Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रचण्डले पार्टी कब्जा र प्रधानमन्त्री बन्न खोज्दा समस्या : शंकर पोखरेल

१० फागुन, गुल्मी । नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जा र प्रधानमन्त्री बन्ने खेलमा लाग्दा पार्टीमा समस्या आएको बताएका छन् । गुल्मीको तम्घासमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड चोरबाटोबाट प्रधानमन्त्री र पार्टी कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाए । उनले गलत बाटोबाट माधव […]

भतिजा अपहरणको आरोपमा काका पक्राउ

१० फागुन, जनकपुरधाम । गत माघ २० गते सिराहाबाट अपहरित बालकको उनकै काकाले अपहरण गरेको खुलेको छ । सिराहा सदरमुकाम सिराहा नगरपालिका-१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए । प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको हो । […]

नगरपालिकाको सहलगानीमा फलेवासका ७ सय मजदुरको रकम नागरिक लगानी कोषमा

१२ फागुन, काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको रकम अब नागरिक लगानी कोषमा जम्मा हुने भएको छ । यसका लागि मजदुरले ५ सय रुपैयाँ मासिक योगदान गर्नुपर्नेछ । ५ सय रुपैयाँ भने फलेवास नगरपालिकाले हालिदिने भएको छ । यसरी नागरिक लगानी कोषमा हरेक मजदुरको नाममा मासिक १ हजार रुपैयाको दरले जम्मा गर्ने […]

पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टिनमा नराखौं : पर्यटन व्यवसायी

१० फागुन, काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका छन् । सोमबार संयुक्त कार्यक्रम आयोजना गर्दै व्यवसायीले क्वारेन्टिनको अनिवार्य प्रावधान हटाउन सरकारसँग माग गरेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको भन्दै व्यवसायीले पर्यटन क्षेत्रका समस्या समाधानमा […]

सप्तरीबाट लागूऔषधसहित तीनजना पक्राउ

१० फागुन, सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागूऔषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध बोकेर पैदल आउँदै गरेका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपलिका वडा नम्बर १ बेल्हीबाट सोमबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ […]

भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

१० फागुन, गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ । यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु आर्थिक वर्षमा ५ करोड ४० लाख ८० हजार रुपैयाँ आएपछि पुनर्निर्माण सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला […]

विप्लव समूहका नेता बास्तोला भन्छन् : प्रतिबन्ध हटाए वार्तामा बस्न तयार छौं

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर, वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका बास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा […]

जुरे पहिरो पीडितको रकममा सरकारको बक्रदृष्टि, स्थानीय सरकारसमेत आन्दोलनमा

१० फागुन, काठमाडौं । १७ साउन २०७१ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा गएको पहिरो पीडितहरूले शनिबार माइतीघर मण्डलामा धर्ना दिए । उनीहरू सरकारसँग क्षतिपूर्तिका लागि हात पसार्न त्यहाँ भेला भएका भने होइनन् । ६ वर्ष पहिलेको त्यो भीषण पहिरोमा परेर क्षणभरमै १४५ जनाको ज्यान गयो । १५३ परिवार वेघर भए । यो […]

ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेकी छन् । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर […]

सर्वोच्चले संविधान हेरेर फैसला गरोस् : पन्त

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाल दलित मुक्ति संगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पन्तले सर्वोच्चले संविधान हेरेर फैसला गर्ने विश्वास व्यक्त गरे । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत […]

डा. भट्टराईले दिल्लीमा चिकित्सक भेटे, भोलि अस्पताल भर्ना हुने

१० फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग परामर्श लिएका छन् । उनले नयाँ दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनले आफ्नो समस्याका बारेमा चिकित्सकसँग परामर्श लिएका हुन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार […]

झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ

१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी गुरुङमाथि धामी झाँक्रीको समूहले कुटपिट गरेको हो । घाइते गुरुङ स्थानीय निजी विद्यालयका शिक्षक हुन् । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घरमा आराम गरिरहेका छन् । सात वर्षअघि […]

दोर्दी–१ को बिजुली वैशाखदेखि   

१० फागुन, लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । उनले भने, ‘कोभिडका कारणले झण्डै ६ […]

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालले भने सर्वोच्च अदालत पछाडि नेपाली सेनाले भोगचलन गरिरहेको जग्गाको विषयमा कुराकानी गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको बताए । सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दैछ […]

१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा, रसुवागढी अझै अनिश्चित

१० फागुन, काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए […]

नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । […]

‘देउवा र पौडेल मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् । ५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका […]

कसरी अघि बढ्दैछ अफ्रिकामा कोरोना खोप कार्यक्रम ?

१० फागुन, काठमाडौं । अहिले विश्वका धेरै देशबीच कोभिड–१९ विरुद्धको खोप आफ्ना लागि सुरक्षित गर्ने प्रतिस्पर्धा चलिरहेको छ । धनी मुलुकले आफ्ना लागि खोप सुरक्षित गरिरहँदा अफ्रिकी देशका वासिन्दाले भने छिटै कोभिड–१९ विरुद्धको खोप पाउनेमा आशंका उत्पन्न भएको छ । किनभने सामान्य हिसाबमा अफ्रिकी मुलुकले धनी मुलुकले जस्तै खोप आफ्ना लागि सुरक्षित गर्न सक्दैनन् । […]

हाइड्रोपावरको सेयर मूल्यमा चमक, नेप्से परिसूचक ३२ अंकले घट्याे

१० फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो । सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । […]

अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन

१० फागुन, विराटनगर । मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको खुलेको छ । उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीयबासीले आन्दोलन गरेका छन् । ३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु […]

गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि १ लाख २९ हजारको विवरण संकलन

१० फागुन, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको छ । जिल्लाका १२ स्थानीय तहमा कात्तिक २३ गत राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको थियो । रेसुङ्गा नगरपालिकामा १३ हजार ३९, मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८, गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा […]



from समाचार – Online Khabar https://ift.tt/3bsiuEf
via IFTTT
Powered by Blogger.