समाचार
३ फागुन, सप्तरी । बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक व्यक्ति सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका-७ बस्ने २८ वर्षीय उमेश चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी […]
३ फागुन, बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भइ नसकेका दुवै समूहको दबावकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको भनाइ छ । बझाङको पाथिभरामा आयोजित सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका […]
३ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो । सबैभन्दा बढी बौद्धबाट ८५, कीर्तिपुरबाट ६०, बालाजुबाट ४७ र कालिमाटीबाट ४३ जना […]
३ फागुन, काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम […]
३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् । ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । […]
३ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम […]
३ फागुन, कर्णाली । द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा डा मुनिराज क्षेत्रीको रोहबरमा आइतबार कानुन मन्त्रालयका सचिव शोभाकान्त पौडेल र […]
३ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् । प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका हुन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा […]
२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वितरण गर्न लागेको लाभांश केहि दिन पहिले अर्थमन्त्रालयले रोकिदियो । साधारणसभाबाट पारित भइसकेको र नियमनकारी निकायबाट समेत स्वीकृत पाइसकेको लाभांश रोकिएपछि बैंकका अध्यक्ष बासुदेव अधिकारीले पदबाटै राजीनामा दिए । अधिकारीले अध्यक्ष पदबाट दिएको राजीनामा अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले २६ माघमा स्वीकृत गरे । राष्ट्र बैंक स्वायत्त नियमनकारी निकाय भए […]
३ फागुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् । महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् । काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रदर्शनमा महिला बक्सरहरुको सहभागीता थियो ।
३ फागुन, काठमाडौं । अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको […]
३ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनमा लघु तथा घरेलु उद्योगमा कोरोना भाइरस (कोभिड-१९)को असर उच्च पाइएको छ । कोरोना र यसबाट बच्नका लागि अबलम्बन गरिएको लकडाउन र निषेधाज्ञाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्णरूपमा बन्द अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ । सञ्चालनमा रहेकामध्ये पनि त्यस्ता उद्योगको उत्पादन […]
३ फागुन, कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।
३ फागुन, विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य […]
३ फागुन, पोखरा । २०३८ सालमा भएको अध्ययनले देखाएको क्षेत्रफलभन्दा कम कायम हुने गरी फेवाताल सीमांकन तथा नक्सांकन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.३ वर्गकिमी रहेको उल्लेख छ । तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्य पौडेलको […]
३ फागुन, काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडनले शपथ लिएको एक महिना पुग्न लागेको छ । यस अवधीमा उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका थुप्रै नीति उल्टाएका छन् । ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको विश्व नीतिमा उथलपुथल मात्र आएन, केही गलत निर्णयसमेत लिएको भनी आलोचना समेत भयो । त्यसैले वाइडनले ती गलत नीतिलाई […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदै छ । त्यहीँबाट […]
३ फागुन, दाङ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको […]
३ फागुन, विराटनगर । प्रदेश १ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । पहिलो पटक प्रदेशसभा गठनपछि २०७४ फागुन ३ गते मुख्यमन्त्री राईले दुई तिहाइ बहुमतसहित प्रदेश १ सरकारको नेतृत्व गरेका थिए । तीन वर्षको अवधीमा प्रदेशका संरचना निर्माणसँगसँगै संघीयता कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेलेको छ । शून्यबाट सुरु भएको प्रदेश सरकारमा […]
from समाचार – Online Khabar https://ift.tt/3dfMPsa
via IFTTT






















