समाचार
९ असार, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले कोभिड– १९ महामारीका कारण राष्ट्रिय कविता महोत्सव र मंगलबार पर्ने स्थापना दिवस तथा ६३ औँ वार्षिकोत्सवको कार्यक्रम स्थगित गरेको छ । ९ असार २०१४ मा स्थापित नेपाली साहित्य कला एकेडेमी कालान्तरमा नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६४ पछि नेपाल प्रज्ञा–प्रतिष्ठानको रूपमा सञ्चालित छ । प्रतिष्ठानमा अहिले भाषा, […]
९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित भएका ३२५ जना नेपालीलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो । मंगलबार मात्रै नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । यसअघि हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुनमा […]
९ असार, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा दुई समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीसहितका ११ दल र स्वतन्त्र नारीको नाममा एक समूहले प्रदर्शन गरेको हो । ११ दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन र सभा गरे । प्रदर्शनका सहभागीले ‘एमसीसी किन राष्ट्रघाती ?’ […]
९ असार, काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो, पर्यटक सवारीका गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडी नै अन्तराष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो । अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन इतिहासमै पहिलो पटक शून्य गतिविधिमा र्झन पुग्यो । पर्यटन […]
९ असार, काठमाडौं । २०७६ साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किरा ११ महिनामा ५८ जिल्लामा फैलिएको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको छ । यसले उमिँ्रदै गरेको मकैको सुइरोदेखि डाँठ र छिप्पिएको सिङ्गो बोटसम्म खाइदिन्छ । मकैमा किराको प्रकोप बढेको गुनासोपछि प्लान्ट […]
९ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ । पर्यटनलगायतका उद्योगमा लगानी आकर्षित गर्न ५ करोड बढी लगानीका उद्योगलाई ५ वर्षसम्म सबै स्थानीय कर नलिने नीति बनाइएको छ । गाउँपालिकाको छैठौं गाउँसभामा नीति तथा कार्यक्रम पेस गर्दै गाउँपालिका प्रमुख बच्चुलाल केवटले बुद्धजन्मस्थल लुम्बिनीबाट १३ किलोमिटर […]
९ जेठ, काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर आज स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन् । मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि […]
९ असार, काठमाडौं । भारतको पश्चिम बंगाल सरकारको अवरोधका कारण ३१ दिनदेखि एकतर्फी सञ्चालनमा रहेको मेची नाकाको अवरोध खुकुलो बन्दै गएको छ । नेपाली कृषिउपज बोकेको कन्टेनरहरु सोमबारदेखि नाकाबाट पास हुन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘सोमबारबाट नेपाली कन्टेनरहरु भारत र बंगलादेश जान थालेका छन्, मंगलबार सामँझसम्म अरु कन्टेनर पनि जाने कुरा […]
९ असार, हेटौंडा । सरकारले महत्वपूर्ण योजनाको रुपमा अघि सारेको पूर्वी नेपाल जोड्ने मदन भण्डारी (धरान–चतरा) मार्गमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चासो देखाएका छन् । प्रदेशको सिन्धुलीसम्मलाई समेट्ने मार्गको अवस्था र प्रगतिबारे जानकारी लिन उनी पूर्वी मकवानपुरको वागमती र बकैया गाउँपालिका पुगेका छन् । सडकको काम तीब्र गतिमा चलिरहे पनि मार्गको मुख्य कामको रुपमा […]
९ असार, गोरखा । गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् । मंगलबार […]
९ असार, काठमाडौं । कोही सांसद आफ्नो अभिव्यक्तिका कारण विवादित बन्छन् त कोही चर्चित । प्रतिनिधिसभा सदस्य रंगमती शाही जब बोल्नका लागि संसदमा उभिन्छिन्, धेरैको ध्यान उनीतिर तानिन्छ । कारण हो- शाहीको रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति । शाही पिछडिएको क्षेत्र (हुम्ला जिल्ला)बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् । हुम्लाबाट प्रत्यक्षतर्फ स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेसलाई झिनो (४७) […]
९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको […]
९ असार, पोखरा । बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धाैलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष […]
९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद रिजालल चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु ‘अपाच्य’ भएको बताए । विगतमा छिमेकी राष्ट्रसँगको […]
९ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका […]
९ असार, सुर्खेत । सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा […]
९ असार, चितवन । २९ वर्षे युवावस्था । झट्ट हेर्दा कसैले पनि भन्दैन कि डा. नितु अधिकारी कोभिड विरुद्धको युद्धकी कमाण्डर हुन् । तर, डा. अधिकारी नै हुन्, चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोभिड १९ ल्याबकी ‘क्याप्टेन’ । चैत २४ गतेबाट डा. नितुले सम्हालेको कोभिड ल्याबले साढे दुई महिनाको अवधिमा करिब ६ हजार बढी स्वाब […]
९ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र यादवले अगीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गरे । यो मधेस आन्दोलनका क्रममा तत्कालीन […]
९ असार काठमाडौं । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलभित्रल मंगलबार ब्याडमिन्टन खेलाडीहरु र्याकेटले सटलक हानिरहेका थिए । बिहानै केही खेलाडी विदेशी प्रशिक्षक र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायत त्यहाँ उपस्थित थिए । सामान्य बेलामा यो विषय सामान्य नै लाग्थ्यो । तर कोरोनाभाइरस महामारी र लकडाउनपछि खेलाडीहरु कोर्टमा पुगेकोले अहिले भने यसले खेलाडीलाई उत्साहित बनाएको छ । […]
९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस (कोभिड-१९) को महामारी रहँदासम्म आइतबार पनि बिदा दिन माग गरेका छन् । प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि सडकमा जाम भइरहेको बताए । काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको […]
९ असार, काठमाडौं । तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । पाल्पाका डीएसपी मदन गिरीका अनुसार मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ छन् । घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा […]
from समाचार – Online Khabar https://ift.tt/2VacuZw
via IFTTT






















