Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कालिमाटीमा श्रीमती हत्या अभियोगमा एकजना पक्राउ

१९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको […]

नेताहरुको कार्यविभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल बन्यो

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड र माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनेको हो । यो कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने भएको छ ।    

महोत्तरीमा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

१९ पुस, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली खातुनको नम्बर नखुलेको मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय एकरामुल कबारीले उनलाई मोटरसाइकलमा बसाई खेतमा काम गर्न लगिरहेको अवस्थामा खातुन लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधामको […]

नेपालमा राजनीतिक संकट : बोलेनन् अन्तर्राष्ट्रिय समुदाय

१९ पुस, काठमाडौं । नेपालमा कुनै नयाँ राजनीतिक परिवर्तन हुँदा तत्कालै प्रतिक्रिया जनाउने अन्तर्राष्ट्रिय समुदाय यसपटक संसद विघटन हुँदा मौन देखिएका छन् । भारत, चीन र अमेरिकालगायतका मुलुकले सञ्चारकर्मीहरुको जिज्ञासापछि केही प्रतिक्रिया दिए पनि अहिलेसम्म औपचारिक विज्ञप्ति जारी गरेका छैनन् । भारत, चीन, अमेरिका लगायतका मुलुक मात्र होइन, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि यस सम्बन्धमा […]

कांग्रेसका पुराना नेता निरञ्जन कोइरालाको निधन

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता निरञ्जन कोइरालाको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजे निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन […]

संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन : मुख्यमन्त्री राउत

१९ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । उनले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए । ‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन’ जनकपुरधाममा जनता […]

५८०० नमुना परीक्षण गर्दा ४२१ जनामा संक्रमण पुष्टि

१९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका […]

विघटित संसद बौरिँदैन, नयाँ चुनाव हुन्छ : ओली

१९ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे । संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर […]

सर्वोच्चलाई सभामुखको जवाफ : प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन

१९ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चमा रिट गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण […]

दिउँसै घर फोड्ने चोर खोज्दा ब्राउन सुगरको डिलरसम्म पुग्यो प्रहरी

१६ पुस, काठमाडौं । केही महिनायता बौद्ध, जोरपाटी लगायतका ठाउँबाट दिनहुँ जसो चोरीको खबर आउन थालेपछि महानगरीय प्रहरी वृत्त, बौद्धका अधिकृतहरु हैरान थिए । एकपछि अर्को चोरी हुन थालेपछि वृत्तका डीएसपी नविन कार्कीले विशेष टोली नै बनाएर एम्बुस थाप्न थाले । हालै भएको एउटा चोरीका केही दृश्य भने नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा कैद […]

नवीकरण फेल भएका साढे २ लाख प्राइभेट फर्मलाई फेरि मौका

१९ पुस, काठमाडौं । नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालन हुन पाउने गरी सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेको छ । पुष १० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सरकारको उक्त निर्णयपछि झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई […]

कर्णालीमा ओली समूहका दुई मन्त्री प्रचण्ड–नेपाल समूहमा लागे

१९ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् । सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए […]

नेकपा विभाजनको असर : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

१९ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत […]

नेप्से परिसूचकले राख्यो नयाँ रेकर्ड

१९ पुस, काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । नेप्से परिसूचकमा आएको उछालले बजारमा कारोबार हुने सबै उपसमूहहरु हरियाली देखिएका […]

लागूऔषधसहित दुई जना पक्राउ

१९ पुस, काठमाडौं । मोरङको विरटानगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका-२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् । उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए […]

पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर

१९ पुस, वीरगञ्ज । पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिविरमा ३०० जनाको आँखाको परीक्षण गराउँदा १०८ जनामा मोतिया बिन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सहसंयोजक रामेश्वर चौरसियाले बताए । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको आगामी पुस २५ देखि २७ सम्म निःशुल्क रुपमा वीरगञ्जमा शल्यक्रिया हुने चौरसियाले वताए । बिन्दबासिनी गाउँपालिकाको आर्थिक सहायोग, […]

अष्ट्रेलिया छोडेकी कुुसुम गाउँमा कृषिकर्मकी अगुवा

१९ पुस, पशुपतिनगर । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् । घरपरिवारसँगै बसेर परम्परागत पेशा […]

‘कर्णाली उत्सव’को दोश्रो संस्करण फागुन अन्तिम साता

१९ पुस, सुर्खेत । फागुन अन्तिम सातादेखि ‘कर्णाली उत्सव’को दोश्रो संस्करण सञ्चालन हुने भएको छ । फागुन २७, २८ र २९ गते तीन दिनसम्म कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आयोजना हुने उत्सवमामा ‘कुडा कर्नालीका’ गरिने छ । उत्सवमा देशभरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको सहभागितामा कर्णालीको इतिहास, राजनीतिक, आर्थिक, सामाजिक, […]

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु 

१९ पुस, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक […]

राष्ट्रपतिविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई खोज्दै प्रहरी

१९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको […]

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ । […]



from समाचार – Online Khabar https://ift.tt/388DHCA
via IFTTT
Powered by Blogger.