Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

४ फागुन, काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई […]

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

४ फागुन, पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्‍यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । […]

कांग्रेसको विरोध प्रदर्शन : नेतैपिच्छे फरक राजनीतिक लाइन

४ फागुन, काठमाडौं । राजनीतिक दलले किन विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्छन् ? सामान्यतया कुनै पनि विषयमा राज्य र गैरराज्यले पक्षले लिएका कुनै निर्णय वा गतिविधिको विरोध गर्न । जनतालाई आफ्नो कुरा भनेर आफ्नो पक्षमा समर्थन जुटाउन अनि आवश्यक परेमा आन्दोलनका लागि जनतालाई उत्प्रेरित गर्न । अनि कुनै पनि राजनीतिक घटनाक्रमको बारेमा पार्टीको राजनीतिक लाइन […]

पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन : बस्नेत

४ फागुन, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् । ‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् । ‘बन्दुक लिएको […]

‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’

बि४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्‍यो। प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]

संसद विघटन : आजबाट एमिकस क्युरीको राय

४ फागुन, काठमाडौं । संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो । एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ […]

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रधानमन्त्री

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् । प्रधानमन्त्री ओलीले […]

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

४ फागुन, काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आˆना कला-साधनाका वस्तु […]

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध अपहरण र ज्यान मुद्दा

३ फागुन, विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वषर्ीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । […]

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह अस्वीकार्य

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका चार पूर्वप्रधानन्यायाधीशले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह रचिए स्वीकार्य नहुने बताएका छन् । साथै प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी जारी गरेको विज्ञप्तिमा आफूहरुको प्रतिवद्धता कायमै रहेको भन्दै उनीहरुले आफूहरुविरुद्ध परेको मुद्दालाई संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्धासँगै राखेर सुनुवाइ गरेपनि आपत्ति नहुने बताएका छन् । संसद विघटनबारे […]

कान्ति बाल अस्पताललाई ३ करोड सहयोग

३ फागुन, काठमाडौं । कान्ति बाल अस्पतालले विश्व बाल क्यान्सर युके प्रोजेक्टमार्फत बाल क्यान्सरको क्षेत्र सुधारका लागि करिब ३ करोड रुपैयाँ सहयोग पाएको छ । कान्ति बाल अस्पतालमा सोमबार एक कार्यक्रम आयोजना गर्दै युके एड म्याचको सहयोगमा नेपालमा बाल क्यान्सरको क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको छ । अस्पतालका निर्देशक डा. आरपी […]

निर्वाचन आयोगलाई देउवाको आग्रह : सूर्य चिह्नबारे छिटो निर्णय गर

३ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ । प्रतिनिधिसभा विघटनको विरोधमा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक […]

कोभिसिल्ड खोपलाई आशंका नगर्न विज्ञको आग्रह

३ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन् । सरकारको लक्ष्य अनुसार मानिसहरुले खोप नलगाइरहेको अवस्थामा खोप विज्ञहरुले ढुक्क भएर खोप लगाउन सुझाव दिएका हुन् । खोप अभियान सुरु भएयता खोप विरुद्ध भ्रामक सन्देश फैलिइएकाले विज्ञहरुले भारतको सेरम इनिस्च्युटले उत्पादन गरेको खोपका विषयमा स्पष्ट पारेका छन् । स्वास्थ्य सेवा […]

निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

३ फागुन, काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानको उपाय सुझाउने जिम्मेवारी पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न पाँचवटा विकल्पसहितको प्रतिवेदन तयार पारेका छन् । अध्यादेशमार्फत निर्वाचन आयुक्त बनेका भण्डारीले तयार पारेका पाँच विकल्पहरुमा नेकपाको नाम र चुनावचिन्ह खारेज गर्नेदेखि अध्यादेश ल्याउनेसम्म छन् । बरिष्ठ अधिवक्तासमेत रहेका आयुक्त भण्डारीले संविधान, कानून, नियमावलीहरुको अध्ययन गर्नुका साथै विज्ञहरुसँग […]

‘ओलीले मैदानबाहिरबाट गोल हाने, अदालतले मैदानमा फर्काओस्’

३ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहस गरेका कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेकाले त्यसलाई अदालतले खारेज गर्नुपर्ने बताए । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने पनि बताए । कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपय देशमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालमा दुवैलाई विशेषाधिकार नरहेको उल्लेख गर्दै उनले […]

आधा भन्दा बढी क्यान्सर पीडित बालबालिका अस्पतालबाहिर

३, फागुन, चितवन । नेपालमा बर्षेनी औसत १५ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको एक अध्ययनले देखाएको छ । तर, त्यसको आधामात्र बालबालिका उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आउने त्यही आधा बिरामी मध्ये पनि आर्थिक अभाव, समयको कारणले बीचमा नै उपचार छाड्ने गरेको चिकित्सकहरु बताउँछन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर […]

टालटुले प्रगतिमै मख्ख प्रधानमन्त्री !

३ फागुन, काठमाडौं । तीन वर्षअघि देशको नेतृत्व सम्हाल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई दिएका मुख्य आश्वासन हुन्, रेल, पानीजहाज, सुरुङमार्ग । अनि सुख र समृद्धि । संसदबाट दुई तिहाई भन्दा बढी सांसदको समर्थन पाएका शक्तिशाली प्रधानमन्त्री ओलीमा आत्मविश्वास पनि थियो । यो बाचा पूरा गर्न सहज थिएन, तर असम्भव पनि होइन । किनकी […]

प्रहरी हस्तक्षेपका बीच ‘शैक्षिक प्रतिगमनविरूद्ध टियू मार्च’

३ फागुन, काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालय परिसरमा इञ्जिनियरिङका विद्यार्थी प्राक्टिकल विषयको फिल्ड–वर्कमा व्यस्त थिए । उनीहरू चौरमै प्राविधिक विषयको तालिम लिइरहेका थिए । यही समय कीर्तिपुर पाँगा दोबाटोबाट युवा विद्यार्थीहरूको जुलुस उपकुलपति कार्यालयतर्फ लम्किरहेको थियो । चौरमा पढिरहेका विद्यार्थी र जुलुसमा आएका टोलीको जम्काभेट भयो । पढिरहेका विद्यार्थीहरुले जुलुसतिर हेरे र मौन समर्थन […]

सरकारको दोहोरो नीतिले हिमाल आरोही नआउने जोखिम !

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]

अब बन्ने सरकारले संवैधानिक परिषद्को सबै नियुक्ति खारेज गर्छ : कोइराला

३ फागुन, धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्हरूमा गरेका असंवैधानिक नियुक्तिहरू अब बन्ने सरकारले खारेज गर्ने बताएका छन् । धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषद्का सबै नियुक्तिहरूलाई अब बन्ने सरकारले पक्कै पनि खारेज गर्नेछ ।’ संविधानले शक्ति सन्तुलनको आधारमा ६ सदस्यीय परिषद्ले मात्रै […]

कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्तासम्ममा लगाउन विज्ञ समितिको सुझाव

३ फागुन, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  सुझाव दिएको छ । सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको […]



from समाचार – Online Khabar https://ift.tt/3b8azMa
via IFTTT
Powered by Blogger.