समाचार
५ असार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार […]
५ असार, काठमाडौंं । शनिबार काठमाडौं आउने कोरियन एयरले कोरियाबाट नेपालीलाई काठमाडौं ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ । कोरियाबाट अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका नागरिकलाई नेपाल ल्याउन लागिएको हो । कोरियन […]
५ असार, जनकपुरधाम । प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा सप्तरीका १ महिलासहित ४ जना र सर्लाहीका एक महिलासहित पाँच जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका […]
५ असार, लमजुङ । बेंसीसहर नगरपालिका–११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ । जुद्धबहादुरसहित उनकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् […]
५ असार, काठमाडौं । बर्दियामा र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ । क्वारेन्टिनबाट घर पठाइएका बारबर्दिया नगरपालिका-३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज शर्माले अनलाइनखबरलाई बताए । मृत्यु भएका व्यक्ति गत जेठ २२ गते काठमाडौंबाट गएर वडा नम्बर-३ स्थित […]
५ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]
५ असार, बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका-७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरियामा बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनअघि फर्केर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा थिए । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि मृत्यु भएकाले उनले क्वारेन्टिनमै किरिया सुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनलाई गाउँपालिकाको […]
५ असार हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकास्थित हाँडीखोलाको लामिटार क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएकाहरूको चार दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । मनहरि गाउँपालिका-१, का दुई, ४ का दुई र ७ का एक पुरुषमा पोजेटिभ देखिएको छ भने मनहरी-४ कि एक महिलामा पनि कोरोना संक्रमण पुष्टि […]
४ जेठ, काठमाडौं । पाइलटले कोर्स पूरा गरी जहाज चलाउन जानुअघि हुने प्रशिक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक सिमुलेटर ल्याइएको छ । बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नो ह्याङ्गरमा जडान गरेको यो उपकरणबाट एटीआर कम्पनीका जहाज उडाउने पाइलटले उडान सुरु गर्नुअघि ग्राउण्डमा प्रशिक्षण लिन सक्नेछन् । अहिले नेपालमा बुद्ध र यति एयरलाइन्ससँग एटीआर कम्पनीका जहाज […]
५ असार, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ […]
५ असार, काठमाडौं । सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ । आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरूलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री […]
५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ । २ असार मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै सो रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम […]
५ असार, बुटवल । भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिका-५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका-२ स्थित भलायडाँडाका ५५ वर्षीय वसन्त कुमाल रहेका छन् । खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला […]
५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ । गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले […]
५ असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग विवादास्पद सम्झौतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री र उनका विज्ञ सल्लाहकारको भूमिका रहेको पाइएको छ । खरिद प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयले दिएको कागजपत्र अध्ययन गरेको संसदको सार्वजनिक लेखा समितिका अनुसार विज्ञ सल्लाहकार डा. खेम कार्कीले ओम्नी समूहसँग औषधि खरिद गर्न सिफारिस गरेका थिए भने मन्त्रीले […]
५ असार, काठमाडौं । दार्चुलामा र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका-३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी […]
५ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार वरिष्ठता मिचेर डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाएका हुन् । वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले भनेका […]
५ असार, काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा […]
५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ वर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुसीको खबर […]
५ असार, काठमाडौं । पूर्वको मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैँची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैँची र अम्रिसो बोकेको ३५ वटा […]
५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म दुई […]
from समाचार – Online Khabar https://ift.tt/2YfmZMZ
via IFTTT






















