समाचार
१० असार, काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएकी छन् । साँझ ५ बजे नेताहरुलाई बोलाइएको राष्ट्रिपति कार्यालय स्रोतले जनाएको छ । विषय भने केही बताइएको छैन । पछिल्लो घटनाक्रमबारे छलफल हुन सक्ने एक नेताले बताए । नेताहरुसँगको भेटमा कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताइएको […]
१० असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्य गरिरहेको छ । कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले के-कस्तो व्यवस्था गर्ला भन्ने यतिबेला आम चासोको विषय बनेको छ । अर्कोतर्फ बजेटले समेट्न नसकेका विषयहरु पनि मौद्रिक नीतिले समेट्ला भन्ने निजी क्षेत्रको अपैषा छ । खासगरी सरकारले […]
१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति असार अन्तिम साता नआउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउन पहिलो सातामात्रै आउने बताएका हुन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असार मसान्तभित्रै मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरिरहेको थियो । अधिकारीले अन्तरवार्ताका […]
१० असार, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । निर्देशक रावलका अनुसार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए […]
१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका हुन् । उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । ब्लड प्रेसर, मुटुको धडकन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गाउँको […]
१० असार, हेटाैंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ कराेड ६६ लाख ३३ हजार रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरेकाे छ । उपमहानगरकाे साताैं नगरसभामार्फत उपमहानगरका उपमेयर मिनाकुमारी लामाले आर्थिक बर्ष २०७७/ ०७८ का लागि अनुमानित बजेट पेश गरेकी हुन् । उपमहानगरले पेश गरेकाे बजेट मध्ये आन्तरिक स्राेतबाट २० कराेड १४ लाख […]
१० असार, काठमाडौं । सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेकाले समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण फैलने जोखिम बढ्दै गएको भन्दै सर्वत्र विरोध भइरहेका बेला गत जेठ ३२ गते अनलाइनखबरमा प्रकाशित अन्तर्वार्तामा विश्व स्वास्थ्य सङ्गठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले सरकार गलत दिशामा नरहेको र सरकारी रणनीतिले हालसम्म राम्ररी काम गरिरहेको बताएका थिए । तर, […]
१० असार, गुल्मी । कोरोना भाइरसको महामारी न्यूनिकरण गर्न सरकारले लगाएको लकडाउनका कारण कतिपय कृषक आफ्ना उपजले बजार नपाउँदा समस्यामा परे । कतिपयले उत्पादन खाल्डोमा समेत पुरे । तर, गुल्मीको सिमीचौरका कृषक भने उत्पादित कृषिजन्य वस्तुले बजार पाउँदा खुसी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर मोहराईका कृषक बिनोद कुँवरले उत्पादन गरेका कृषिजन्यवस्तुलाई […]
१० असार, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए […]
१० असार, रौतहट । जिल्लाको एक प्रहरी चौकीका इञ्चार्ज गएराति आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ । असई झा राजदेवी नगरपालिकाको वडा नं. २ मा एक महिलालाई भेट्न राति […]
१० असार, पोखरा । गण्डकीमा बुधबार बिहान ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षेत्रीय क्षयरोग केन्द्र र भरतपुर अस्पतालमा गरिएको परीक्षण अनुसार गण्डकीमा नयाँ संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार पुष्टि भएका संक्रमितमध्ये ५ जना कास्कीका छन् । तीमध्ये पोखरा महानगरका ३ जना छन् । पोखरा महानगरका कोरोना […]
१० असार, सुर्खेत । कोरोनाको कहरमा पनि कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको सेवा सुविधा दोब्बरले वृद्धि हुने भएको छ । प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि दोब्बर सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरुको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधा सम्बन्धी कानुन खारेज […]
१० असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । थपिएका संक्रमितहरुमा मदाने गाउँपालिकामा २२ वर्षका, २२ वर्षका, २६ वर्षका २६ वर्षका पुरुष रहेका […]
१० असार, काठमाडौं । मनघरी फाउन्डेसनले हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाकार अमर बहादुर शाही र गायीका आनी छोइङ्ग डोल्माले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । हुम्लाका सबै गाउँपालिकाका लागि दिइएको सामग्रीमा पीपीई सेट ३० थान, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसल सिट, […]
१० असार, विराटनगर । प्रदेश सरकार गठन भएको साढे दुई वर्षपछि १ नम्बर प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान (गठन सञ्चालन तथा व्यवस्थापन) नियमावली २०७७ ल्याएको छ । प्रदेश सरकारले ल्याएको नियमावलीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने गरी प्रतिष्ठान गठन गर्ने व्यवस्था छ । स्वायत्त संस्था गठन सम्बन्धी ऐन अनुसार गठन हुने प्रतिष्ठानको […]
१० असार, काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा […]
१० असार, वालिङ । स्याङ्जाको वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरुले १५ लाख ३४ हजार ९८३ रुपैयाँको चेक मङ्गलबार वालिङ नगरप्रमुख […]
१० असार, धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम चौधरीले बताए। “जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका […]
१० असार, काठमाडौं । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा […]
१० असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् । धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला […]
१० असार, काठमाडौं । सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् । लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो । विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा […]
from समाचार – Online Khabar https://ift.tt/3fTixcF
via IFTTT





















