समाचार
२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । […]
२४ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा एक पुरुषको शव भेटिएको छ । मैयादेवी कन्या कलेजको परिसर नजिकै भेटिएको शव भरतपुर–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको रहेको प्रहरीले जनाएको छ । गुरूङको हत्या गरेर बोराभित्र राखेर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सोही आशंकाको आधारमा अनुसन्धान भइरहेको चितवनका प्रहरी […]
२४ असार, काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका […]
२४ असार, काठमाडौं । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । गृह मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था भए पनि विवाहको अधिकार दिने प्रस्ताव राखिएको छैन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कैदीबन्दीलाई विवाहको पनि अधिकार दिन माग गर्दै संशोधन प्रस्ताव […]
२४ असार, चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्यो । ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए […]
२३ असार, काठमाडौं । सरुवा भएर पनि रमाना नलिइ लामाे समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका […]
२४ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ । गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए । आगामी आर्थिक वर्ष २०७७/७८ […]
२४ असार, काभ्रे । काभ्रे, झापा र कास्कीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नं.को गाडी ब्रेक […]
मुटु मेरो करौँतीमा छ आफ्नो देश फर्कौं म कसरी जिन्दगी नै धरौटीमा छ … रोजगारीका लागि प्रदेश जान विवश नेपालीहरूमा समर्पित यो लोक गीत अहिले युट्युबमा उपलब्ध छ । ऋणले गाँजेका युवा प्यारालाइसिसले थलिएका बाबालाई छोडेर विदेशिएपछिको हृदयविदारक परिस्थितिलाई श्रव्यदृष्य सामग्रीमार्फत प्रस्तुत गरिएको छ । विवि अनुरागीले नै यसको शब्द कोरे अनि कम्पोज, संगीत र […]
२४ असार, चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या […]
२४ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा […]
२४ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य […]
२३ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । […]
२३ असार, काठमाडौं । गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्यो ।’ प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको तर्क पेश भएको थियो । प्लाजाको आधा भाग र जमिन […]
२३ असार, काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण […]
२३ असार, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने लिखित सहमति गरेको छ । आरडीटी परीक्षण बन्द गर्न माग गर्दै १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग १२ बुँदे सहमति गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी बन्द […]
२३ असार, काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक […]
२३ असार, काठमाडौं । नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए […]
२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर […]
२३ असार, काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा […]
२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटवार्ता तीव्र बनाएका बेला विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले ‘समीक्षा बैठक’ गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर र सन्तुलित राख्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र […]
from समाचार – Online Khabar https://ift.tt/3izn5ae
via IFTTT






















