Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

२ फागुन, काठमाडौं । नेपालमा पुन: नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । उनका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका […]

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः अधिकांश पुरानै नीतिलाई निरन्तरता

२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको छ । कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । यद्यपि, ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने राष्ट्र बैंकले थपिदिएको छ । राष्ट्र बैंकले उद्योग व्यवसायहरूमा अझै समस्यामा रहेको भन्दै एक […]

कर्णालीका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा

२ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमामार्फत आफूले राजीनामा दिएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले कार्यव्यस्तताका कारण मुख्य न्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको बताए । ‘मैले २ वर्ष १० महिना कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेँ,’ मानन्धरले अनलाइनखबरलाई […]

केपी ओली होइन, विधिको शासन आई लभ यू !

२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीको इन्द्रेणी विभागको आयोजनामा आइतबार पाटन दरबार क्षेत्रमा भ्यालेन्टाइन डे मनाइएको छ । विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए । उनीहरुले केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू, फ्रिडम फर लभ, माया बिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन, […]

कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप

२ फागुन, काठमाडौं । कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान […]

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा कुँवर नियुक्त भएका हुन् । यसअघि कुँवर सर्वोच्चकै रजिस्ट्रार थिए । माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई […]

भालुको पित्तसहित युवक पक्राउ

२ फागुन, काठमाडौं । प्रहरीले भालुको पित्तसहित काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बुढानीलकण्ठ बस्ने ३२ वर्षका विगुल राई रहेका छन् । बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट आइतबार दिउँसो सवा १२ बजे १०३ ग्राम भालुको पित्तसहित उनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भालुको पित्तको मूल्य […]

संसद विघटनको विरोधमा प्रधानमन्त्रीलाई पत्र

२ फागुन, बुटवल । प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी ओलीलाई विरोध पत्र पठाएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै समाजको रुपन्देही शाखाले इलाका प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको हो । इलाका प्रशासन कार्यालय प्रमुख कमलराज ढकाललाई बुझाइएको विरोध पत्रमा सरकार असंवैधानिक, अलोकतान्त्रिक, र तानाशाही बाटो हिंड्न खोजेको उल्लेख […]

उपत्यकामा वाणिज्य फर्म दर्ताको काम प्रदेश मातहत

२ फागुन, हेटौंडा । उपत्यकाका तीन जिल्लाको वाणिज्य प्रशासनको काम बागमती प्रदेश सरकार मातहत आएको छ । केन्द्र सरकारको वाणिज्य विभाग मातहत रहेको उपत्यकाका वाणिज्य तर्फका व्यवसाय दर्ताको काम वागमती सरकारको मातहत आएको हो । संघीय मन्त्रिपरिषदको पुस २३ गतको निर्णय अनुसार संघ मातहत रहेको वाणिज्य क्षेत्रको काम प्रदेश मातहत दिने निर्णय भएको उद्योग पर्यटन […]

प्रदेशसभा छल्ने भए राजीनामा देऊ !

२ फागुन, विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लागेको थियो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको साथ पाउँछु र, सरकार टिकाइराख्छु ।’ त्यही आत्मविश्वासका साथ भने, ‘अविश्वासको प्रस्ताव आरामले सामना गर्छु ।’ तर ७ माघमा प्रदेशसभा सुरु हुँदासम्म पनि उनले सोचे जस्तो माहौल देखिएन । अविश्वासको […]

‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ को जति अधिकार छ भनेर कहाँ लेख्या छ ?’

२ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहसमा आएका कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको भनी संविधानमा कहाँ लेखिएको छ भनी प्रश्न उठाएका छन् । केही दिनअघि प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले अहिलेका प्रधानमन्त्रीलाई श्री ३ र राजा बराबरकै अधिकार भएको बताएका थिए । आइतबार जवाफी […]

तुलसी दिवसको जीवनको त्यो रातो फूल !

२ फागुन, काठमाडौं । कुरा वि.सं २०१९ सालको हो, जतिबेला तुलसी दिवस २१ वर्षका लक्का जवान थिए । बिए पढ्दै गरेको उनी कविका रूपमा चिनिन थालेका थिए भने लोकगीत, लोकनाचप्रति रुचि थियो । त्यहीबेला काठमाडौंमा देशव्यापी लोकगीत, लोकनाच प्रतियोगिता हुने भयो । तुलसी दिवस पनि विभिन्न जातजाति, भाषाभाषीका कलाकारसहित ७० जनाको पूर्वाञ्चल टोलीको नेता बनेर […]

चीनले नेपालसँग कम्युनिष्ट पार्टीको परिवार जस्तो व्यवहार गर्‍यो : श्याम शरण

२ फागुन, काठमाडौं । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन् । नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका शरणले नेपालमा बढ्दो चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिलाई भारतले होसियारीपूर्वक हेर्नुपर्नेसमेत बताए । भारतको दि प्रिन्ट अनलाइनसँगको एक भिडियो अन्तर्वार्तामा श्याम शरणले भने,‘नेपालको राजनीतिक घट्नाक्रममा हस्तक्षेप गर्न चीनले […]

रामकुमारीलाई पक्रेर सरकारले सबैको मुटु छामेको हो : माधव नेपाल

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर […]

भागरथी हत्या प्रकरणको अनुसन्धान अझै अलमलमा

२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाका अनुसन्धान अधिकृतहरु अझै अलमलमै छन् । अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार संकित व्यक्तिहरुसँगको सोधपुछ र प्राविधिक पक्षको विश्लेषण भइरहेको छ तर, अनुसन्धानले लय समात्न सकेको छैन । भट्टको मोबाइल फोनबाट महत्वपूर्ण सुराक हात पर्ने अपेक्षा गरेको प्रहरीको ध्यान अहिले म्यानुअल अनुसन्धानतिरै […]

ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो विशेष अदालतमा दर्ता भएको अभियोगपत्र

२ फागुन, काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले प्रमाण झिकाउने आदेश दिएको हो । अख्तियारले विशेष अदालतमा मुद्दा गर्दा गर्दा तयार पारेको अभियोग पत्रको […]

सेयर बजार राताम्मे, नेप्से परिसूचक ३३ अंकले घट्यो

२ फागुन, काठमाडौं । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे छाएको छ । म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक–इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]

मनाङको जङ्गलमा ४ दिनदेखि भीषण आगलागी

२ फागुन, मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । […]

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते […]

न्यायाधीशले सोधे : संसद विघटनको मुद्दा लिएर दलहरु किन आएनन् ?

२ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा बहस भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशले यो विषयमा राजनीतिक दलहरु किन अदालत नआएको भनी प्रश्न गरेका छन् । यसअघि संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षामा बहस गर्दा महान्यायाधिवक्ता अग्नि खरेलले यो मुद्दा प्रमुख विपक्षी दलले लिएर आएको भए त्यसको अर्थ हुने बताएका थिए । संसद विघटनसम्बन्धी सर्वोच्चमा […]

संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा

२ फागुन, सुर्खेत । संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा आएका छन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस पाँचगते गरेकोे संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध र्‍याली निकालेर प्रर्दशन गरेका हुन् । […]



from समाचार – Online Khabar https://ift.tt/3pkRj2M
via IFTTT
Powered by Blogger.