Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘लुजडाउन’पछि फस्टायो खानाको होम डेलिभरी

२३ असार, काठमाडौं । चैत ११ मा लकडाउन भएपछि ‘फुडमान्डु’ का प्रवन्ध निर्देशक मनोहर अधिकारीलाई फस्टाउँदै गएको व्यवसाय चौपट हुने हो कि भन्ने पिरलो थियो । लकडाउनका कारण रेस्टुरेन्टहरु बन्द भएपछि उनको कारोबार तीन महिनासम्म ठप्प नै रह्यो । सरकारले असार १ गतेबाट लकडाउन केही खुकुलो गरेको छ । अधिकारीलाई चिन्ता थियो, लकडाउन खुकुलो भए […]

जोखिममा रहेका सबैको पीसीआर परीक्षण गर्ने, आरडीटी बन्द गर्ने

२३ असार, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने प्रतिवद्धता जनाएपछि अनशनरत दुई युवाले अनशन तोडेका छन् । जोखिममा रहेकाहरुको पीसीआर परीक्षण गर्न सरकारी निर्देशिका परिवर्तन गर्ने सहमति भएपछि अनशनमा बसेका ईः र पुकार बमले पानी पिएर अनशन तोडेका छन् […]

लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे

२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ । बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् । लकडाउनका कारण […]

युएईको एउटै कम्पनीबाट २५ सय नेपालीले गुमाए रोजगारी

२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर […]

ट्र्याकिङ डिभाइसले पत्ता लाग्छ चोरीका मोटरसाइकल

२३ असार, वीरगञ्ज । जेठ १९ गते वीरगञ्जको– १२ मुर्ली बगैंचा टोलबाट आसुतोषकुमार सिंहको मोटरसाइकल चोरी भयो । प्रहरीका अनुसार राति साढे ९ बजे चोरी भएको ना ९८ प ३७९९ नम्बरको मोटरसाइकल अझै भेटिएको छैन । असार ९ गते शेषनाथ गिरीको पनि मोटरसाइकल चोरी भयो । वीरगञ्ज–१० आदर्शनगर राष्ट्र बैङ्क अगाडिबाट चोरी भएको मोटरसाइकल अझै […]

देउवा र जसपाका नेताहरूबीच भेटवार्ता, संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्ट

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको थियो । ‘जनताको आवाज […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

२३ असार, काठमाडौं ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात […]

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

२३ असार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ । अस्पतालले भने आज मंगलबारबाट आकस्मिकबाहेकका सबै सेवा हालका लागि स्थगित गरेको छ […]

नेकपामा सहमतिको प्रयास जारी, ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरू परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका […]

कोरोना महामारीमा सक्रिय स्वास्थ्यकर्मी र सफाइकर्मी सम्मानित

२३ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीको समयमा ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई वीरगञ्जमा सम्मान गरिएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा पहिलो र दोस्रो लटमा खटिएका नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई सम्मान गरिएको हो । प्रकृति सेवा प्रतिष्ठान नेपालले नारायणी अस्पतालको सभा हलमा सोमबार सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा […]

चिनियाँ राजदूतले भेटिन् झलनाथ खनाललाई

२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]

अधिग्रहणको सूचनाप्रति रेलमार्ग प्रभावितको आपत्ति

२३ असार, झापा । मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावितहरुले लकडाउनको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको प्रति आपत्ति जनाएका छन् । सरकारले २४ जेठमा सार्वजनिक सूचना जारी गर्दै काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि जग्गा अधिग्रहण गर्ने तयारी गरेको थियो । तर, लकडाउनले सार्वजनिक यातायात पनि बन्द रहेको वेला सूचना जारी गरिनु विधिसम्मत नभएको बताउँदै प्रभावितहरुले […]

अनसन तोडाउन दुई युवासँग १२ बुँदे सहमति

२३ असार, काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । सहमतिसँगै उनीहरुले मंगलबार विहानबाट अनसन तोड्दैछन् । सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ । आरडीटी परीक्षण स्थगित गर्ने, […]

चीन र भुटान सीमा विवाद : भारतलाई दबाव दिने रणनीति ?

२३ असार, काठमाडौं । भारतसित सीमा क्षेत्रमा तनावपूर्ण रस्साकस्सी गरिरहेको चीनले अर्को सानो छिमेकी देश भुटानसँग पनि सीमा विवाद झिकेको भारती पक्षको आरोप छ । भारतलाई रणनीतिक दबाव दिने उद्देश्यले चीनले भुटानसँग नयाँ सीमा विवाद उब्जाएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । गत जूनको पहिलो साता ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटी (जीसीएफ) भर्चुअल मिटिङ बसेको थियो । […]

प्राथमिक बजारमा लगानीको अवसर, धमाधम आउँदैछन् आईपीओ

२३ असार, काठमाडौं । सेयर बजारमा प्राथमिक र दोस्रो गरेर २ वटा बजार हुन्छन् । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिनेछ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ । न्युनतम् मूल्यमा आवेदन दिइने भएकाले प्राथमिक बजारमा जोखिम कम हुन्छ । यद्यपि, आवेदन दिएर परेको सेयर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि […]

निजी क्षेत्रलाई विद्युतको अन्तरदेशीय व्यापार गर्न दिने प्रस्ताव

२३ असार, काठमाडौं । निजी क्षेत्रले समेत अनुमति लिएर (लाइसेन्स प्राप्त गरेर) विद्युतको अन्तरदेशीय व्यापार गर्न पाउने प्रस्तावसहितको विधेयक संसदमा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘विद्युत सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रस्ताव गरिएको हो । हाल विद्युतको अन्तरदेशीय व्यापार सम्बन्धी कानुनी व्यवस्था छैन । संशोधन विधेयकमा यसलाई […]

चौंरी हाइड्रोपावर निर्माण शुरु

काठमाडौं । चौंरी हाइड्रोपावर जलविद्युत आयोजना निर्माण शुरु भएको छ । ६ मेघावाट क्षमताको आयोजना २०७८ मंसिरमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण शुरु गरेको हो । चौंरी खोला काभ्रपलान्चोक र रामेछापको सिमा भएर बग्ने नदीमा चौरी हाइड्रोपावर प्रालिले विद्युत उत्पादन गर्न लागेको हो । आयोजनाको विद्युतगृहबाट बाँध निर्माण स्थलसम्म बाटो खन्ने काम भइरहेकाे आयोजना […]

डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

२३ असार, डडेलधुरा । लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ । जिल्लाको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध […]

चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा

२३ असार, काठमाडौं । कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए । यसअघि कोरोना महामारीमा सरकारको […]

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

२३ असार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले […]

अनलाइन अध्ययन गर्दै आएका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने

२३ असार, काठमाडौं । पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने भएका छन् । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने जनाएको छ । अटेर गर्नेहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी छात्रहरु समस्यामा पर्ने देखिएको छ । यद्यपि कति विदेशी विद्यार्थीहरु […]



from समाचार – Online Khabar https://ift.tt/324d4wb
via IFTTT
Powered by Blogger.