Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वास्थ्य मन्त्रालयको विश्लेषण : भदौमा ३९ हजार पुग्नसक्छन् कोरोना संक्रमित

६ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ । त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको […]

जनताबाट रकम उठाएर नारायणी अस्पतालमा पीसीआर मेसिन

५ असार, वीरगञ्ज । आम नागरिकबाट सहयोग रकम उठाएर वीरगञ्ज महानगरपालिकाले किनेको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ । कोरोना कोष स्थापना गरेर वीरगञ्ज महानगरपालिकाले नगरबासीलाई पीसीआर मेसिन खरिदमा आर्थिक सहयोग आव्हान गरेको थियो, जसमा १ करोड ७२ लाख ६७ हजार ४ सय ७३ रुपैयाँ संकलन भएको थियो । त्यसमध्येबाट भ्याटसहित ६३ लाख ८३ […]

आरडीटी नेगेटिभ आएपछि घर गएकी बालिकाको मृत्यु

६ असार, प्युठान । आरडीटी नेगेटिभ आएपछि घर गएकी ११ वर्षीया बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की बालिकाको शनिबार अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । जेठ २१ गते भारतबाट आएर सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेकी उनको असार ३ गते […]

आइसोलेशन श्यया क्षमताभन्दा दोब्बर सङ्क्रमित

६ असार, भीमदत्तनगर । कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भएपनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेशन श्यया भए पनि यहाँ शुक्रबार साँझसम्म सङ्क्रमितको सङ्ख्या ७७० जना पुगेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका […]

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

६ असार, नेपालगञ्ज । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको  सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए । उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको […]

पहिरोले जिप पुर्दा दुई जनाको मृत्य, ४ जना घाइते

६ असार, गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन  र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए […]

चिनियाँ र भारतीय सैनिकको झडपबारे बोल्यो नेपाल

६ असार, काठमाडौं । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ । गलवान […]

भारतबाट दश महिनामा २८ करोडको बेसार आयात

६ असार, काठमाडौं । बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ । बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै […]

कुवेतबाट आएका थप ७ महिलामा कोरोना संक्रमण पुष्टि

६ असार, काठमाडौं । कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ । यस्तै यस्तै काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण […]

दैनिक पीसीआर टेस्ट ७४०० नाघ्यो, थप ३३१ जनामा संक्रमण पुष्टि

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् । […]

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

६ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ […]

७ बर्षपछि अंगीकृत नागरिकता दिने नेकपा निर्णयको बिरोध

६ असार, जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई […]

प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित, मोरङमा ८ जना

६ असार, विराटनगर । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा […]

गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

६ असार, गुल्मी । गुल्मीमा १४ जनामा कोरोना भाइरस (कोभिड-१) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । नगरपालिकाको वडा नम्बर- ६ का २१ वर्षकी महिला, वडा नम्बर-७ का ३९ वर्षका पुरुष, वडा नम्बर-८ का […]

होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ

६ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ आएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति […]

दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए, २३३ जना गए

६ असार, काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्।  यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं  शनिबार बिहान काठमाडौं उत्रिएका हुन् । […]

भारतमा चिनियाँ माल बहिस्कार अभियान

६ असार, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न भएको तनावको असर दुई देशको द्वीपक्षीय व्यापारमा पर्ने देखिएको छ । भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले पनि चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको सञ्चारध्यमले जनाएका छन् । गत सोमबार लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त भएको थियो […]

प्रदेश २ को बजेट : पोहोर भैंसी किनियो, यसपालि बोका !

६ असार, जनकपुरधाम  । प्रदेश २ बाह्रै महिना विपदको जोखिममा रहने प्रदेश हो । अत्यधिक गर्मीसँगै हाबाहुरी, हाबासँगै अत्यधिक आगलागी, बर्षाको समयमा बाढी र कटान तथा जाडोको समयमा शितलहरीले व्यक्तिको ज्यान जाने गर्छ । यी विपद जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले रु ५ करोड ८० लाख बजेट विनियोजन गरेको छ आगामी आर्थिक बर्षका लागि । […]

‘लोकतन्त्रको उपहास भइरहेको छ, युवापुस्ता फरक हुन सिक’

६ असार, काठमाडौं । डा. सञ्जीव उप्रेतीले जीवनका उर्जाशील २५ वर्ष प्राध्यापनमा बिताए । त्यसक्रममा युवा वर्गसँग उनको बढी उठबस रह्यो । विश्वविद्यालयमा पढाउने र साहित्य लेख्ने क्रममा हजारौं युवासँग नजिक भएका उप्रेती लेखेर, बोलेर र आफैं अघि सरेर युवालाई मार्गनिर्देश गरिहेका हुन्छन् । प्रष्ट वक्ताको रुपमा चिनिने उनी युवाकालमा आन्दोलनमा सहभागी भएकोदेखि गल्ती गरेका […]

नेकपाको निर्णय : ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता

६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । नेपाली महिलासँग […]

सडकमा लम्पसार परेर सरकारको विरोध

६ असार, काठमाडौं । शहिदगेट–सुन्धारा क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् । शनिबार एक दर्जन बढी युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरे । विरोध जनाउन उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर सुतेका थिए । […]



from समाचार – Online Khabar https://ift.tt/3fJatva
via IFTTT
Powered by Blogger.