Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संक्रमण बढेपछि सवारी पास जारी नगर्न गृह मन्त्रालयको निर्देशन

२८ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो । ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट […]

बूनपा १० मा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि

२८ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनासहित १४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । वडा नम्बर १० पञ्चकन्या चोकमा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि भएको हो । बुनपाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार न्यूरोडमा व्यापार गर्ने ३८ वर्षका पुरुषले हृयाम्स अस्पतालमा स्वाब […]

वीरगञ्जको पीडामा काठमाडौंलाई किन दुख्दैन ?

२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]

सर्वोच्च अदालतका दुई न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा

२८ साउन, काठमाडौं । देशभरी नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएपछि उनीहरू ‘सेल्फ आइसोलेसन’ मा बसेका […]

शिक्षण अस्पतालका ६ स्वास्थ्यकर्मीलाई संक्रमण, इमर्जेन्सी सेवा बन्द

२८ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको हो । संक्रमित चिकित्सकमा लक्षण समेत छ । चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले भोलि बिहीबारबाट अस्पतालको आकस्मिक […]

दुर्घटनामा हजुर बुवा र नातिनीको मृत्यु

सप्तरी, २८ साउन । सप्तरीमा भएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको मृत्यु भएको छ । स ७ प ८९३२ नम्बरको मोटरसाइकलमा सवार हजुर बुवा र नातिनीलाई ना ४ च ८४८३ नम्बरको पिकअप भ्यानले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ६ स्थित कल्याणपुर सडक खण्डमा ठक्कर दिएको हो । ठक्करले मोटरसाइकल चालक खडक नगरपालिका […]

विद्यार्थीको प्रश्न- त्रिविमा अराजकता कहिलेसम्म ?

२८ साउन, काठमाडौं । कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले उचित निर्णय र निकास दिन नसकेको भन्दै विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका छन् । सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि रोकिएको परीक्षा र त्यसपछिको पठनपाठनलाई लिएर विश्वविद्यालयले सही विधि अपनाउन नसक्दा विद्यार्थीहरु डिप्रेसनको शिकार हुन पुगेको भन्दै उनीहरुले प्रदर्शन […]

देउवाले विधान मिच्नुलाई बहादुरी ठाने : पौडेल

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी गरेका छन् । पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ । वरिष्ठ […]

सरकारलाई सांसदको सुझाव : मन्दिर बनाउने होइन, सीमामा पर्खाल लगाऊ

२८ साउन, काठमाडौं । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल–भारत सीमा समस्याबारे छलफल थियो । छलफलमा सहभागी सांसदहरुले नेपाल–भारत सीमा समस्या लामो समयदेखि नसुल्झिएको भन्दै समाधानको उपाय खोजीनुपर्नेमा जोड दिए । त्यसक्रममा उनीहरुले केही दीर्घकालीन उपायहरु पनि सुझाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मी कुमारी चौधरीले सीमामा पर्खाल र […]

मोरङका कोरोना संक्रमित मृतक होटल सञ्चालक

२८ साउन, विराटनगर । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति होटल सञ्चालक रहेको पाइएको छ । बुधबार कोरोना संक्रमणका कारण बुढीगंगा गाउँपालिका – २ का ५५ वर्षका पुरुषको मृत्यु भएको थियो । बुढीगंगा गाउँपालिका– २ का वडाअध्यक्ष रेवतीनारायण चौधरीका अनुसार उनले विराट मेडिकल कलेज नजिकै उनले ‘शोभा होटल’ सञ्चालन गर्दै […]

एक अर्बको लगानीमा खुल्यो क्वालिटी पेपर उद्योग

२८ साउन, चितवन । युवा उद्यमीको लगानीमा चितवनमा युरोपियन प्रविधिको प्रयोग गरी क्वालिटी पेपर इण्डष्ट्रिज प्रालि सञ्चालनमा आएको छ । नवलपरासीको (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका –१० अरुणखोला नजिक उद्योग सञ्चालनमा आएको छ । उद्योगमा एक अर्बको लगानी रहेको वुधवार भरतपुरमा पत्रकार सम्मेलन गरी उद्योग सञ्चालकहरुले जानकारी दिएका छन् । उद्योगको मुख्य कार्यालय भने चितवनको चितवनको […]

बारामा महिलामाथि कुटपिट गर्नेविरुद्ध प्रहरीले कारबाही नगरेको गुनासो

२८ साउन, वीरगञ्ज । साउन ९ गते राति साढे ७ बजे कलैया उपमहानगरपालिका–९ रामपुर पूर्व टोलस्थित सार्वजनिक सडकमा स्थानीय ३४ वर्षीया जयनब खातुनमाथि कुटपिट भयो । जग्गा विवादमा  छिमेकीले नै जयनबलाई घरको ढोकाबाट तानेर सडकमा लगि निर्घात कुटपिट गरेको पीडित परिवारको आरोप छ । जयनब चिच्याउन थालेपछि देउरानी फतमा खातुन र छोरी जयनुब नेसा बचाउन […]

व्यवसायीलाई आफ्नै खर्चमा कोरोना परीक्षण गर्न सरकारको आग्रह

२८ साउन, काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण […]

प्रदेश २ मा थपिए २६१ जना कोरोना संक्रमित

२८ साउन, जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २६१ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सबैभन्दा बढी सप्तरी जिल्लामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिराहामा २४ र पर्साका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको […]

बस्नेत परिवारले स्वाब दिन मानेन, बाह्रविसे बजार सिल

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको ८४ वर्षीय खड्गबहादुर बस्नेतका परिवारले पीसीआर परीक्षणका लागि स्वाब दिन अस्वीकार गरेको छ । मृत्यु भएको ५ दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आएपछि परिवारका सदस्यहरुको स्वाब संकलनका लागि बुधबार जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली बस्नेतको घर पुगेको थियो । तर मृतकका परिवारले स्वाब […]

कोरोना संक्रमितलाई अन्तिम सलाम ! (फोटोकथा)

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो । […]

एकजना कोरोना संक्रमित भेटिएपछि इच्छाकामना गाउँपालिका सिल

२८ साउन, चितवन । एकजना कोरोना संक्रमित भेटिएपछि चितवनको इच्छाकामना गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको आकस्मिक बैठकले बुधबारदेखि एक सातासम्म गाउँपालिका क्षेत्र सिल गरेको हो । भरतपुरको मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका-५ की ७८ वर्षकी एक वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सुकदेव लम्सालले समुदायस्तरमा संक्रमण फैलिन नदिन एक […]

चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर गरेर मात्रै सेवामा खटाउन निर्देशन

२८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयले परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षा र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्यकर्मीलाई पीसीआर गरेर मात्रै सेवामा लाग्न अनिवार्य गरिएको उल्लेख छ । मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीबाट समेत बिरामीमा कोरोना […]

पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा रोपाइँ

२८, साउन, काठमाडौं । देशभर असारले धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए । गत वर्ष कुल क्षेत्रफलको ९७.९३ […]

बुटवलमा भदौ ५ गतेसम्म लकडाउन

२८ साउन, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११.४५ देखि भदौ ५ गते राति ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको […]

अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

२८ साउन, काठमाडौं । पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ । हाल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ । विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी […]



from समाचार – Online Khabar https://ift.tt/3gShLgN
via IFTTT
Powered by Blogger.