Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना रहँदासम्म आइतबार पनि विदा दिऊँ : सांसद प्रधान

९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस (कोभिड-१९) को महामारी रहँदासम्म आइतबार पनि बिदा दिन माग गरेका छन् । प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि सडकमा जाम भइरहेको बताए । काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको […]

पाल्पामा पहिरो : मृतक तीनै जनाको पहिचान खुल्यो

९ असार, काठमाडौं । तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । पाल्पाका डीएसपी मदन गिरीका अनुसार मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ छन् । घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा […]

इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस कम जोखिमपूर्ण बन्दैछ

९ असार, काठमाडौं । इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस (कोभिड-१९) कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले कोरानेा भाइरस अहिले पहिलाको तुलनामा कम जोखिमपूर्ण बनेको र यो अबको केही समयमा आफैं हराएर जाने दाबी गरेका हुन् […]

मन्त्री त्रिपाठीले अडान छाडे, प्रदेश सचिव संघकै

९ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले प्रदेश मन्त्रालयका सचिव खटनपटनबारे आफ्नो पूर्ववत अडान छाडेका छन् । यसअघि मुख्यसचिव केन्द्रले पठाए पनि सचिवहरु प्रदेश सरकारकै हुनुपर्ने उनको अडान थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली र सचिवहरु पनि केन्द्र सरकारकै हुने र उनीहरुको खटनपटन पनि केन्द्र सरकारले नै गर्ने अडानमा थिए […]

चिकित्सकको अनुभव : सामाजिक दुरी र डर घट्यो , संक्रमणको जोखिम बढ्यो

पछिला दिनहरूमा किस्ताकिस्तामा लकडाउन खुकुलो बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानमा नेपाली दिदीबहिनी दाजुभाइहरू रोजगारीका लागि गएका छन् । उनीहरूमध्ये केही स्वदेश फिर्ता आएसँगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । क्वारेन्टिन अव्यवस्थित छ। पीसीआर परीक्षणमा चाप अत्यधिक छ। पछिल्ला दिनमा दुवैतिरका सुरक्षा निकायको आँखा छलेर नेपाली र भारतीय नागरिक छिर्न सुरु गरेको सुनेको छु […]

अर्थतन्त्र थला पर्दै, प्रधानमन्त्री छेडखानी गर्दैः बाबुराम भट्टराई

९ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थतन्त्र थला पर्न लागेको बताएका छन् । कोभिड–१९ का कारण अर्थतन्त्र संकटमा परेको उनको भनाई छ । पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘अर्थतन्त्र थला पर्दैछ, विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ […]

कांग्रेसलाई नेकपाको जवाफ : भारतको छोटे भाइ भएन भनेर मुठभेड गराउन खोजेको हो ?

९ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख विपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नेकपा सांसद वेदुराम भुसालले धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै आपत्ति जनाए । आइतबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा […]

स्टेजबाट पालिएका संगीतकर्मीमाथि कोरोनाको बज्रपात

कोरोना भाइरसको संक्रमण नभएको भए, विश्व पहिलेको जस्तै आफ्नै गतिमा दौडिरहेको भए, यतिबेला धेरै नेपाली गायक-गायिका देश र विदेशका स्टेज कार्यक्रमहरूमा दर्शकलाई नचाइरहेका हुन्थे । तर कोरोनाको कहरले अन्य क्षेत्रजस्तै संगीत क्षेत्र पनि ठप्प बनेको छ । कलाकर्मीहरू घरभित्र सुतेर दिन काटिरहेका छन् । हुन त कोरोनाको असर विश्वव्यापी भएकाले अन्य देशका संगीतकर्मीको हालत पनि […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

९ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार […]

बझाङमा युवकले गरे क्वारेन्टिनमै आत्महत्या

९ असार, काठमाडौं । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका-७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए । भारतबाट आएका युवक यही असार ६ गतेदेखि […]

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना […]

तिलोत्तमामा बाँझो रहने खेतमा धमाधम रोपाइँ

९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा–८ का निर्मल अर्यालले घडेरी बनाई बिक्री गर्ने प्रयोजनले वडा नं. १७ गंगोलियामा किनेको एक बिघा भन्दा बढी खेत केही वर्षयता बाँझो थियो । असारको शुरुवातमै उनको खेतमा यसपालि अरु कसैले धान रोपे । आफ्नो खेतमा आफूलाई जानकारी नै नदिई अरुले नै धान रोपेको थाहा पाएपछि उनी हतारहतार आफ्नो खेतमा […]

१९ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज

९ असार, चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म […]

जब संक्रमित नै बिरामीलाई उपचार गराउन हिँडे

९ असार, डोटी । डोटीको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय एक पुरुष गत जेठ १३ गते भारतको गुजरातबाट आए । उनी स्थानीय शारदा माविको क्वारेन्टिनमा १५ दिन बसे । २९ गते उनको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आयो । उनीसँगै क्वारेन्टिनमा बसेका केही व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन पनि गरियो । र्‍यापिड टेस्ट […]

बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि हाइसन्चो !

९ असार, काठमाडौं । कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै […]

बन्दिपुरमा अस्पताल र प्रहरी कार्यालयसमेत बन्द गर्ने निर्णय

९ असार, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, […]

गोरखाका ११ संक्रमित भारतबाट आएका

९ असार, गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार भीमसेन थापा गाउँपालिकाका ५, शहिद लखन र गण्डकी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा दुई महिला र ९ जना रहेका छन् । महिलाहरु भीमसेन थापा गाउँपालिकाका हुन् । सोमबार कोरोना पुष्टि भएका गण्डकी गाउँपालिकाका […]

रिपोर्ट आउन ढिलो भएको विरोधमा क्वारेन्टिनबाट निस्किएर प्रदर्शन

९ असार, दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ […]

१ नम्बर पिल्लर पुगेर फर्कियो छाङरुको फौज

९ असार, काठमाडौं । सरकारले दार्चुलाको छाङरुमा राखेको बोडर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो । बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र […]

पम्फा भुसालको प्रश्न- आफ्ना चेलीको वास्ता छैन, विदेशीको चिन्ता लिएर बस्ने ?

९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले महिला अधिकारका लागि विभिन्न मोर्चाबाट संघर्ष गरिन् । चार दशकभन्दा लामो राजनीतिक इतिहास बोकेकी उनलाई अहिले एकथरिले ‘महिला विरोधी’ को आरोप लगाउन थालेका छन् । सन्दर्भ हो संशोधित नागरिकता ऐनको । दुई वर्षदेखि संसदमा अनिर्णयको बन्दी बनिरहेको विधेयकलाई आइतबार राज्यव्यवस्था समितिले किनारा लगायो । यससँगै […]

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

९ असार, मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरू बाटोमै अलपत्र परेर थन्किएका छन्। ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारीसाधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भिरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि […]



from समाचार – Online Khabar https://ift.tt/319mK8a
via IFTTT
Powered by Blogger.