक्षणको दायरा बढाउने तयारी गरिएको छ । कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको जिल्ला अस्पताल, दुल्लु नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने […]

रौतहटमा एक महिलालाई घरबाटै अपहरण प्रयास

६ असार, रौतहट । रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गएराति घरबाटै अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहले अपहरण प्रयास गरेका हुन् । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना […]

सर्वोच्चको आदेशले सरकार परिबन्दमा, निजी क्षेत्रलाई कर तिर्न फकाउँदै

६ असार, काठमाडौं । गत जेठ २० गते आन्तरिक राजस्व विभागले २५ जेठभित्र सबैलाई कर बुझाउन भन्दै नबुझाए कानुनअनुसार जरिवाना तिराइने चेतावनीसहितको सूचना प्रकाशित गर्यो । सरकारले कर तिर्न ताकेता गरेपछि लकडाउनले तीन महिनादेखि घरभित्रै थुनिएका जनता आक्रोशित बने । एकातर्फ व्यवसाय गर्न नदिने र अर्कोतर्फ कर नतिरे कारवाही गर्ने सरकारको दोहोरो नीतिको उद्योगी व्यवसायीले […]

बाराको सिम्रौनगढमा तीन जनामा कोरोना पुष्टि

६ असार, वीरगञ्ज । बारामा शनिबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले अनलाइनखबरलाई बतायो ।

अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्र : संवैधानिक आयोगलाई असंवैधानिक अधिकार दिने तयारी

६ असार, काठमाडौं । संसदीय समितिमा छलफलमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा निजी क्षेत्रलाई पनि आयोगको क्षेत्राधिकारमा पार्ने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ऐनको दफा २ मा ‘प्रचलित कानून बमोजिम स्थापित आयोग, समिति, संस्थान, प्राधिकरण, निगम, कम्पनी, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्, बैंक, मेडिकल कलेज र सोसम्बद्ध अस्पताल वा यस्तै […]

दैलेखमा आइपुग्यो पीसीआर मेशिन, तीन दिनभित्र परीक्षण सुरू हुने

६ असार, दैलेख । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको […]

गण्डकीमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित ४३८ पुगे

६ असार, काठमाडौं । गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम […]

कास्कीमा ‘ट्राभल हिस्ट्री’ विना १९ महिने शिशुमा कोरोना

६ असार, पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् । १९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा […]

‘हामी भाइरसबाट बच्न सक्छौं तर भोकमरीबाट सक्दैनौं’

६ असार, काठमाडौं । चिकित्सा अध्ययन गर्न चाहने १२ कक्षाका एक विद्यार्थीले आफ्नी आमाको उपचार तथा भाइबहिनीको विद्यालय शुल्कको लागि मानिसहरूको शव व्यवस्थापन गर्ने काम सुरु गरेका छन् । उनले नाम चन्द मोहम्मद हो । उनकी आमा थाइराइडको अनियमितताको समस्या सामना गरिरहेकी छिन् । उनलाई अहिले तत्कालै उपचारको खाँचो छ । तर उनको उपचारका लागि […]

नेकपा सचिवालय बैठक जारी

६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित रहेको बुझिएको छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको […]

गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला

६ असार, गुल्मी । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय […]

कोशी अस्पतालबाट थप १० जनाले जिते कोरोना

६ असार, विराटनगर । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ४ महिलासहित १० जना कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर […]

नारायणगढ–मुग्लिन सडकको पहिरो तीन दिन लगाएर पन्छाइयो, दुईतर्फी सवारी सञ्चालन

६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी […]

प्रदेश १ को आर्थिक विधेयक पारित

६ असार, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा दर्ता गराएको आर्थिक विधेयक पारित भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनका लागि ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो । विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संसोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको […]

भारत जाने २० हजार, नेपाल आउने ११ हजार

६ असार, विराटनगर । प्रदेश १ मा भारतबाट आउनेभन्दा नेपालबाट भारत जानेहरुको संख्या बढी रहेको पाइएको छ । प्रदेश १ मा नेपाल फर्कनेभन्दा भारत जानेको संख्यामा करिब दोब्बरको अन्तर छ । प्रदेश प्रहरी कार्यायल विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलका अनुसार २ असारसम्म प्रदेश १ का चारवटा जिल्लाका नाकाहरुबाट ११ हजार २ सय नेपाली भित्रिएका […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना

६ असार, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए […]

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

५ असार, काठमाडौं । राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ । वि.सं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो । त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरसँग भने, […]

बाकसमा शव फर्किँदा विमानस्थलमा सन्नाटा (फोटो फिचर)

५ असार, काठमाडौं । शुक्रबार मात्रै २४ नेपालीको शव काठमाडौं आइपुगेको छ । कतारबाट कतार एयरवेजमार्फत २०, कुवेतबाट जजिरा एयरमार्फत २ र दुबईबाट नेपाल एयरलाइन्स र साउदीबाट हिमालय एयरलाइन्स मार्फत एक-एक वटा शव काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।  शबहरू भित्रिँदा विमानस्थलमा सन्नाटा छायो ।आफन्तहरु भावविह्वल देखिए कतारबाट बर्दियाका शुकराम थारु, सर्लाहीका […]

प्रधानसेनापति र सशस्त्रका आईजीपीको छाङरु भ्रमणको सन्देश

५ असार, काठमाडौं । द्वन्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२/०६३ को आन्दोलनका वेला युटिफाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै हिँड्ने र एकअर्काको एजेन्सीमा गएर सम्बोधन गर्ने गर्थें । त्यसैको झल्को दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र […]



from समाचार – Online Khabar https://ift.tt/2Yh8qs1
via IFTTT
Powered by Blogger.