समाचार
१९ पुस, बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक-साहित्यकारहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षा विपरीत रहेको ठहर गरेका हुन् । समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै […]
१९ पुस, काठमाडौं । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको छ । सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले […]
१९ पुस, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ […]
१९ पुस, काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो । चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ । चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस […]
१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता अनुमोदन गरेको तिब्वत नीति र समर्थन ऐन २०२० सम्बन्धी नयाँ कानुनको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा लामो समयदेखि तिब्बती शरणार्थीहरु बसिरहेका छन् । सो कानुनमा दलाई लामाको उत्तराधिकारी घोषणा गर्नेदेखि तिब्बती समुदायको आर्थिक र सामाजिक अधिकारको विषय समावेश रहेका छन् । त्यसैले […]
१८ पुस, काठमाडौं । गत शुक्रबार संवैधानिक इजलासमा पेसी चढेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको माग राखेर दर्ता भएको रिटमाथि सुनुवाई भएन । राष्ट्रपति कार्यालयबाट ३० मंसिरमा जारी संवैधानिक परिषद् (काम, कतृव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश बदरको माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै रिट दायर भएका थिए । […]
१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]
१८ पुस, काठमाडौं । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बसन्तपुर हनुमानढोकास्थित गद्दी बैठक तीन वर्षमा नै पुरानै स्वरुपमा फर्कियो । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक १३ असार २०७५ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उदघाटन समेत गरेका थिए । तर पुनर्निर्माणका क्रममा सम्झौता […]
१८ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको बलियो पक्ष हो- जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई आत्मविश्वासी देखाउनु र विपक्षीप्रति कठोर अभिव्यक्ति दिनु । भाषणको बीचबीचमा उखान टुक्का प्रयोग गर्दै विपक्षीलाई भित्तैमा पुग्ने गरी दिने उनका अभिव्यक्तिले कार्यकर्ता उत्साह मात्र भर्दैन, मनोरञ्जन पनि दिन्छ । विशेषगरी पूर्वमाओवादी र तिनका नेताहरुप्रति कठोर अभिव्यक्ति दिएर […]
१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन । प्रचण्ड माधव समूहका […]
१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]
१८ पुस, काठमाडौं । कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ । कोरियाले प्रत्येक वर्ष […]
१८ पुस, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताए । प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर […]
१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए । माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् । शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि […]
१८ पुस, काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै धनकुटामा राँके जुलुस निकालिएको छ । नेकपा प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले राँके जुलुस निकालेका हुन् । शनिबार साँझ राँके जुलुस निकाल्ने क्रममा अर्को समूहका विद्यार्थीहरुसँग झपडकै अवस्था आएको थियो । तर, प्रहरीले रोकेपछि प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त […]
१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश […]
१८ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा […]
१८ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए । ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय […]
१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]
१८ पुस, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेसको राजासँग तुलना गरेका छन् । उँट, हात्ती र पुलिसहरुले मिलेर राजालाई नै खान खोजेपछि अहिलेको राजनीतिक परिस्थिति निर्माण भएको मन्त्री श्रेष्ठले बताए । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै श्रेष्ठले भने,’राजालाई नै खान खोजियो, हामीलाई यो कुरा थाहा […]
from समाचार – Online Khabar https://ift.tt/3omufkV
via IFTTT





















