समाचार
३ फागुन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारी किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ परेका हुन् । योजना अधिकृत यादव र लेखा अधिकृत चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो […]
३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते सर्वोच्च अदालतले दिएको आदेशको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाएका छन् । सर्वोच्च अदालतबाट खटिएका तामेलदारले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर आदेशको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले संवैधानिक इजलासमा भइरहेको बहसको अपमान हुने गरी बोलेको भन्दै परेको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ […]
३ फागुन, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको गृह स्रोतले अनलाइनखबरसँग बतायो । थापाको कार्यकालमा महाशाखाले उपत्यकामा […]
३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको […]
३ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याएको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झन् उनले आफ्नो कदमलाई […]
३ फागुन, भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन आएको दाबी गरेका छन् । नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरे । नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको […]
३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले कास्कीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए । ‘ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका हुन् […]
३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहकाे सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धिताे कर्जामा कडाइ गर्ने चर्चा चलेको थियाे तर सेयर धिताे कर्जाकाे विद्यमान व्यवस्था यथावत […]
३ फागुन, काठमाडौं । सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् । आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए । उनका अनुसार […]
३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए । सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको यातायात र पारवहन सम्झौतापछि भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थिति अन्त्य भएको बताएका छन् । आफ्नो सरकारले तीन वर्षमा प्राप्त गरेका उपलब्धी जानकारी गराउन सोमबार आयोजना गरिएको प्रेस बिफ्रिङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनँगको सम्झौतापछि नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुकमा फेरिएको बताए । ‘चीनसँगको यातायात […]
२३ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले तीन वर्षको आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । तीन वर्ष पुगेको अवसरमा सोमबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेको हो । संघीय सरकारविरुद्व मुद्दा दायर गर्नुलाई पनि प्रदेश सरकारले आफ्नो उपलब्धि मानेको छ । संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ […]
३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद प्रधानमन्त्रीको नोकर हुन नसक्ने बताएका छन् । सोमबार संसद विघटनविरुद्धको मुद्दामा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई धम्की दिएको भन्दै संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने बताएका हुन् । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति र संसदलई धम्की दिन नपाइने उल्लेख भएको स्मरण […]
३ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । दाहालले सेवाग्राहीसँग ८ हजार […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए । प्रधानमन्त्री […]
३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्चर्याली जम्मा गर्ने, जमिन बाँड्छौं […]
३ फागुन, सप्तरी । बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक व्यक्ति सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका-७ बस्ने २८ वर्षीय उमेश चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी […]
३ फागुन, बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भइ नसकेका दुवै समूहको दबावकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको भनाइ छ । बझाङको पाथिभरामा आयोजित सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका […]
३ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो । सबैभन्दा बढी बौद्धबाट ८५, कीर्तिपुरबाट ६०, बालाजुबाट ४७ र कालिमाटीबाट ४३ जना […]
३ फागुन, काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम […]
from समाचार – Online Khabar https://ift.tt/3deonqV
via IFTTT






















