समाचार
१९ पुस, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व नै चकित भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै शनिबार काठमाडौंमा गरेको भाषणप्रति व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् । ‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै […]
१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन […]
१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]
१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा […]
१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ‘थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ । तर, निश्चित भएको छैन’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने । […]
१९ पुस, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरोकार पक्षलाई सुझाव दिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा केही काम भएपनि पर्याप्त नभएको भन्दै नेफेजले अझ स्तरीय र प्रभावकारी पूर्वधार निर्माणमा जोड दिएको छ । नेफेजले भनेको छ, ‘अहिले पनि धेरै त्यस्ता स्थानहरु छन जहाँ वन्यजन्तु सजिलै र स्वतन्त्र रुपमा […]
१९ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस १८ गतेभित्र लिखित जवाफ […]
१९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको […]
१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । प्रचण्ड-माधव समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । ‘यो कार्यदलले चार/पाँच दिनभित्र कहाँ–कहाँ, क-कसलाई जिम्मेवारी दिने हो भन्ने सिफारिस गर्छ’, […]
१९ पुस, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली खातुनको नम्बर नखुलेको मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय एकरामुल कबारीले उनलाई मोटरसाइकलमा बसाई खेतमा काम गर्न लगिरहेको अवस्थामा खातुन लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधामको […]
१९ पुस, काठमाडौं । नेपालमा कुनै नयाँ राजनीतिक परिवर्तन हुँदा तत्कालै प्रतिक्रिया जनाउने अन्तर्राष्ट्रिय समुदाय यसपटक संसद विघटन हुँदा मौन देखिएका छन् । भारत, चीन र अमेरिकालगायतका मुलुकले सञ्चारकर्मीहरुको जिज्ञासापछि केही प्रतिक्रिया दिए पनि अहिलेसम्म औपचारिक विज्ञप्ति जारी गरेका छैनन् । भारत, चीन, अमेरिका लगायतका मुलुक मात्र होइन, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि यस सम्बन्धमा […]
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता निरञ्जन कोइरालाको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजे निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन […]
१९ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे । उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली […]
१९ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । उनले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए । ‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन’ जनकपुरधाममा जनता […]
१९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका […]
१९ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे । संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर […]
१९ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चमा रिट गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण […]
१६ पुस, काठमाडौं । केही महिनायता बौद्ध, जोरपाटी लगायतका ठाउँबाट दिनहुँ जसो चोरीको खबर आउन थालेपछि महानगरीय प्रहरी वृत्त, बौद्धका अधिकृतहरु हैरान थिए । एकपछि अर्को चोरी हुन थालेपछि वृत्तका डीएसपी नविन कार्कीले विशेष टोली नै बनाएर एम्बुस थाप्न थाले । हालै भएको एउटा चोरीका केही दृश्य भने नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा कैद […]
१९ पुस, काठमाडौं । नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालन हुन पाउने गरी सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेको छ । पुष १० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सरकारको उक्त निर्णयपछि झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई […]
१९ पुस, काठमाडौं । संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद […]
१९ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् । सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए […]
from समाचार – Online Khabar https://ift.tt/388JGaw
via IFTTT





















