Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ । […]

बार्सिलोनाको शानदार जितमा मेसीको दुई गोल

२ फागुन, काठमाडौं । कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल […]

प्रदेश २ सरकारको बस फागुनभित्रै संचालन हुने

१ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ । […]

रानीकोटको रौनक : हाइकिङको आनन्द  

१ फागुन, काठमाडौं । रानीकोट । नाम नै काफी छ यसको सौन्दर्य बुझाउनलाई । यो ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ । केही समययता रानीकोटले आगन्तुकलाई मोहनी लगाएको छ । प्राकृतिक सौन्दर्यमा रमाउनेहरु रानीकोट पुग्ने गरेका छन् । त्यसमाथि सडक बिस्तारले पनि यसमा टेवा पुर्याएको छ । कोरोना र लकडाउनको कारण लामो […]

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर  शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा […]

जसराज किराती : कविता र जिन्दगी उस्तै

१ फागुन, काठमाडौं । उमेरले जसराज किराती ७७ कटे । तर, उनको ठाँट बेग्लै छ । अहिले पनि ढिँडो, च्याँख्ला, मोही र कोदोको रक्सी खान पाए खुसी हुन्छन् । तर, काठमाडौं जोरपाटीमा यी खानेकुरा त्यति सजिलै कहाँ पाउनु ? सहरप्रति जसराजको मोहभङ्ग दिनदिन बढ्दैछ । उसो त जसराज सहर बस्न थालेको जम्मा दुई वर्ष मात्र […]

जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ

‘ओइ मुला, आज फिल्म देखाउँछु भनेको हैन ?’ बिदुरले गुच्चा खेलेको ठाउँमै गुप्त रहस्य खोलिदियो । मलाई सरम लाग्यो । वाक्य फुटेन । अघिल्लो साँझ खेल्दै गर्दा उसँग मैले ‘फिल्म देखाउने’ कुरा गरेको थिएँ । चैत्र–वैशाखको याम । लेकको घाम उति रापिलो हुँदैन । बरु बेलाबखत बेपत्तासँग बतास चल्छ । भर्खर फक्रिदै गरेको आरुबखडाको फूलहरुसँगै […]

इन्टरनेट सामग्री फिल्टर गर्न १ अर्बको प्रविधि जोडिँदै, नागरिक स्वतन्त्रता हेरौं-विज्ञ

१  फागुन, काठमाडौं । सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता सामग्री ब्लक गर्ने प्रणाली भित्र्याउने भएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यही फागुनदेखि कन्टेन्ट फिल्टरिङ लागू गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ समेत छुट्याएको थियो […]

रोल्पा र रुकुममा पनि चुनाव जित्छौं : पोखरेल

१ फागुन, बटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले आफ्नो पार्टीले रोल्पा र रुकुमबाट चुनाव जित्ने दाबी गरेका छन् । शनिबार बुटवलमा भएको सभालाई सम्बोध गर्दै रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड-माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने बताएका हुन् । ‘रोल्पा रुकुमलाई जनयुद्धको […]

बाबुरामको प्रश्न : किन हेग जाने हामी ?

१ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् । सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उनले बताए , शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने थालेको सुनाए । उनले अघि भने, किन हेग […]

नेपाल धेरै चिनियाँ लगानी भएको मुलुक : नरवणे

१ फागुन, काठमाडौं । भारतिय सेना प्रमुख एमएम नरवणेले नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन् । ‘उत्तर-पूर्वी क्षेत्रमा विकास हुँदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना गरिएको एक सेमिनारलाई सम्बोधन गदै भारतीय सेना प्रमुखले नेपाल लगायत भारतका छिमेकी मुलुकहरुमा चीनको बढ्दो पदचाप र भारतसँग विवादित सीमा क्षेत्रमा चीनले एकतर्फी […]

संसद पुनर्स्थापनाबारे अदालतले अन्यथा फैसला गर्ने ठाउँ छैन : पौडेल

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । यद्यपि सर्वोच्च अदालतले अन्यथा फैसला गर्नसक्ने हो की भन्ने आशंका भने कायम रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरू’ को शनिबार काठमाडौंमा लोकार्पण गर्दै पौडेलले भने, ‘अदालतले अर्कै फैसला गर्ने हो की भनेर […]

भागरथी हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री

१ फागुन, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए […]

विशेषाधिकार प्रयोग गरेर संसद् विघटन गरेँ : प्रधानमन्त्री

१ फागुन, बुटवल । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका उनले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ (१) को प्रधानमन्त्रीले […]

प्रचण्डलाई ओलीको जवाफ : जनसभा हेर्न बुटवल आउनुस्

१ फागुन, बुटवल । नेकपाको प्रचण्ड-माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै राखेका छन् । शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् । देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उननेे […]

६ महिनामा १ खर्ब ६९ अर्ब वैदेशिक ऋणको प्रतिवद्धता, खर्च भने कमजोर

१ फागुन, काठमाडौं । सरकारले ६ महिनाको अवधिमा पौने दुई खर्ब वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा कुल १७ आयोजना/कार्यक्रमका लागि दाताबाट १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको हो । यसमध्ये १८ अर्ब अर्थातः ९.६७ प्रतिशत अनुदान सहायता हो । १ खर्ब […]

सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन पूर्वजनमुक्ति सेनाको माग

१ फागुन, बुटवल । माओवादी जनयुद्धका पूर्वजनमुक्ति सेनाहरूले सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेका पूर्वसेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार गर्न आग्रह गरेका छन् । पूर्वजनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको उनीहरुको भनाइ थियो । पूर्वजनमुक्ति सेना नेपालको आज बुटवलमा भएको राष्ट्रिय भेला […]

ओलीलाई प्रचण्डको सुझाव- संविधानलाई किच्न सकिन्छ भन्ने भ्रमबाट छिटो मुक्त हुँदा राम्रो

१ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको बताएका छन् । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताए । पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो […]

तीनदिने तीर्थयात्रापछि माधवनारायणका व्रतालु शालीनदीमै

१ फागुन, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता दिएका छन् । तीर्थयात्राका लागि व्रतालुु माघकृष्ण चतुर्दशीका दिन शालीनदीबाट हिँडेका थिए । व्रतालु पहिलो दिन पशुपतिमा बास बसे । माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था […]

भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले डोटीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । हत्यामा संलग्नलाई कडा कारबाहीका लागि प्रधानमन्त्रीबाट तुरुन्त निर्देशन जारी गर्न पनि उनले माग गरेकी छन् । हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापा (बादल)ले राजीनामा दिनुपर्ने […]

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका […]



from समाचार – Online Khabar https://ift.tt/2NmK3GG
via IFTTT
Powered by Blogger.