समाचार
१८ पुस, काठमाडौं । नेपाल टेलिकमले अब फोरजी (एलटीई) प्रविधिमा उच्च गुणस्तरीय भ्वाइस सेवा दिने भएको छ । परीक्षणमा रहेको यो सेवा सुरु भएपछि टेलिकमको जीएसएम मोबाइल सेवाका सेवाग्राहीले अहिलेको भन्दा स्तरीय भ्वाइस सेवा पाउन सक्ने कम्पनीको दावी छ । अहिले टेलिकमले भ्वाइस सेवा टीडीएम प्रविधिमा दिइरहेको छ । यो सेवा सुरु भएपछि भ्वाइस सेवा […]
१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]
काठमाडौं । त्यसो त केन्द्रीय राजधानीबाट टाढाको गन्तव्य होइन, सिन्धुपाल्चोक । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं भौतिक पूर्वाधार र सुविधाले अझै पनि यस जिल्लालाई श्रृंगारपट्टार गर्न सकेको छैन । त्यसैले त यहाँका मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट ओझेलमा छ । यस्तै ओझेलमा परेको तर अत्यन्तै मनमोहक स्थानमध्येको एक हो, तिलमान पास । तिलमान पास नेपालमा भएका […]
१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका […]
१८ पुस, काठमाडौं । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बसन्तपुर हनुमानढोकास्थित गद्दी बैठक तीन वर्षमा नै पुरानै स्वरुपमा फर्कियो । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक १३ असार २०७५ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उदघाटन समेत गरेका थिए । तर पुनर्निर्माणका क्रममा सम्झौता […]
१८ पुस, डोटी । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् । शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’ वन तथा वातावरण […]
१८ पुस, काठमाडौं । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा […]
१८ पुस, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु […]
१८ पुस, वीरगञ्ज । ऐतिहासिक गौरव भूमि पर्सागढी संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । वि.सं. १८७१ मा नेपाल सरकार र भारतका तत्कालीन शासक ब्रिटिस सरकारबीचको युद्धमा नेपाल विजयी भएको स्थल हो पर्सागढी । बारा, मकवानपुर, सिन्धुलीको जस्तै पर्साको नामाकरण पनि पर्सागढीकै नामबाट राखिएको स्थानीयको दावी छ । राज्यको पुनर्संरचनापछि पर्साको एक नगरपालिकाको […]
१८ पुस, काठमाडौं । यसभन्दा पहिला प्रतिनिधिसभाको विषयगत समितिमा छलफल चलिरहेको विषयलाई नै आफ्नो बैठकको एजेण्डा बनाउन तँछाडमछाड गर्ने राष्ट्रिय सभाका विषयगत समिति यतिबेला निष्क्रिय छन् । कुनै पनि समितिले प्रतिनिधिसभा विघटनको बारेमा बोलेका छैनन् । संकटको समयमा बोल्ने म्यान्डेट पाएको विधायन व्यवस्थापन समिति प्रतिनिधिसभा विघटन हुँदा मूकदर्शक बनेको छ । कुनै सहयोग र प्रायोजन […]
१८ पुस, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो । योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गत बिहीबार ग्वार्काेको […]
१८ पुस, काठमाडौं । रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । यस्तो घटना ट्रम्पको राष्ट्रपति कार्यकालकै पहिलो हो । फ्लोरिडामा पत्नी मेलानियासँग छुट्टी मनाउन गएका ट्रम्प भिटो रद्द भएको सूचना पाएलगत्तै ह्वाइटहाउस फर्किएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकाका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च […]
१७ पुस, काठमाडौं । केन्द्रदेखि वडासम्म पार्टी विभाजनमा सक्रिय बनेका नेकपाका दुबै समूहले निर्वाचन आयोगमा पार्टी विभाजनको औपचारिक दाबी प्रस्तुत नगरेको चर्चाले बजार पाएको छ । यस्तो चर्चा फैलाउने काममा आयोगका केही कर्मचारी र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै लागिपरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगभन्दा एक कदम अगाडि बढेर प्रचण्ड-माधव पक्ष […]
१७ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी ‘एमिकस क्युरी’मा वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारीलाई पठाउने निर्णय गरेको छ । केन्द्रीय नेपाल बार एसोसिएसनले भने वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनालीलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]
१७ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः […]
१७ पुस, काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणासँगै फुटेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेका छन् । प्रचण्ड–माधव समूहका प्रमुख नेताहरु निर्वाचन आयोग पुगेर बहुमत सदस्यको निर्णय मात्र जानकारी गराएनन्, आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओली समूहले पनि आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक राख्यो […]
१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]
१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]
१७ पुस, वीरगञ्ज । अंग्रेजी नयाँ वर्षका दिन यसवर्ष ठोरी घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । नयाँ वर्षमा आन्तरिक तथा भारतीय पर्यटकहरुको बाक्लो चहलपहल रहने ठोरीको राईधारा, सुवर्णपुरको बाघमोर्चा क्षेत्रमा यसवर्ष पर्यटकको संख्यामा कमी आएको हो । विगतका वर्षहरुमा अंग्रेजी नयाँ वर्षको दिन ठोरीमा हजारौंको संख्यामा मानिसहरु वनभोज खान र घुमफिर गर्न आउने […]
१७ पुस, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकामा मृत अवस्थामा फेला परेका बालकको हत्या रकम लेनदेनका कारण हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनको हत्या नातामा फुपु पर्ने व्यक्तिले घाँटी थिचेर गरेको फेला पारेको छ । बिदेह नगरपालिका– २ दुहबी निवासी जीवन राय अमातका ५ बर्षीय छोरा अभिनन्दनको शव ब्रम्हदेव राय अमातको भैंसी बाँध्ने […]
१७ पुस, काठमाडौं । सरकारले गत आर्थिक वर्षमा १ खर्ब ९३ अर्ब रुपैयाँ आन्तारिक ऋण उठाउँदा औसतमा ६.५ प्रतिशत ब्याजदर व्यहोर्नु परेको थियो । चालु आर्थिक वर्षको बजेटका लागि २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउनु पर्नेछ । यसमध्ये ५७ अर्ब पहिलो चौमासमा उठिसकेको छ । चालु आवको पहिलो चौमासमा अघिल्लो वर्षको तुलनामा २ […]
from समाचार – Online Khabar https://ift.tt/3hAXQnN
via IFTTT






















