समाचार
२६ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिकमन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डमा कैलाश खड्कालाई गरिएको मनोनयनको बचाउ गरेका छन् । रायले हालै मात्र खड्कालाई वैदेशिक रोजगार विज्ञ र हेम गुरुङलाई वैदेशिक रोजगार सम्बन्धी सीपमूलक र अभिमुखीकरण तालिम सञ्चालकको कोटामा मनोनीत गरेका थिए । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली सञ्चालन गरी […]
२६ असार, विराटनगर । अबिरल वर्षासँगै आएको पहिरोका कारण सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाको एउटा बस्ती जोखिममा परेको छ । बिहीबार बस्ती नजिकै गएको पहिरोका कारण माप्य दूधकोसी गाउँपालिका-४ काँकुका २५ घर उच्च जोखिममा परेका हुन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोका कारण माटो र ढुंगाले बनेका २५ वटा घर जोखिममा छन् । […]
२६ असार, विराटनगर । बिहीबारदेखि सुरु भएको भारी वर्षाका कारण बाढी र ढुवान हुन सक्ने भन्दै प्रदेश १ र प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी […]
२६ असार, काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा घरमूली ५२ वर्षीय गोपालसहित उनको ५० वर्षकी श्रीमती पुष्पा, १३ […]
२६ असार, डोटी । डोटीको के.आई.सिं गाउँपालिका-५, बुहार गाउँ नजिक सडकमा आएको पहिरोले एउटा जिप च्यापिएको छ । बिहीबार राति गाउँपालिका केन्द्र वायलबाट दिपायल आउने क्रममा से१च २१२५ नं. को बोलेरो जिप पुरिएको हो । यात्रुहरु पुर्याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले […]
२६ असार, काठमाडौं । सरकारले एकीकृत ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउने भएको छ । सरकारले लिने भुक्तानी र सरकारले दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई एउटै पेमेन्ट गेट-वेमा समेटिने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलका अनुसार पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउन आवश्यक अन्तर्राष्ट्रियस्तरको मापदण्डमा […]
२६ असार, पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ । बर्षातका कारण ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका- १८ सराङकोटमा ५ जना, पोखरा- २५ हेम्जामा एक जना र […]
२६ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु […]
२६ असार, काठमाडौं । पार्टीभित्र सत्तासंघर्ष चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकपछि अर्का नेतालाई भेट्ने क्रमलाई तीव्रता दिएकी छन् । यो भेटलाई नेताहरूले आफू अनुकूल व्याख्या गर्ने गरेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यान्छीको भेटघाटसम्बन्धी टिप्पणी गर्नेहरूलाई लक्षित गरेर लेखेका छन्, ‘कुनै देशको राजदूतले […]
२६ असार कैलाली । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो । ‘चुरे गाउँपालिका […]
२६ असार, काठमाडौं । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो । यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको […]
२६ असार, काठमाडौं । न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा […]
२६ असार, काठमाडौं । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ । त्यसैले […]
२७ असार, काठमाडौं । विभिन्न क्षेत्रका ११ जना नागरिक अगुवाहरुले संसद र संसदीय प्रक्रियालाई छलेर प्रधानमन्त्रीको पद उपर लेनदेन नगर्न आग्रह गरेका छन् । संसद बाहिरको लेनदेन वा अन्य दवावबाट प्रधानमन्त्रीलाई राजीनामा गराउने कार्यले जनअभिमत र निर्वाचित प्रतिनिधिहरुको हैसियतमा प्रश्न उठ्ने उनीहरुको निष्कर्ष छ । नागरिक अगुवाहरुले ६ बुँदे साझा अपिल जारी गर्दै प्रधानमन्त्रीको राजीनामाका […]
२६ असार काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जगी अड्डामा रहेको फुटबल मैदान अब अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि प्रयोग गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताका लागि दशरथ रंशगाला मात्र रहेको र विदेशी टिमका लागि अभ्यासस्थलको रुपमा सेनाको मैदान प्रयोग गर्ने गरी एन्फा र सेनाबीच सम्झौता भएको छ । सम्झौताअनुसार एन्फाले सेनाको मैदानमा अन्तर्राष्ट्रियस्तरको […]
२६ असार, काठमाडौं । अविरल भारी वर्षासँगै खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरूबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, […]
२६ असार, काठमाडौं । बिहीबार बिहान समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर छिरे । र, दलको कार्यालयमा कार्यरत नरमान महर्जनसँग सरिता गिरीका बारेमा सोधपुछ गरे । गुप्तचरले महर्जनसँग सोधे, ‘सरिता गिरी समाजवादी पार्टीकी सांसद हुन्, पार्टी एकीकरण भएर अहिले जनता समाजवादी बनिसकेको छ, अब सरिता गिरीलाई कसरी कारवाही गर्न मिल्छ ?’ सरिता […]
२६ असार, काठमाडौं । शनिबारबाट ६० मेगावाटको खिम्ती-१ जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आएको को छ । २०५२ माघ १ गते प्राधिकरणसँग भएको भएको विद्युत् खरिद सम्झौताअनुसार यो आयोजनाको ५० प्रतिशत सेयर प्राधिकरणको स्वामित्वमा आएको हो । तर अब आयोजनाको सञ्चालक कम्पनीको स्थापना, नयाँ विद्युत् खरिद दर, रोयल्टी तथा कर भुक्तानीलगायतका विषय […]
२६ असार, काठमाडौं । नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भर्त्सना गरेको छ । पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिजले […]
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व […]
२६ असार, पोखरा । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको […]
from समाचार – Online Khabar https://ift.tt/2W2tste
via IFTTT






















