Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध अपहरण र ज्यान मुद्दा

३ फागुन, विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वषर्ीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । […]

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह अस्वीकार्य

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका चार पूर्वप्रधानन्यायाधीशले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह रचिए स्वीकार्य नहुने बताएका छन् । साथै प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी जारी गरेको विज्ञप्तिमा आफूहरुको प्रतिवद्धता कायमै रहेको भन्दै उनीहरुले आफूहरुविरुद्ध परेको मुद्दालाई संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्धासँगै राखेर सुनुवाइ गरेपनि आपत्ति नहुने बताएका छन् । संसद विघटनबारे […]

कान्ति बाल अस्पताललाई ३ करोड सहयोग

३ फागुन, काठमाडौं । कान्ति बाल अस्पतालले विश्व बाल क्यान्सर युके प्रोजेक्टमार्फत बाल क्यान्सरको क्षेत्र सुधारका लागि करिब ३ करोड रुपैयाँ सहयोग पाएको छ । कान्ति बाल अस्पतालमा सोमबार एक कार्यक्रम आयोजना गर्दै युके एड म्याचको सहयोगमा नेपालमा बाल क्यान्सरको क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको छ । अस्पतालका निर्देशक डा. आरपी […]

निर्वाचन आयोगलाई देउवाको आग्रह : सूर्य चिह्नबारे छिटो निर्णय गर

३ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ । प्रतिनिधिसभा विघटनको विरोधमा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक […]

कोभिसिल्ड खोपलाई आशंका नगर्न विज्ञको आग्रह

३ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन् । सरकारको लक्ष्य अनुसार मानिसहरुले खोप नलगाइरहेको अवस्थामा खोप विज्ञहरुले ढुक्क भएर खोप लगाउन सुझाव दिएका हुन् । खोप अभियान सुरु भएयता खोप विरुद्ध भ्रामक सन्देश फैलिइएकाले विज्ञहरुले भारतको सेरम इनिस्च्युटले उत्पादन गरेको खोपका विषयमा स्पष्ट पारेका छन् । स्वास्थ्य सेवा […]

‘ओलीले मैदानबाहिरबाट गोल हाने, अदालतले मैदानमा फर्काओस्’

३ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहस गरेका कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेकाले त्यसलाई अदालतले खारेज गर्नुपर्ने बताए । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने पनि बताए । कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपय देशमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालमा दुवैलाई विशेषाधिकार नरहेको उल्लेख गर्दै उनले […]

आधा भन्दा बढी क्यान्सर पीडित बालबालिका अस्पतालबाहिर

३, फागुन, चितवन । नेपालमा बर्षेनी औसत १५ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको एक अध्ययनले देखाएको छ । तर, त्यसको आधामात्र बालबालिका उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आउने त्यही आधा बिरामी मध्ये पनि आर्थिक अभाव, समयको कारणले बीचमा नै उपचार छाड्ने गरेको चिकित्सकहरु बताउँछन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर […]

प्रहरी हस्तक्षेपका बीच ‘शैक्षिक प्रतिगमनविरूद्ध टियू मार्च’

३ फागुन, काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालय परिसरमा इञ्जिनियरिङका विद्यार्थी प्राक्टिकल विषयको फिल्ड–वर्कमा व्यस्त थिए । उनीहरू चौरमै प्राविधिक विषयको तालिम लिइरहेका थिए । यही समय कीर्तिपुर पाँगा दोबाटोबाट युवा विद्यार्थीहरूको जुलुस उपकुलपति कार्यालयतर्फ लम्किरहेको थियो । चौरमा पढिरहेका विद्यार्थी र जुलुसमा आएका टोलीको जम्काभेट भयो । पढिरहेका विद्यार्थीहरुले जुलुसतिर हेरे र मौन समर्थन […]

सरकारको दोहोरो नीतिले हिमाल आरोही नआउने जोखिम !

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]

अब बन्ने सरकारले संवैधानिक परिषद्को सबै नियुक्ति खारेज गर्छ : कोइराला

३ फागुन, धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्हरूमा गरेका असंवैधानिक नियुक्तिहरू अब बन्ने सरकारले खारेज गर्ने बताएका छन् । धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषद्का सबै नियुक्तिहरूलाई अब बन्ने सरकारले पक्कै पनि खारेज गर्नेछ ।’ संविधानले शक्ति सन्तुलनको आधारमा ६ सदस्यीय परिषद्ले मात्रै […]

कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्तासम्ममा लगाउन विज्ञ समितिको सुझाव

३ फागुन, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  सुझाव दिएको छ । सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको […]

क्यान्सर पीडित बालबालिकासँग रमाए गायक बुद्धिसागर

३ फागुन, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल अस्पतालको बाल तथा युवा क्यान्सर रोग विभागमा आइतबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा एक कार्यक्रम आयोजना भइरहेको थियो । कार्यक्रममा लोकगायक बुद्धिसागर बस्याल टुप्लुक्क आइपुगे । उनी अघिल्ला बर्षमा पनि पुगेर क्यान्सर पीडित बालबालिकासँग गीत गाएर रमाउँथे । बालबालिकासँग खेल्थे, उनीहरुमा उर्जा भर्थे । क्यान्सर पीडित […]

कर्णाली सरकारको तीन वर्षे उपलब्धि : ८ किलोमिटर सडक कालोपत्रे 

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक […]

अवहेलना मुद्दा खेपेर चार पूर्वप्रधानन्यायाधीश अदालत धाउँदा …

३ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आरोपितको भूमिकामा उपस्थित भए । आफूविरुद्ध परेको अवहेलना मुद्दामा उनीहरुले अदालतमै उपस्थित भएर लिखित जवाफ बुझाए । सरकारले संसद विघटन गरेपछि उनीहरुले संयुक्त विज्ञप्तिमार्फत उक्त कदम असंवैधानिक रहेको धारणा सार्वजनिक गरेका थिए । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न […]

अवैधरुपमा डिजेल भारत लैजाँदै गरेको अवस्थामा तीनजना पक्राउ

३ फागुन, वीरगञ्ज । अवैध रुपमा डिजल भारततर्फ निकासी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाँउपालिका -३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका- ३ बस्ने २१ वर्षीय अशोक पाख्रीन र पर्साको वीरगञ्ज महानगरपालिका- २२ का शम्भु महतो पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका उप्रेती ना.७ ख १५११ नम्बरको […]

संसद् विघटनलाई प्रतिगमन भन्नु आपत्तिजनक : प्रधानमन्त्री

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए । सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै […]

७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

३ फागुन, वीरगञ्ज । बारामा ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दलबहादुर लामा पक्राउ परेका हुन् । दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान जबरजस्ती करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दलबहादुरविरूद्ध जबरजस्ती […]

‘संघीय तानाशाहलाई नरोके हरेक प्रदेशमा तानाशाहहरु जन्मिन्छन्’

३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा जवाफी बहस गर्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले संघीय तानाशाह (केपी ओली) लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाहहरु जन्मिने बताए । ‘अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि विघटन गरिदिइहाल्ने, […]

ओलीले संविधानलाई नै खतरामा पारे : निधि

३ फागुन, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरीले सदरमुकाम राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै निधिले भने, ‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ । संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी छ ।’ ‘जनताले चुनावमा मत हालेर संसदको […]

कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस […]

संसद विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस

३ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र […]



from समाचार – Online Khabar https://ift.tt/3dbnnUC
via IFTTT
Powered by Blogger.