Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

२६ असार, काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रबार सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा बढ्दो संक्रमणको अवस्थाबीच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतिबारे छलफल हुने भनिएको छ । साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ । यसअघि […]

सीआईबीले समात्यो ७ र ३ दिन कैद सजाय भएका दुई अभियुक्त

२६ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३ दिन र ७ दिन कैद सजाय फैसला भइ फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंकी सुनिता चित्रकार र मनोजलालसिंह सुवाल छन् । गत वर्ष माघ र फागुनमा उच्च अदालत, पाटनले गरेको फैसला कार्यान्वयनका लागि ब्युरोले उनीहरुलाई स्वयम्भु र रविभवनमा लुकिछिपी […]

गाडी नचलाउने सार्वजनिक यातायात केन्द्रीय महासंघको घोषणा

२६ असार, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएका छन् । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । आफूहरुलाई हचुवाका भरमा […]

जब जन्मदिनमा पहिरो खस्यो !

२६, असार पोखरा । पोखरा विजयपुर बस्ने पिंकी थापाको बिहीबार जन्मदिन थियो । माछापुच्छ्रे गाउँपालिकाको घोरेपानीमा घर भए पनि उनी विजयपुर बस्दै आएकी थिइन् । उनी जन्मदिन मनाउनका लागि आफ्नो माइती घर पोखरा १८ सराङकोटलाई रोजिन् । माइतमा गएर जन्मदिन मनाउने तयारीमा रहेकी थापाले आफ्नो जन्मदिनलाई अझै भव्य बनाउने विचार गरिन् । फोन गरेर दमौली […]

बाढी आएसंगै सेती किनारमा दाउरा टिप्नेको भिड

२६ असार, डोटी । अबिरल बर्षासंगै सेती नदीमा आएको बाढीले काठ र दाउरा बगाएर ल्याएको छ । नदीले बगाएर ल्याएका दाउरा टिप्न बझाङ सदरमुकाम चैनपुरका बासिन्दाको भीड नदी किनारमा जम्मा भएको छ । बर्षातको समयमा नदीले बगाएर ल्याएका दाउरा टिप्न स्थानीयले ज्यानको बाजी लगाउने गरेका छन् । दाउरा टिप्न प्रतिस्पर्धा जस्तै हुने गर्दछ । एक […]

श्रममन्त्रीको प्रश्न : ‘विज्ञ’लाई विज्ञ नियुक्त गर्दा के अपराध भयो ?

२६ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिकमन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डमा कैलाश खड्कालाई गरिएको मनोनयनको बचाउ गरेका छन् । रायले हालै मात्र खड्कालाई वैदेशिक रोजगार विज्ञ र हेम गुरुङलाई वैदेशिक रोजगार सम्बन्धी सीपमूलक र अभिमुखीकरण तालिम सञ्चालकको कोटामा मनोनीत गरेका थिए ।  मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली सञ्चालन गरी […]

दूधकोशीको बस्ती पहिरोको जोखिममा

२६ असार, विराटनगर । अबिरल वर्षासँगै आएको पहिरोका कारण सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाको एउटा बस्ती जोखिममा परेको छ । बिहीबार बस्ती नजिकै गएको पहिरोका कारण माप्य दूधकोसी गाउँपालिका-४ काँकुका २५ घर उच्च जोखिममा परेका हुन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोका कारण माटो र ढुंगाले बनेका २५ वटा घर जोखिममा छन् । […]

प्रदेश १ र २ मा डुवानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन

२६ असार, विराटनगर । बिहीबारदेखि सुरु भएको भारी वर्षाका कारण बाढी र ढुवान हुन सक्ने भन्दै प्रदेश १ र प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी […]

जाजरकोटमा पहिरो : दुई घर बगाउँदा १२ जना बेपत्ता

२६ असार, काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा घरमूली ५२ वर्षीय गोपालसहित उनको ५० वर्षकी श्रीमती पुष्पा, १३ […]

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

२६ असार, पोखरा। लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । रघुगंगा गाउँपालिका- ६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान […]

डोटीमा पहिरोले पुरियो जिप

२६ असार, डोटी । डोटीको के.आई.सिं गाउँपालिका-५, बुहार गाउँ नजिक सडकमा आएको पहिरोले एउटा जिप च्यापिएको छ । बिहीबार राति गाउँपालिका केन्द्र वायलबाट दिपायल आउने क्रममा से१च २१२५ नं. को बोलेरो जिप पुरिएको हो । यात्रुहरु पुर्‍याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले […]

भदौबाट ‘नेसनल पेमेन्ट गेटवे’, विद्युतीय भुक्तानी सहज हुने

२६ असार, काठमाडौं । सरकारले एकीकृत ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउने भएको छ । सरकारले लिने भुक्तानी र सरकारले दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई एउटै पेमेन्ट गेट-वेमा समेटिने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलका अनुसार पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउन आवश्यक अन्तर्राष्ट्रियस्तरको मापदण्डमा […]

तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो, ४२ घर डुबानमा

२६ असार, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई […]

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, प्रहरी चौकी पनि डुबानमा

२६ असार, पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ । बर्षातका कारण ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा पोखरा  महानगरपालिका- १८ सराङकोटमा ५ जना, पोखरा- २५ हेम्जामा एक जना र […]

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

२६ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु […]

पूर्वपरराष्ट्र मन्त्रीहरू भन्छन्- देखिने गरी विदेशी हस्तक्षेप बढ्यो

२६ असार, काठमाडौं । पार्टीभित्र सत्तासंघर्ष चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकपछि अर्का नेतालाई भेट्ने क्रमलाई तीव्रता दिएकी छन् । यो भेटलाई नेताहरूले आफू अनुकूल व्याख्या गर्ने गरेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यान्छीको भेटघाटसम्बन्धी टिप्पणी गर्नेहरूलाई लक्षित गरेर लेखेका छन्, ‘कुनै देशको राजदूतले […]

हत्कडीसहित भागेका हत्या आरोपी पक्राउ

२६ असार कैलाली । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो । ‘चुरे गाउँपालिका […]

विकास दुबे : उज्जैनमा गिरफ्तारदेखि कानपुरमा इन्काउन्टरसम्मको कहानी

२६ असार, काठमाडौं । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो । यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको […]

घरभाडा र बैंक ब्याज मिनाहाको माग गर्दै व्यवसायी आन्दोलनमा

२६ असार, काठमाडौं । न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा […]

राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ लाग्यो, नेपाल जोखिममा

२६ असार, काठमाडौं । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ । त्यसैले […]

ओली र देउवालाई भेटेपछि नागरिक अगुवाले भने-अविश्वासको प्रस्ताव पेस गर्ने संवैधानिक बाटो खुला छ

२७ असार, काठमाडौं । विभिन्न क्षेत्रका ११ जना नागरिक अगुवाहरुले संसद र संसदीय प्रक्रियालाई छलेर प्रधानमन्त्रीको पद उपर लेनदेन नगर्न आग्रह गरेका छन् । संसद बाहिरको लेनदेन वा अन्य दवावबाट प्रधानमन्त्रीलाई राजीनामा गराउने कार्यले जनअभिमत र निर्वाचित प्रतिनिधिहरुको हैसियतमा प्रश्न उठ्ने उनीहरुको निष्कर्ष छ । नागरिक अगुवाहरुले ६ बुँदे साझा अपिल जारी गर्दै प्रधानमन्त्रीको राजीनामाका […]



from समाचार – Online Khabar https://ift.tt/3gNyMsq
via IFTTT
Powered by Blogger.