Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

३ फागुन, वीरगञ्ज । बारामा ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दलबहादुर लामा पक्राउ परेका हुन् । दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान जबरजस्ती करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दलबहादुरविरूद्ध जबरजस्ती […]

‘संघीय तानाशाहलाई नरोके हरेक प्रदेशमा तानाशाहहरु जन्मिन्छन्’

३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा जवाफी बहस गर्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले संघीय तानाशाह (केपी ओली) लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाहहरु जन्मिने बताए । ‘अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि विघटन गरिदिइहाल्ने, […]

ओलीले संविधानलाई नै खतरामा पारे : निधि

३ फागुन, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरीले सदरमुकाम राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै निधिले भने, ‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ । संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी छ ।’ ‘जनताले चुनावमा मत हालेर संसदको […]

कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस […]

संसद विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस

३ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र […]

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारी प्रहरी नियन्त्रणमा

३ फागुन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारी किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ परेका हुन् । योजना अधिकृत यादव र लेखा अधिकृत चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो […]

१७ दिनपछि प्रधानमन्त्रीकहाँ पुग्यो सर्वोच्चको आदेश

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते सर्वोच्च अदालतले दिएको आदेशको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाएका छन् । सर्वोच्च अदालतबाट खटिएका तामेलदारले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर आदेशको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले संवैधानिक इजलासमा भइरहेको बहसको अपमान हुने गरी बोलेको भन्दै परेको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ […]

अपराध महाशाखाका प्रमुख फेरिए, एसएसपी खापुङलाई जिम्मेवारी

३ फागुन, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको गृह स्रोतले अनलाइनखबरसँग बतायो । थापाको कार्यकालमा महाशाखाले उपत्यकामा […]

अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस् : गगन थापा

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको […]

शक्ति प्रदर्शनका नाममा ओलीले सरकारी ढुकुटी रित्याए : केसी

३ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याएको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झन् उनले आफ्नो कदमलाई […]

अब केपी ओलीको रुने दिन आयो : खाँण

३ फागुन, भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन आएको दाबी गरेका छन् । नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरे । नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको […]

निर्वाचन आयोगलाई देउवाको आग्रह : सूर्य चिह्नबारे छिटो निर्णय गर

३ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ । प्रतिनिधिसभा विघटनको विरोधमा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक […]

रेलअंकित घोषणापत्रमा नेकपाले के–के गर्छु भनेको थियो ?

३ फागुन, काठमाडौं । तीन वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जारी गरेको संयुक्त चुनावी घोषणापत्रको आवरणमै चुच्चे रेलको नक्सा राखिएको थियो । घोषणापत्रको शीर्षस्थानमै लेखिएको थियो–सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! ओलीको नेतृत्वमा बनेको सरकार आज (फागुन ३ गते) तीन वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री […]

चुनावी घोषणा सत्ता लम्ब्याउने चाल मात्रै हो : प्रकाशमान सिंह 

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले कास्कीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए । ‘ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका हुन् […]

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

३ फागुन, काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो । प्रहरीले सामग्री खासेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी छन् । […]

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहकाे सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धिताे कर्जामा कडाइ गर्ने चर्चा चलेको थियाे तर सेयर धिताे कर्जाकाे विद्यमान व्यवस्था यथावत […]

टर्च लाइटमा लुकाएर सुन तस्करी गर्ने प्रयास, एकजना पक्राउ

३ फागुन, काठमाडौं । सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् । आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए । उनका अनुसार […]

सरकारको दोहोरो नीतिले हिमाल आरोही नआउने जोखिम !

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]

संसद् विघटनलाई प्रतिगमन भन्नु आपत्तिजनक : प्रधानमन्त्री

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए । सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै […]

नाकाबन्दी सामना गर्नुपर्ने स्थिति अन्त्य भयो : प्रधानमन्त्री ओली

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको यातायात र पारवहन सम्झौतापछि भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थिति अन्त्य भएको बताएका छन् । आफ्नो सरकारले तीन वर्षमा प्राप्त गरेका उपलब्धी जानकारी गराउन सोमबार आयोजना गरिएको प्रेस बिफ्रिङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनँगको सम्झौतापछि नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुकमा फेरिएको बताए । ‘चीनसँगको यातायात […]

प्रदेश २ सरकारको ३ वर्षे उपलब्धि : संघीय सरकारविरुद्व ६ वटा मुद्दा दायर

२३ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले तीन वर्षको आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । तीन वर्ष पुगेको अवसरमा सोमबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेको हो । संघीय सरकारविरुद्व मुद्दा दायर गर्नुलाई पनि प्रदेश सरकारले आफ्नो उपलब्धि मानेको छ । संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ […]



from समाचार – Online Khabar https://ift.tt/3b0nEqw
via IFTTT
Powered by Blogger.