Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अमेरिकी नाट्यकर्मी भन्छिन् – नेपाली रङ्गमञ्चको पुनर्जागरणले छिट्टै गति लिनेछ

१२ माघ, काठमाडौं । सन् १९९२ मा पहिलो पटक नेपाल आएकी डेबोरा मेरोला सन् २००३ र २०११मा पुनः नौ/नौ महिनाका लागि नेपाल आइन्, अमेरिकी सरकारको फुलब्राइट सांस्कृतिक आदान-प्रदान कार्यक्रमअन्तर्गत । सन् २०११ मा आउँदा उनको एउटा उद्देश्य थियो : काठमाडौँको गुरुकुल नाटकघरसँग मिलेर एउटा नाटक निर्देशन र प्रदर्शन गर्ने । गुरुकुलसँगको अनुभवले उनलाई नेपालप्रति झनै […]

प्रधानमन्त्री ओलीले गरे पशुपतिमा पूजा

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले अनलाइनखबरसँग भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट […]

सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !

१२ माघ, काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र […]

लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता

१२ माघ, काठमाडौं । लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता हुने भएको छ । आगामी फागुन ७ गते गोरखाको पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने […]

अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया अब ‘डिजिटल’ प्रणालीमा

११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी मंगलबारबाट सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी सकिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन […]

सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी

१२ माघ, डोटी । नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् । जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक माध्यमिक विद्यालयको कक्षा ९ मा २०८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् । ‘विद्यार्थी […]

प्रधानमन्त्री ओली दाङ जाँदै, राप्ती पुल उदघाटन गर्ने

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ […]

कानुनमाथि विनियमको राज : गुठी जग्गाका मोही २४ वर्षदेखि ठगिँदै

१२ माघ, काठमाडौं । कानुनले दिएको अधिकार उपभोग गर्नबाट गुठी अधीनस्थ जग्गाका मोहीहरु २४ वर्षदेखि बन्चित हुँदै आएको पाइएको छ । खासगरी गुठी अधीनस्थ जग्गा अधिग्रहण गर्दा सरकारले दिने मुआब्जामा उनीहरु ठगिँदै आएका हुन् । भूमि सम्बन्धी (चोथो संशोधन) ऐन २०५३ मा गुठी अधीनस्त जग्गा अधिग्रहण गर्दा गुठी संस्थान र मोहीलाई आधा/आधा मुआब्जा दिने उल्लेख […]

पाँच दशकपछि पञ्चाङ्ग निर्णायक समितिले पायो कानुनी मान्यता

१२ माघ, काठमाडौं । स्थापनाको पाँच दशकपछि राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कानुनी मान्यता पाएको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको एउटा शाखाको रुपमा काम गर्दै आएको समितिसम्बन्धी मन्त्रिपरिषदले गठन आदेश जारी गरेसँगै यसले कानुनी मान्यता प्राप्त गरेको हो । मन्त्रालयका अनुसार पौष तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिलाई विकास […]

दक्षिण एसिया र तालिबानबारे कसरी प्रस्तुत होलान् बाइडन ?

१२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले पदभार सम्हालेसँगै अब अमेरिकाको नीति विश्वभर कस्तो रहला भन्ने चर्चा सुरु भएको छ । के बाइडनको कार्यकालमा अमेरिकाले दक्षिण एसियाप्रतिको नीति फेर्ला त ? एशियाली मुलुकहरुमा यसबारे चासो बढेको छ । अनुदारवादी नेताको छवि बनाएका डोनाल्ड ट्रम्प हटेसँगै अब अमेरिकाको विदेश नीति परिवर्तन हुन सक्ने अपेक्षा छ […]

‘दुई जुनी’ बिताएका देवेन्द्रराज पाण्डे

१२ माघ, काठमाडौं । काठमाडौंको आम मध्यमवर्गीय परिवारमा जन्मे-हुर्केका र २०१७ सालमा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका देवेन्द्रराज पाण्डे अर्थ-सचिवसम्म भए । जागिर सुरु गरेको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि उनले आफ्नो बाहुबलले भ्याएका सुधारका काम गर्न खोजे । तर, राजनीतिक परिवेशको जटिलताले अनि देशप्रतिको निष्ठा जोगाउने कर्तव्यले जनमत सङ्ग्रहका बेला उनले राजीनामा दिए […]

पोखरा वन क्याम्पसबाटै वन्यजन्तुको अंग चोरी

११ माघ, पोखरा । पोखरा-१५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानका पहेरेदारले शनिबार बिहानै प्रयोगशालाको मूलगेटको ताला फोडिएको देखे । गेट नजिकै क्याम्पस प्रमुखले नै चढ्ने गाडीमा प्रयोग गर्न राखिएको औजार फेला पर्‍यो । सुरक्षाकर्मीले क्याम्पसमा जानकारी गराए । क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी गरायो । क्याम्पस प्रशासनकै रोहबरमा प्रहरीले जाँच गर्दा प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग नै […]

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

११ माघ, काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत […]

संसद विघटनबारे जसपामा दुईधार : सार्वजनिक मञ्चमै दुई अध्यक्षले मत बझाए

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे जनता समाजवादी पार्टी (जसपा)मा स्पष्ट दुईधार देखिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै मत बझाएका हुन् । लोकतान्त्रिक पार्टी जसपामा समाहित गर्ने कार्यक्रममा अध्यक्ष ठाकुरले स्पष्ट शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा धारणा राखे । संसद पुनर्स्थापना भएपनि मुलुकले निकास नपाउने भन्दै उनले अदालतविरुद्ध […]

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती […]

विप्लव समूहका नेता अनिल विरही रिहा

११ माघ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् । जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए । त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चल्यो । […]

कर्णालीमा साढे ११ हजार कोराना विरूद्धको खोप

११ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजार जनालाई कोराना विरूद्धको खोप लगाइने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप आइतबार प्रदेशमा पुग्ने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । पहिलो चरणमा ११ हजार ७८० जना फ्रन्टलाइनर्सलाई कोरोनाविरूद्धको खोप लगाउने गरी खोप प्रस्ताव गरिएको स्वास्थ्य […]

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय

११ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । संसद विघटनलगत्तै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो । ३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, […]

प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी

११ माघ, विराटनगर । १० दिनभित्र प्रदेश १ सरकारले ३५ हजारलाई कोरोना विरुद्ध खोप लगाउने तयारी गरेको छ । संघीय सरकारले सोमबार प्रदेशमा खोप पठाउँदैछ । बुधबारबाट १४ वटै जिल्लामा खोप अभियान सुरु गर्ने प्रदेश सरकारले दश दिनभित्र ३५ हजारलाई खोप लगाउने तयारी गरेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख […]

‘९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जिन्दगीभर सम्हालेर राखुन्’

११ माघ, काठमाडौं । गत शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । त्यति नै बेला ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला गरेको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि खनिए । ९४ वर्षीय भण्डारी सबैभन्दा ज्येष्ठ वकिल हुन् । राजा महेन्द्रले गरेको प्रधानन्यायाधीश बन्ने प्रस्तावलाई समेत अस्वीकार गरेका भण्डारीलाई न्याय […]

लुम्बिनी प्रदेशमा ३९ हजारलाई कोरोनाविरुद्धको खोप

११ माघ, बुटवल । भारत सरकारले पहिलो चरणमा दिएको कोरोना विरुद्धको खोपमध्ये लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ भाइल आउँदैछ । स्वास्थ्य मन्त्रालयमार्फत आइतबार दिउंसो काठमाडौंबाट पठाइएको खोप सोमबार बिहानसम्म प्रदेश मुकाम बुटवल आइपुग्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘आइतबार दिउंसो १ बजे काठमाडौंबाट खोप हिंडेको छ, सोमबार बिहान ९ बजेसम्म बुटवल […]



from समाचार – Online Khabar https://ift.tt/3ocGSxJ
via IFTTT
Powered by Blogger.