समाचार
५ असार, जनकपुरधाम । प्रहरीले सिराहाबाट लागूऔषध बोकेका एक भारतीयसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिराहाको भगवानपुर […]
५ असार, काठमाडौं । बनेपाको हार्डवेयर पसलमा चोरी गरेर फरार व्यक्ति नवलपरासीको सुनवल-१ बाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाको टोलीले चितवनको रत्नगर-१ का २७ वर्षीय प्रकाशजंग कुँवरलाई चोरीको रकम मध्ये एक लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको […]
५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी -सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु शुक्रबार संयुक्त […]
५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्त्येष्टि पीडादायी हुन्छ । मृत्युपछि अन्त्येष्टिका लागि घाटमा लैजान खोज्दा स्थानीयले विरोध समेत सामना गर्नु परेका घटना छन् । तर कैलालीकी कोरोना सङक्रमित महिलाको भने सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ । लम्कीचुहा २ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको […]
५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । तनहुँको घिरिङ नगरपालिकामा […]
५ असार, काठमाडौं । सरकारले लगानी बोर्डको (प्रमुख कार्यकारी अधिकृत) सीईओ नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो । रिक्त सीईओ पदपूर्तिका प्रतिपर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ । सार्वजनिक-निजी साझेदारी तथा लगानी […]
५ असार, काठमाडौं । सहकारी संस्थाहरुले सर्वसाधारणहरुको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरु बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरुलाई सास्ती दिने सहकारी संस्थाहरुले लकडाउन पछि झनै तनाब दिन थालेका छन् । सर्वसाधारणहरुलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरुले आनाकानी गर्ने गरेका छन् । सिभिल बैंकका अध्यक्ष तथा […]
५ असार, अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ । पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई […]
५ असार, काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैङ्कले सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० […]
५ असार, काठमाडौं । द्वन्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२/०६३ को आन्दोलनका वेला युटिफाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै हिँड्ने र एकअर्काको एजेन्सीमा गएर सम्बोधन गर्ने गर्थें । त्यसैको झल्को दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र […]
५ असार, काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीको कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) […]
४ असार, काठमाडौं । स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे १५ दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । आदेशको जानकारी पाएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ दिन सर्वोच्चले आदेश दिएको हो । अधिवक्ता सविन श्रेष्ठ, नविन श्रेष्ठ, सोनाली रेग्मी लगायतको रिटमा सुनुवाइ गर्दै न्यायाधीश […]
५ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै […]
५ असार, काठमाडौं । सांसद विकास कोषका नाममा बजेट दिँदा विधि निर्माण प्रभावित भइरहेका बेला अझ अगाडि बढेर कार्यकारी निर्णयलाई प्रभावित तुल्याउन सक्नेगरी सांसदहरूलाई भूमिका दिइने भएको छ । विधायिकी जिम्मेवारीमा रहेका सांसदहरूलाई कार्यकारी अधिकारमा समेत भूमिका दिने कानुनी व्यवस्थासहितको तीन तहको अन्तर्सम्बन्धसम्बन्धी विधेयक (संघ, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध व्यवस्थापन) प्रतिवेदन बिहीबार प्रतिनिधि सभामा […]
५ असार, सप्तरी । सप्तरीमा वनभित्रै काँचा सालका रुख ढालेर काठ चोरी निकासी गर्ने क्रम अत्यधिक बढेको छ । कोरोना संक्रमणबाट बच्न लकडाउन गरिएको मौकामा काठ चोरी गर्ने गिरोह सकृय भएका छन् । जिल्लाको कन्चनरुप नगरपालिकास्थित एक सामुदायिक वनभित्रै सालका काँचो रुख ढालेर त्यहीं चिरान गर्दै गरेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । भिडियोमा चार […]
५ असार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो । जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । […]
५ असार, काठमाडौ । चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला दुई देशको बीचमा अवस्थित सानो मुलुक नेपालको प्रतिक्रिया के होला ? दुवै देशका मिडियाले नेपाललाई चासोका साथ आ–आफ्नो ढंगले प्रभावित पार्न खोजिरहेको बेला हामीले नेपाल सरकारको धारणा बुझ्न खोज्यौं । चीन र भारतबीच यसअघि दोक्लाम […]
५ असार, काठमाडौं । चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पियोले लेखेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो समयमा हामी ती […]
५ असार, काठमाडौं । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए । पाँच जना स्वास्थ्यकर्मीमा […]
५ असार, काठमाडौं । उद्योगी र नेपाल विद्युत प्राधिकरणलाई पिरोलेको डेडिकेटेड र ट्रंकलाइनको व्यवस्थालाई विद्युत नियमन आयोगले असार १ गतेदेखि खारेज गर्यो । नयाँ महसुल जारी गर्दै आयोगले डेडिकेटेड र ट्रंक लाइनका नाममा महंगोमा विद्युत बेच्न पाइने विगतको व्यवस्था नै हटाइदिएको छ । तर, यही निर्णयका भरमा डेडिकेटेड लाइनको मुद्दाहरु भने सुल्झिएको छैन । कारण […]
५ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ […]
from समाचार – Online Khabar https://ift.tt/3erzKJK
via IFTTT





















