समाचार
६ असार, जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई […]
६ असार, विराटनगर । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा […]
६ असार, गुल्मी । गुल्मीमा १४ जनामा कोरोना भाइरस (कोभिड-१) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । नगरपालिकाको वडा नम्बर- ६ का २१ वर्षकी महिला, वडा नम्बर-७ का ३९ वर्षका पुरुष, वडा नम्बर-८ का […]
६ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ आएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति […]
६ असार, काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं शनिबार बिहान काठमाडौं उत्रिएका हुन् । […]
६ असार, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न भएको तनावको असर दुई देशको द्वीपक्षीय व्यापारमा पर्ने देखिएको छ । भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले पनि चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको सञ्चारध्यमले जनाएका छन् । गत सोमबार लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त भएको थियो […]
६ असार, काठमाडौं । बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ । बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै […]
६ असार, जनकपुरधाम । प्रदेश २ बाह्रै महिना विपदको जोखिममा रहने प्रदेश हो । अत्यधिक गर्मीसँगै हाबाहुरी, हाबासँगै अत्यधिक आगलागी, बर्षाको समयमा बाढी र कटान तथा जाडोको समयमा शितलहरीले व्यक्तिको ज्यान जाने गर्छ । यी विपद जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले रु ५ करोड ८० लाख बजेट विनियोजन गरेको छ आगामी आर्थिक बर्षका लागि । […]
६ असार, काठमाडौं । डा. सञ्जीव उप्रेतीले जीवनका उर्जाशील २५ वर्ष प्राध्यापनमा बिताए । त्यसक्रममा युवा वर्गसँग उनको बढी उठबस रह्यो । विश्वविद्यालयमा पढाउने र साहित्य लेख्ने क्रममा हजारौं युवासँग नजिक भएका उप्रेती लेखेर, बोलेर र आफैं अघि सरेर युवालाई मार्गनिर्देश गरिहेका हुन्छन् । प्रष्ट वक्ताको रुपमा चिनिने उनी युवाकालमा आन्दोलनमा सहभागी भएकोदेखि गल्ती गरेका […]
६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । नेपाली महिलासँग […]
६ असार, काठमाडौं । शहिदगेट–सुन्धारा क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् । शनिबार एक दर्जन बढी युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरे । विरोध जनाउन उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर सुतेका थिए । […]
अहिले विश्वका ठूला साना, धनी गरीब, विकसित विकासशील सबै खाले मुलुकहरुमा कोभिड–१९ ले मानवीय संकट सिर्जना गरेको छ । एक्कासी विश्वभर फैलिएको योे अदृश्य मानव शत्रुलाई नियन्त्रण गर्न विभिन्न देशमा सामाजिक दूरी कायम गर्ने तथा बन्दाबन्दी (लकडाउन) गर्ने व्यवस्था लागु गरिएको छ । यसले गर्दा एकातिर केही हदसम्म मानव जीवनको रक्षा भएको छ भने अर्कोतर्फ […]
६ असार, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु बढ्दै जाँदा परीक्षणको दायरा बढाउने तयारी गरिएको छ । कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको जिल्ला अस्पताल, दुल्लु नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने […]
६ असार, रौतहट । रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गएराति घरबाटै अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहले अपहरण प्रयास गरेका हुन् । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना […]
६ असार, काठमाडौं । गत जेठ २० गते आन्तरिक राजस्व विभागले २५ जेठभित्र सबैलाई कर बुझाउन भन्दै नबुझाए कानुनअनुसार जरिवाना तिराइने चेतावनीसहितको सूचना प्रकाशित गर्यो । सरकारले कर तिर्न ताकेता गरेपछि लकडाउनले तीन महिनादेखि घरभित्रै थुनिएका जनता आक्रोशित बने । एकातर्फ व्यवसाय गर्न नदिने र अर्कोतर्फ कर नतिरे कारवाही गर्ने सरकारको दोहोरो नीतिको उद्योगी व्यवसायीले […]
६ असार, वीरगञ्ज । बारामा शनिबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले अनलाइनखबरलाई बतायो ।
६ असार, काठमाडौं । संसदीय समितिमा छलफलमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा निजी क्षेत्रलाई पनि आयोगको क्षेत्राधिकारमा पार्ने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ऐनको दफा २ मा ‘प्रचलित कानून बमोजिम स्थापित आयोग, समिति, संस्थान, प्राधिकरण, निगम, कम्पनी, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्, बैंक, मेडिकल कलेज र सोसम्बद्ध अस्पताल वा यस्तै […]
६ असार, दैलेख । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको […]
६ असार, काठमाडौं । गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम […]
६ असार, पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् । १९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा […]
६ असार, काठमाडौं । चिकित्सा अध्ययन गर्न चाहने १२ कक्षाका एक विद्यार्थीले आफ्नी आमाको उपचार तथा भाइबहिनीको विद्यालय शुल्कको लागि मानिसहरूको शव व्यवस्थापन गर्ने काम सुरु गरेका छन् । उनले नाम चन्द मोहम्मद हो । उनकी आमा थाइराइडको अनियमितताको समस्या सामना गरिरहेकी छिन् । उनलाई अहिले तत्कालै उपचारको खाँचो छ । तर उनको उपचारका लागि […]
from समाचार – Online Khabar https://ift.tt/2YTfjPt
via IFTTT





















