Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । […]

प्रचण्ड-माधव समूहको प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई

९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि […]

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेकपा प्रचण्ड–माधव समूहका ६ जना काठमाडौंको नैकापमा पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार प्रधानमन्त्री ओली दहचोक महोत्सव उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी थियो । कालोझण्डा देखाउने […]

प्रदेश १ को प्रदेशसभामा ओली समूहलाई पर्खिँदै सांसदहरु

९ फागुन, विराटनगर । प्रदेश १ को आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रदेशसभामा अरु दलका सांसदहरु आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् । आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर ओली समूहका […]

अब शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप

९ फागुन, काठमाडौं । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ । त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ […]

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : थापा   

९ फागुन, दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । मिडिया नेपालद्वारा आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे । उनले भने, ‘निर्चावनबाट नै अहिलेको […]

प्रदेश १ मा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची

९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश […]

रुकुम पश्चिममा ओली समूहले लगाएको ताला प्रचण्ड- माधव समूहले खोल्यो

९ फागुन, पश्चिम रुकुम । नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड- माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको थियो । तर, विहानै प्रचण्ड-माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको जिल्ला संयोजक गोपाल […]

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्की दिए : शेखर कोइराला

९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर […]

कांग्रेसले नयाँ जनादेशबाट सत्तामा जाने बाटो खोज्नुपर्छ : डा. महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ । न्यूज एजेन्सी नेपाल (एनएएन)सँग कुरा गर्दै डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट […]

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

९ फागुन, काठमाडौं । भक्तपुरबाट लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा-१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका-१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आइतबार बिहान उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । शंकास्पद अवस्थामा सडकमा […]

मोदीसँग प्रचण्डको आग्रह : खोप दिनुभयो धन्यवाद, लोकतन्त्रलाई समर्थन होस्

९ फागुन, काठमाडौं । भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् । पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको […]

घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु 

९ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि […]

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही […]

बागलुङमा २०८० लाई कालिका दर्शन वर्ष मनाइने

९ फागुन, बागलुङ । विसं २०८० लाई बागलुङमा ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते […]

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका […]

भूमि व्यवस्थापन आयोगको सदस्य पद महताले गरे अस्वीकार

९ फागुन, काठमाडौं । कैलालीका बलबहादुर महताले सरकारले गठन गरेको भूमि व्यवस्थापन आयोगको सदस्य पद अस्वीकार गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई सदस्यको रुपमा राख्ने निर्णय गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएका छन् । ‘लोकतन्त्र, राष्ट्रिय एकता र पार्टी एकतालाई बलियो बनाउँदै नेपाल […]

सुनको मूल्य तोलामा ८०० ले बढ्यो

९ फागुन, काठमाडौं  । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आइतबार रु. ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार रु. ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । […]

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

९ फागुन, हेटौंडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । […]

प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि त्रिविले माग्यो आवेदन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका […]

प्रदेश १ : बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखद्वारा अस्वीकार

९ फागुन, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक […]



from समाचार – Online Khabar https://ift.tt/3bpEr6O
via IFTTT
Powered by Blogger.