Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । जबरालाई भेट्न सेनापति थापा दिउँसो सर्वोच्च अदालत पुगेका थिए । उनलाई जग्गाको विषयमा छलफल गर्न आफूहरुले नै बोलाएको अदालत प्रशासनले जनाएको छ । सर्वोच्चको हालको भवन रहेको स्थानदेखि पछाडि नयाँ भवन बन्दैछ । यसका लागि जग्गा प्राप्ति र टेण्डर […]

‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !

१० फागुन, काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो । केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । […]

बजेटमा नलिनु भनेको ३५ लाख भत्ता सांसदले लिए

१० फागुन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि खर्च जुटाउन भन्दै रोकेको बैठकभत्ता, पारवाहनभत्ता सांसदहरुले लिएको पाइएको छ । कोरोना रोग नियन्त्रमा पहिलो पंक्तिमा रहेर काम गर्नेहरु बाहेकको सबै प्रकारका भत्ताहरु सरकारले बजेटमार्फत रोकेको थियो । तर, सांसदहरुले सरकारले रोकेको ६ महिनापछि भत्ता बापत ३५ लाख रुपैयाँ लिएका हुन् । […]

कोरोना खोपको दोस्रो मात्रा ८ हप्तामा दिइने

१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ । कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले  पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो । ‘हामीले प्रस्तावलाई स्वीकार गरेका छौं, दोस्रो मात्रा लगाउने बेलामा सूचना […]

संसद पुनर्स्थापना भए तमासाको राजनीति सुरु हुन्छ : प्रधानमन्त्री   

१० फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो । ‘देश बनाउन लोकतान्त्रिक […]

लमजुङको जंगलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा  

१० फागुन, लमजुङ । लमजुङको एक जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो । शनिबारबाट सुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जंगलमा ठूलो आगलागी भएको थियो […]

१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा, रसुवागढी अझै अनिश्चित

१० फागुन, काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए […]

गुल्मीमा ससुराका हत्या आरोपित ४२ वर्षीया महिला सार्वजनिक

१० फागुन, गुल्मी । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारीलाई गुल्मी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । घटना रहस्यमय देखिएपछि फागुन […]

ट्राफिक चेकिङमा रहेका बेला स्कुटर चालकको दुर्घटनामा मृत्यु

१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ थियो । चेकजाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटर अगाडि आयो, ट्राफिकले रोक्न संकेत गर्दागर्दै अघि बढ्यो । प्रत्यक्षदर्शी मुकुन्द घिमिरेका अनुसार त्यहाँ उभिएका ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गरे । त्यसक्रममा स्कुटर अनियन्त्रित भयो र […]

व्यवसायीका समस्या समाधान गर्न भिजन पेपर ल्याउँदैछौं : गोल्छा

१० फागुन, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताएका छन् । मुलुकको आर्थिक वृद्धि दर १० प्रतिशत भन्दा माथि पुर्‍याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उनले बताए । बुटवल उद्योग वाणिज्य […]

डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते

१० फागुन, काठमाडौं । विद्यार्थीका लागि डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते काठमाडौंमा हुने भएको छ । ‘डिजिटल लर्निङ डे’ को अवसरमा निमा एजुकेशन फाउन्डेसनले शैक्षिक संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञान सहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउने […]

‘देउवा र पौडेल मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् । ५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका […]

निर्वाचन आयोगले दलको आधिकारिता संकेत गरिसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

१० फागुन, गुल्मी । नेकपा केपी ओली समूहका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपाको आधिकारिक पक्ष आफूहरु भएको संकेत दिइसकेको दावी गरेका छन् । गुल्मीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले निर्वाचन आयोगले दलको आधिकारिताबारे अब केही भनिरहनु नपर्ने टिप्पणी गरे । परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने भन्दै ६–६ महिनामा सरकार परिवर्तन गरेर […]

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

१० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ६८१ जनाको नमुना परीक्षण गर्दा ४४ जना महिला र ८१ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको […]

प्रचण्डले पार्टी कब्जा र प्रधानमन्त्री बन्न खोज्दा समस्या : शंकर पोखरेल

१० फागुन, गुल्मी । नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जा र प्रधानमन्त्री बन्ने खेलमा लाग्दा पार्टीमा समस्या आएको बताएका छन् । गुल्मीको तम्घासमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड चोरबाटोबाट प्रधानमन्त्री र पार्टी कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाए । उनले गलत बाटोबाट माधव […]

भतिजा अपहरणको आरोपमा काका पक्राउ

१० फागुन, जनकपुरधाम । गत माघ २० गते सिराहाबाट अपहरित बालकको उनकै काकाले अपहरण गरेको खुलेको छ । सिराहा सदरमुकाम सिराहा नगरपालिका-१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए । प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको हो । […]

नगरपालिकाको सहलगानीमा फलेवासका ७ सय मजदुरको रकम नागरिक लगानी कोषमा

१२ फागुन, काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको रकम अब नागरिक लगानी कोषमा जम्मा हुने भएको छ । यसका लागि मजदुरले ५ सय रुपैयाँ मासिक योगदान गर्नुपर्नेछ । ५ सय रुपैयाँ भने फलेवास नगरपालिकाले हालिदिने भएको छ । यसरी नागरिक लगानी कोषमा हरेक मजदुरको नाममा मासिक १ हजार रुपैयाको दरले जम्मा गर्ने […]

सप्तरीबाट लागूऔषधसहित तीनजना पक्राउ

१० फागुन, सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागूऔषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध बोकेर पैदल आउँदै गरेका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपलिका वडा नम्बर १ बेल्हीबाट सोमबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ […]

भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

१० फागुन, गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ । यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु आर्थिक वर्षमा ५ करोड ४० लाख ८० हजार रुपैयाँ आएपछि पुनर्निर्माण सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला […]

विप्लव समूहका नेता बास्तोला भन्छन् : प्रतिबन्ध हटाए वार्तामा बस्न तयार छौं

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर, वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका बास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा […]

सर्वोच्चको आदेश विपरीत गेटबाटै पक्राउ परे बास्तोला

१० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने […]



from समाचार – Online Khabar https://ift.tt/3bo0J8M
via IFTTT
Powered by Blogger.