Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उखु किसान र चिनी उद्योगको समस्या अध्ययन गर्न गठित कार्यदलले काम थाल्यो

१० फागुन, काठमाडौं । उखु किसान र चिनी मिलको समस्या समाधन गर्न गठिन प्राविधिक कार्यदलले काम थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मी संयोजकत्वको टोली अहिले किसान र चिनी मिलको समस्या बुझ्न देश दौडाहामा निस्किएको छ । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको स्थलगत अध्ययन पूर्वी नेपालका उखु किसान […]

प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

१० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस […]

शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक छ : मन्त्री श्रेष्ठ

१० फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन् । बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

बाराको आरती वनस्पति उद्योगमा आगलागी, साढे १५ घण्टापछि आगो नियन्त्रणमा

१० फागुन, वीरगञ्ज । बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा […]

मेलम्चीको सुरुङ पुनः परीक्षणको काम सुरु

१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज पानी हालिएको छ । खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन […]

बहुविवाह मुद्दाका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ

१० फागुन, गुल्मी । गुल्मीमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका- २ का गणेश भन्ने हुतराज गौतम रहेका छन् । गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो । लुकिछिपी बसेको अवस्थामा गौतमलाई पक्राउ गरेर […]

महाशिवरात्रिमा पशुपतिनाथमा धुनी जगाउन ३५ हजार किलो दाउरा

१० फागुन, काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र […]

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

१० फागुन, वीरगञ्ज । बारामा सवारी र्दुघटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो । वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो । कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना […]

सेयर ग्राफः मोटाएको कि सुन्निएको ?

७ फागुन, काठमाडौं । गत साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजार झिनो […]

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला

१० फागुन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ । ‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको […]

मार्सी धान फलाउने जुम्लाको छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

१० फागुन, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय […]

विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले  बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग […]

डेढ वर्षअघि सरकारले रोकेकै विन्दुबाट बिजुली बस किन्ने प्रक्रिया थालिने

१० फागुन, काठमाडौं । डेढ वर्षअघि रोकिएकै विन्दुबाट साझा यातायातले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको छ । सरकारले खिचेको ३ अर्ब रकम फेरि साझालाई नै बस किन्न फिर्ता दिएपछि अब पुरानो बिन्दुबाटै प्रक्रिया अघि बढाउने साझा यातायातले बताएको छ । सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिए […]

मुन्धुम पदमार्ग धमाधम निर्माण हुँदै

१० फागुन भोजपुर । गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको मुन्धुम पदमार्गको निर्माण कार्य धमाधम भइरहेको छ । स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा मुन्धुम पदमार्गको करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ । […]

हँसमुख प्रधानन्यायाधीश, थरिथरिका वकिल !

१० फागुन, काठमाडौं । २०७७ पुस ५ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरे । केही घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट विघटनको सिफारिस सदर भयो । त्यसपछि मुलुकको ध्यान सर्वोच्च अदालतिर तानियो । संसद विघटनसम्बन्धी सरकारको सिफारिस राष्ट्रपतिबाट सदर भएलगत्तै केही कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगेका थिए । तर, त्यस […]

दिल्लीमा डा. भट्टराईको स्वास्थ्य परीक्षण हुँदै

१० फागुन, नयाँदिल्ली । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ । प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने […]

कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु

१० फागुन, धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनलाई यही फागुन ३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर हुँदै आएको […]

कर्णालीमा किशोरी उमेरमै धेरै गर्भपतन

१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]

भारतमा फेरि कोरोना कहर : महाराष्ट्रमा सार्वजनिक भेला हुन रोक

१० फागुन, काठमाडौं । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ […]

उखु किसानको बक्यौता भुक्तानीमा फेरि गोलमाल

१० फागुन, काठमाडौं । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् । चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम […]

कर्णालीका मन्त्रीसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता कागजमै सीमित

१० फागुन, सुर्खेत । भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै विभागीय मन्त्रीहरूसँग करार सम्झौता गरेका थिए । सम्झौताको क्रममा मुख्यमन्त्रीले मन्त्रीहरुलाई भनेका थिए, ‘ढाइ वर्ष बित्यो तर, तपाईंहरुको काम सन्तोषजनक देखिएन । […]



from समाचार – Online Khabar https://ift.tt/3pFadSs
via IFTTT
Powered by Blogger.