Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पर्सागढीमा विजयउत्सव मनाइयो (फोटो फिचर)

१९ पुस, वीरगञ्ज । आइतबार पर्साको पर्सागढीमा पर्सागढी विजयउत्सव भव्यताका साथ मनाइएको छ । १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो । सो युद्धमा विजय पाएको सम्झनामा साइक्लिङ पदयात्रा, विभिन्न साँस्कृतिक झाँकीको प्रदर्शनी तथा विजय ¥याली आयोजना गरिएको छ । पर्सागढी नगरपालिकाबाट निकालिएको ¥यालीमा नेपाली […]

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु

१९ पुस, सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो […]

स्वयम्भुनाथ बचाउ मञ्चद्वारा विरोध प्रदर्शन

१९ पुस, काठमाडौं । कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सुचीकृत संरचना भत्काउन लागेको भन्दै स्वयम्भुनाथ संरचना बचाउ अभियान मञ्चले विरोध प्रदर्शन गरेको छ । मञ्चले आइतबार स्वयम्भु क्षेत्रमै पुगेर विरोधसभा गरेको हो । कार्यक्रमका वक्ताहरूले स्वयम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्रको घुमाउने माने र साङ्गे तोङकु समेत भत्काउन लागेको र त्यसलाई तत्काल रोक्नुपर्ने […]

प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

१९ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । ६४ प्रतिशत सांसदहरुको समर्थनप्राप्त प्रधानमन्त्रीले आफू चौतर्फी घेराबन्दीमा परेपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको भन्दै उनले संसद पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताए । यद्यपि यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन […]

सेवाग्राहीसँग घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त

१९ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने, ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि […]

कर्णालीका किसानलाई सहकारीमार्फत व्याज अनुदान

१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]

प्रचण्ड-माधव समूहले प्रमुख सचेतकबाट राजभण्डारीलाई हटायो

१९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको प्रचण्ड– माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो । राजभण्डारी ओली समूहका नेता हुन् । […]

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

१९ पुस, काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका-३ का ६६ वर्षीय पुरुषको आइतबार दिउँसो १२:४० बजे मृत्यु भएको अस्पतालका मेसु डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए । डा खनालका अनुसार ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि उनी शनिबार […]

सशस्त्र प्रहरीको २ नं. गण भवनको आईजीपी खनालद्वारा उद्घाटन

१९ पुस, झापा । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले झापामा रहेको सशस्त्र प्रहरी बल¸ नेपाल नं. २ गण हेडक्वार्टर झापाको आइतबार कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार¸अनुशाशित¸ बफादार¸ नैतिकवान र व्यवसायिक भइ नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन […]

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

१९ पुस,काठमाडाैं । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका-७ की ८२ वर्षीया महिलाको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा शनिबार राति पाैने ८ बजे मृत्यु भएको हो । उनीमा पुस १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै […]

प्रधानमन्त्री ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व चकित : कृष्ण पहाडी

१९ पुस, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व नै चकित भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै शनिबार काठमाडौंमा गरेको भाषणप्रति व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् । ‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै […]

बंगलादेशबाट मल आइपुग्न अझै तीन साता लाग्ने

१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन […]

प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै हुँ : ऊर्जामन्त्री रायमाझी

१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा […]

प्रचण्ड पत्नी सीतालाई मुम्बई लैजाने तयारी

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको छ । भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो । मुम्बईमा न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो । सीता यसअघि पनि उपचारका […]

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न नेफेजको सुझाव 

१९ पुस, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरोकार पक्षलाई सुझाव दिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा केही काम भएपनि पर्याप्त नभएको भन्दै नेफेजले अझ स्तरीय र प्रभावकारी पूर्वधार निर्माणमा जोड दिएको छ । नेफेजले भनेको छ, ‘अहिले पनि धेरै त्यस्ता स्थानहरु छन जहाँ वन्यजन्तु सजिलै र स्वतन्त्र रुपमा […]

संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले दिए लिखित जवाफ

१९ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस १८ गतेभित्र लिखित जवाफ […]

कांग्रेसले ल्यायो आन्दोलनको कार्यक्रम, वडा तहसम्मै विरोध प्रदर्शन गर्ने

१९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने  निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा […]

कालिमाटीमा श्रीमती हत्या अभियोगमा एकजना पक्राउ

१९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको […]

नेताहरुको कार्यविभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । प्रचण्ड-माधव समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । ‘यो कार्यदलले चार/पाँच दिनभित्र कहाँ–कहाँ, क-कसलाई जिम्मेवारी दिने हो भन्ने सिफारिस गर्छ’, […]

महोत्तरीमा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

१९ पुस, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली खातुनको नम्बर नखुलेको मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय एकरामुल कबारीले उनलाई मोटरसाइकलमा बसाई खेतमा काम गर्न लगिरहेको अवस्थामा खातुन लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधामको […]



from समाचार – Online Khabar https://ift.tt/3b7XiEP
via IFTTT
Powered by Blogger.