Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अर्घाखाँचीको फुदवाङ्ग–नरपानी सडकखण्ड दैनिक ८ घण्टा बन्द

२४ असार, बुटवल । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको काम गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किलोमिटर सडकखण्ड बुधबार (आज) देखि दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म बन्द हुने भएको हो । दिनमा दुईपटक चार–चार घण्टाका दरले ८ घण्टा उक्त सडक खण्डमा […]

एक हजारभन्दा बढी श्रमिकले लिए विदेश फर्किन श्रम स्वीकृति

२४ असार, काठमाडौं । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् । सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति […]

महिलालाई निर्घात कुटपिट गरेको भिडियो भाइरल, कुट्ने प्रहरी कारबाहीमा

२४ असार, काठमाडौं । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ […]

जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै सुन पसलमा चोरी

२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । […]

चितवनमा एक व्यक्तिको शव भेटियो, हत्याको आशंका

२४ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा एक पुरुषको शव भेटिएको छ । मैयादेवी कन्या कलेजको परिसर नजिकै भेटिएको शव भरतपुर–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको रहेको प्रहरीले जनाएको छ । गुरूङको हत्या गरेर बोराभित्र राखेर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सोही आशंकाको आधारमा अनुसन्धान भइरहेको चितवनका प्रहरी […]

आईजीपी ज्ञवालीको विदाइ गरिँदै, थापाले भोलिबाट कार्यभार सम्हाल्ने

२४ असार, काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका […]

कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिन माग

२४ असार, काठमाडौं । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । गृह मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था भए पनि विवाहको अधिकार दिने प्रस्ताव राखिएको छैन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कैदीबन्दीलाई विवाहको पनि अधिकार दिन माग गर्दै संशोधन प्रस्ताव […]

तारे र पर्यटकीय स्तरीय होटेलमा थपिए ३१४३ बेड, कोरोनापछि सबै खाली

२३ असार, काठमाडौं ।पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपियो । तर, कोरोनाको महामारीले गर्दा पर्यटन क्षेत्र नै ठप्प भएपछि यो लगानी संकटमा परेको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय स्तरीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थप […]

‘म मरेको खबर सुनें, दुःख लाग्यो’

२४ असार, चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्‍यो । ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए […]

प्रदेश १ मा लामो समय एकैठाउँमा बसेका प्रहरी हटाइए

२३ असार, काठमाडौं । सरुवा भएर पनि रमाना नलिइ लामाे समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका […]

ऐतिहासिक दुगुनागढी बजेट अभावमा अधुरो

२४ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ । गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए । आगामी आर्थिक वर्ष २०७७/७८ […]

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

२४ असार, काभ्रे । काभ्रे, झापा र कास्कीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नं.को गाडी ब्रेक […]

एउटा परिवार जसको ‘लकडाउन’ सिर्जनामै बित्यो

मुटु मेरो करौँतीमा छ आफ्नो देश फर्कौं म कसरी जिन्दगी नै धरौटीमा छ … रोजगारीका लागि प्रदेश जान विवश नेपालीहरूमा समर्पित यो लोक गीत अहिले युट्युबमा उपलब्ध छ । ऋणले गाँजेका युवा प्यारालाइसिसले थलिएका बाबालाई छोडेर विदेशिएपछिको हृदयविदारक परिस्थितिलाई श्रव्यदृष्य सामग्रीमार्फत प्रस्तुत गरिएको छ । विवि अनुरागीले नै यसको शब्द कोरे अनि कम्पोज, संगीत र […]

आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

२४ असार, चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या […]

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा ग्रहण

२४ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा […]

ब्राजिलका राष्ट्रपति बोलसोनारो पनि कोरोना संक्रमित

२४ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य […]

दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

२३ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । […]

ठेक्का लगाएर कमाउन खोज्दा काठमाडौं प्लाजामा यसरी फस्यो महानगर

२३ असार, काठमाडौं । गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्‍यो ।’ प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको तर्क पेश भएको थियो । प्लाजाको आधा भाग र जमिन […]

नेपालमा कोरोना संक्रमितको संख्यासँगै संक्रमणको दर घट्यो

२३ असार, काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण […]

जोखिममा रहेका सबैको पीसीआर परीक्षण गर्ने, आरडीटी बन्द गर्ने

२३ असार, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने लिखित सहमति गरेको छ । आरडीटी परीक्षण बन्द गर्न माग गर्दै १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग १२ बुँदे सहमति गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी बन्द […]

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक […]



from समाचार – Online Khabar https://ift.tt/38EkPd6
via IFTTT
Powered by Blogger.