समाचार
१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]
१९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको प्रचण्ड– माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो । राजभण्डारी ओली समूहका नेता हुन् । […]
१९ पुस, काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका-३ का ६६ वर्षीय पुरुषको आइतबार दिउँसो १२:४० बजे मृत्यु भएको अस्पतालका मेसु डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए । डा खनालका अनुसार ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि उनी शनिबार […]
१९ पुस, झापा । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले झापामा रहेको सशस्त्र प्रहरी बल¸ नेपाल नं. २ गण हेडक्वार्टर झापाको आइतबार कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार¸अनुशाशित¸ बफादार¸ नैतिकवान र व्यवसायिक भइ नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन […]
१९ पुस,काठमाडाैं । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका-७ की ८२ वर्षीया महिलाको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा शनिबार राति पाैने ८ बजे मृत्यु भएको हो । उनीमा पुस १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै […]
१९ पुस, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व नै चकित भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै शनिबार काठमाडौंमा गरेको भाषणप्रति व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् । ‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै […]
१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन […]
१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]
१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा […]
१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ‘थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । तर, निश्चित भएको छैन’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने । सिता यसअघि […]
१९ पुस, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरोकार पक्षलाई सुझाव दिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा केही काम भएपनि पर्याप्त नभएको भन्दै नेफेजले अझ स्तरीय र प्रभावकारी पूर्वधार निर्माणमा जोड दिएको छ । नेफेजले भनेको छ, ‘अहिले पनि धेरै त्यस्ता स्थानहरु छन जहाँ वन्यजन्तु सजिलै र स्वतन्त्र रुपमा […]
१९ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस १८ गतेभित्र लिखित जवाफ […]
१९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले […]
१९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको […]
१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । प्रचण्ड-माधव समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । ‘यो कार्यदलले चार/पाँच दिनभित्र कहाँ–कहाँ, क-कसलाई जिम्मेवारी दिने हो भन्ने सिफारिस गर्छ’, […]
१९ पुस, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली खातुनको नम्बर नखुलेको मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय एकरामुल कबारीले उनलाई मोटरसाइकलमा बसाई खेतमा काम गर्न लगिरहेको अवस्थामा खातुन लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधामको […]
१९ पुस, काठमाडौं । नेपालमा कुनै नयाँ राजनीतिक परिवर्तन हुँदा तत्कालै प्रतिक्रिया जनाउने अन्तर्राष्ट्रिय समुदाय यसपटक संसद विघटन हुँदा मौन देखिएका छन् । भारत, चीन र अमेरिकालगायतका मुलुकले सञ्चारकर्मीहरुको जिज्ञासापछि केही प्रतिक्रिया दिए पनि अहिलेसम्म औपचारिक विज्ञप्ति जारी गरेका छैनन् । भारत, चीन, अमेरिका लगायतका मुलुक मात्र होइन, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि यस सम्बन्धमा […]
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता निरञ्जन कोइरालाको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजे निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन […]
१९ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे । उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली […]
१९ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । उनले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए । ‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन’ जनकपुरधाममा जनता […]
१९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका […]
from समाचार – Online Khabar https://ift.tt/2X3gj39
via IFTTT






















