समाचार
२३ असार, काठमाडौं । पुँजी बजारका विषयमा अध्ययन गर्न गठित संघीय संसदको अर्थसमितिले बनाएको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीहरुलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ । नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले लामो अध्ययन पछि मंगलबार समितिलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आईपीओ भर्न नदिन सिफारिस […]
२३ असार, गुल्मी । इस्मा गाउँपालिका-१ हस्तिचौरमा गएको पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार गरिएको छ । मुसिकोट नगरपालिका-२ की तारा कुमालको मंगलबार दिउँसो १ बजे हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीय श्रीराम महतले जानकारी दिए । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले तारालाई फसेको देखेपछि उद्धार गरिएको स्थानीय कृषिराम अर्यालले बताए । पहिरोले बगाएको खेतबारीको […]
२३ असार, चितवन । नारायणी लिफ्ट सिञ्चाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिञ्चाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो । नारायणी लिफ्ट सिञ्चाइ खगेरी सिञ्चाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । […]
२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सउरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो । यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् । ‘अध्यक्षबीचको छलफल भोलि पनि जारी […]
२३ असार, काठमाडौं । नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा प्याक्ट (ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने) विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट विक्रेता बन्न चाहनेहरूका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अन्य खपतका […]
२३ असार, काठमाडौं । चैत ११ मा लकडाउन भएपछि ‘फुडमान्डु’ का प्रवन्ध निर्देशक मनोहर अधिकारीलाई फस्टाउँदै गएको व्यवसाय चौपट हुने हो कि भन्ने पिरलो थियो । लकडाउनका कारण रेस्टुरेन्टहरू बन्द भएपछि उनको कारोबार तीन महिनासम्म ठप्प नै रह्यो । सरकारले असार १ गतेबाट लकडाउन केही खुकुलो गरेको छ । अधिकारीलाई चिन्ता थियो, लकडाउन खुकुलो भए […]
२३ असार, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति […]
२३ असार, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने लिखित सहमति गरेको छ । आरडीटी परीक्षण बन्द गर्न माग गर्दै १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग १२ बुँदे सहमति गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी बन्द […]
२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ । बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् । लकडाउनका कारण […]
२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर […]
२३ असार, वीरगञ्ज । जेठ १९ गते वीरगञ्जको– १२ मुर्ली बगैंचा टोलबाट आसुतोषकुमार सिंहको मोटरसाइकल चोरी भयो । प्रहरीका अनुसार राति साढे ९ बजे चोरी भएको ना ९८ प ३७९९ नम्बरको मोटरसाइकल अझै भेटिएको छैन । असार ९ गते शेषनाथ गिरीको पनि मोटरसाइकल चोरी भयो । वीरगञ्ज–१० आदर्शनगर राष्ट्र बैङ्क अगाडिबाट चोरी भएको मोटरसाइकल अझै […]
२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको थियो । ‘जनताको आवाज […]
२३ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात […]
२३ असार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ । अस्पतालले भने आज मंगलबारबाट आकस्मिकबाहेकका सबै सेवा हालका लागि स्थगित गरेको छ […]
२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरू परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका […]
२३ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीको समयमा ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई वीरगञ्जमा सम्मान गरिएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा पहिलो र दोस्रो लटमा खटिएका नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई सम्मान गरिएको हो । प्रकृति सेवा प्रतिष्ठान नेपालले नारायणी अस्पतालको सभा हलमा सोमबार सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा […]
२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]
२३ असार, झापा । मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावितहरुले लकडाउनको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको प्रति आपत्ति जनाएका छन् । सरकारले २४ जेठमा सार्वजनिक सूचना जारी गर्दै काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि जग्गा अधिग्रहण गर्ने तयारी गरेको थियो । तर, लकडाउनले सार्वजनिक यातायात पनि बन्द रहेको वेला सूचना जारी गरिनु विधिसम्मत नभएको बताउँदै प्रभावितहरुले […]
२३ असार, काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । सहमतिसँगै उनीहरुले मंगलबार विहानबाट अनसन तोड्दैछन् । सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ । आरडीटी परीक्षण स्थगित गर्ने, […]
२३ असार, काठमाडौं । भारतसित सीमा क्षेत्रमा तनावपूर्ण रस्साकस्सी गरिरहेको चीनले अर्को सानो छिमेकी देश भुटानसँग पनि सीमा विवाद झिकेको भारती पक्षको आरोप छ । भारतलाई रणनीतिक दबाव दिने उद्देश्यले चीनले भुटानसँग नयाँ सीमा विवाद उब्जाएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । गत जूनको पहिलो साता ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटी (जीसीएफ) भर्चुअल मिटिङ बसेको थियो । […]
२३ असार, काठमाडौं । सेयर बजारमा प्राथमिक र दोस्रो गरेर २ वटा बजार हुन्छन् । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिनेछ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ । न्युनतम् मूल्यमा आवेदन दिइने भएकाले प्राथमिक बजारमा जोखिम कम हुन्छ । यद्यपि, आवेदन दिएर परेको सेयर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि […]
from समाचार – Online Khabar https://ift.tt/3e0a4TK
via IFTTT





















