Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सर्लाहीमा कुखुरा फर्ममा आगलागी

१२ माघ, जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको  छ । कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा २ सय […]

संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउनु हुन्न : ओली

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने बताएका छन् । नेकपा ओली समूहले दाङमा गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’ चुनाव हुन्छ भन्नेमा आशंका नगर्न र प्रचार प्रसारमा लाग्न आग्रह […]

ओली समूहका १०५६ केन्द्रीय सदस्य कानूनतः खारेज

१२ माघ, काठमाडौं । संसद् विघटन गर्ने निर्णयपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ६ मा केन्द्रीय कमिटीको संख्या विस्तार गरेर ११९९ पुर्‍याए । त्यसको भोलिपल्ट आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर विधान संशोधन गर्दै ओलीले विस्तार गरेको केन्द्रीय कमिटी संख्या अनुमोदन गरियो र निर्वाचन आयोगमा पत्राचार गरियो । पुस २२ मा मातहतको कमिटीलाई पठाइएको […]

निर्वाचन क्षेत्रमा जाने ६ अर्ब ७ करोड बजेट स्थानीय तहमा पठाइयो

१२ माघ, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआएस)मा अहिलेसम्म ६ अर्ब ७ करोड रुपैयाँ […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति

१२ माघ, काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । कांग्रेसका […]

नेप्सेको स्पष्टीकरणपछि घट्यो एनसीसी बैंककाे सेयर मूल्य

१२ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जर सम्बन्धी कुनै निर्णय नभएको प्रष्टीकरण दिएको छ । आइतबार बैंकको एनसीसीको सेयर मूल्य अस्वभाविक रुपले बढेको थियो । सेयर मूल्य एक्कासी बढेपछि नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । नेप्सलेलाई सोमबार जवाफ पठाउँदै एनसीसी बैंकले मर्जर स्म्बन्धी […]

संवैधानिक इजालासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न – के म तमासे हो, श्रीमान् ?

१२ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफूलाई तमासे भनिएको भन्दै संवैधानिक इजलासमै प्रश्न उठाएका छन् । संसद विघटनको मुद्दामा सोमबारको सुनुवाइ सकिन लागेका वेला भण्डारीले न्यायाधीशहरुलाई सोधे, ‘के म तमासे हो, श्रीमान् ?’ जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आयोजित […]

नेप्से परिसूचक १६ अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने घट्यो

१२ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढेपनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । नेप्से परिसूचक १६.०४ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगेको छ । यो हाल सम्मकै […]

 फागुनदेखि काठमाडौंबाट भेडेटार र इलाममा पर्यटक बस चल्ने

१२ माघ, काठमाडौं । अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न बस संचालनको तयारी गरिएको हो । नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं-भेडेटार र काठमाडौं-इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल […]

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छः गृहमन्त्री थापा

१२ माघ, मान्म (कालिकोट) । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए । वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको […]

संसदले कार्यपालिकालाई कहिल्यै असहयोग गरेन : सभामुख

१२ माघ, काठमाडौं । प्रतिनिधिसभाले कार्यपालिकालाई कहिले असहयोग नगरेको सभामुख अग्नि सापकोटाले दाबी गरेका छन् । प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्दै आएका छन् । सभामुख सापकोटाले भने त्यो आरोप अस्वीकार गरे । सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुखले वर्षे अधिवेशनले […]

तत्काल संसद बैठक बोलाउन अन्तर पार्टी महिला सञ्जालको माग

१२ माघ, काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । अध्यक्ष सावित्रा भुसालसहितका नेतृहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् । पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको प्रावधान वर्तमान संविधानमै छैन । तसर्थ संविधान र कानूनी आधारविना गरिएको कथित विघटनको निर्णय […]

प्रत्यक्ष वैदेशिक लगानीमा पनि चीनले उछिन्यो अमेरिकालाई

१२ माघ, काठमाडौं । सन् २०२० मा चीन विश्वको सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) भित्र्याउने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघले आइतबार सार्वजनिक गरको प्रतिवेदन अनुसार चीनले सन् २०२० एक वर्षको अवधिमा एक खर्ब ६३ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको छ । आइतबार राष्ट्रसंघको व्यापार र तथा विकास सम्मेलन (यूएनसीटीएडी)ले लगानी सम्बन्धी सार्वजनिक प्रतिवेलनमा सो […]

निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित !

१२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिकता पाउने नेताहरुले बताए । प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ […]

हत्याको आशंकामा पशुपतिमा जलाइँदै गरिएको शव प्रहरीद्वारा बरामद

१२ माघ, काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि […]

कतार प्रहरीमा लैजान अन्तरवार्ता लिएको आशंकामा कल्याण सेक्युरिटीमा छापा

१२ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघिको म्यानपावर बजारस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मागरेको छ । कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो । विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने […]

गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायकको निधन   

१२ माघ, पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र […]

प्रधानमन्त्रीसँग अर्को संविधान छ : शम्भु थापा

१२ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गरेका छन् । संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले व्यंग्यात्मक शैलीमा सो टिप्पणी गरेका हुन् । सोमबार संवैधानिक इजलासमा बहस गर्दै उनले भने, ‘संविधान एउटै हो, श्रीमानहरूले बोकेको, हामीले बोकेको । तर त्यो संविधानले […]

‘आरोपपत्र’ फिर्ता लिएर चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन्छ : पोखरेल

१२ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन् । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए । ‘अहिले पनि जुन अराजकता सिर्जना गर्न […]

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा प्रदर्शन, २६ जना अधिकारकर्मी पक्राउ

१२ माघ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका […]

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । पुस ५ गते भएको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशीलले सोमबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको हो । प्रदर्शनकारीहरूले ‘नराम्रो हेर्दिन, नराम्रो सुन्दिन, नराम्रो बोल्दिन, नराम्रो विरुद्ध आवाज उठाउँछु’, ‘यो समय भ्याक्सिनको हो, कूमतिमा नलाग्नुस प्रधानमन्त्रज्यू’ लेखिएको […]



from समाचार – Online Khabar https://ift.tt/3a0cphr
via IFTTT
Powered by Blogger.