समाचार
९ फागुन, बुटवल । बुटवलमा दोस्रो केवुलकारको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) बाट पाल्पाको नुवाकोट डाँडोसम्म चल्ने सिद्धार्थ केवुलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् । यसअघि फागुन १ गते बुटवलमै लुम्बिनी केवुलकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सिद्धार्थ केवुलकार प्रालिले सञ्चालन गर्ने केवुलकार १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य […]
९ फागुन, सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् । उनले वीरेन्द्रनगर–६ सिटीबसपार्कमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई पैसा दिन खोजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘उहाँको मोटरसाइकलमा […]
९ फागुन, गोरखा । गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक […]
९ फागुन, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मातृभाषा आमाको दूध र अन्य भाषा डेरीको दूध जस्तो रहेको टिप्पणी गरेका छन् । भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा उनले मातृभाषा जस्तो आनन्द अरु भाषा बोल्दा नआउने गरेको बताए । ‘भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्य भाषामा छैन, […]
९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । […]
९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि […]
९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेकपा प्रचण्ड–माधव समूहका ६ जना काठमाडौंको नैकापमा पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार प्रधानमन्त्री ओली दहचोक महोत्सव उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी थियो । कालोझण्डा देखाउने […]
९ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ । आइतबार सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य धेरै बढेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा […]
९ फागुन, विराटनगर । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश १ को प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका […]
९ फागुन, विराटनगर । प्रदेश १ को आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रदेशसभामा अरु दलका सांसदहरु आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् । आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर ओली समूहका […]
९ फागुन, काठमाडौं । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ । त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ […]
९ फागुन, काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।
९ फागुन, दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । मिडिया नेपालद्वारा आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे । उनले भने, ‘निर्चावनबाट नै अहिलेको […]
९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश […]
९ फागुन, पश्चिम रुकुम । नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड- माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको थियो । तर, विहानै प्रचण्ड-माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको जिल्ला संयोजक गोपाल […]
९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर […]
९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ । न्यूज एजेन्सी नेपाल (एनएएन)सँग कुरा गर्दै डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट […]
९ फागुन, काठमाडौं । भक्तपुरबाट लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा-१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका-१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आइतबार बिहान उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । शंकास्पद अवस्थामा सडकमा […]
९ फागुन, काठमाडौं । भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् । पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको […]
९ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि […]
९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही […]
from समाचार – Online Khabar https://ift.tt/3blT3Ea
via IFTTT






















