समाचार
१० फागुन, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको छ । जिल्लाका १२ स्थानीय तहमा कात्तिक २३ गत राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको थियो । रेसुङ्गा नगरपालिकामा १३ हजार ३९, मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८, गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा […]
१० फागुन, काठमाडौं । पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक […]
१० फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको […]
१० फागुन, बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए । […]
१० फागुन, काठमाडौं । उखु किसान र चिनी मिलको समस्या समाधन गर्न गठिन प्राविधिक कार्यदलले काम थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मी संयोजकत्वको टोली अहिले किसान र चिनी मिलको समस्या बुझ्न देश दौडाहामा निस्किएको छ । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको स्थलगत अध्ययन पूर्वी नेपालका उखु किसान […]
१० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस […]
१० फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन् । बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]
१० फागुन, वीरगञ्ज । बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा […]
१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज पानी हालिएको छ । खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन […]
१० फागुन, गुल्मी । गुल्मीमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका- २ का गणेश भन्ने हुतराज गौतम रहेका छन् । गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो । लुकिछिपी बसेको अवस्थामा गौतमलाई पक्राउ गरेर […]
१० फागुन, काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र […]
१० फागुन, वीरगञ्ज । बारामा सवारी र्दुघटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो । वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो । कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना […]
१० फागुन, काठमाडौं । २०६४ सालको संविधानसभाको चुनाव सम्पन्न गरेका निर्वाचन आयोगका तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले वैशाखमा चुनाव गर्ने समय घर्किँदै गएको बताएका छन् । सरकारले घोषणा गरेको चुनावको मिति आउन ६७ दिन बाँकी भए पनि स्वयं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद अहिलेको चुनावका लागि सबैभन्दा ठूलो चुनौति रहेको […]
७ फागुन, काठमाडौं । गत साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजार झिनो […]
१० फागुन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण अस्त व्यस्त बनेको शैक्षिक क्षेत्र विस्तारै लयमा फर्किएको छ । तर, लकडाउनका कारण खल्बलिएको यस वर्षको शैक्षिक सत्र चैत–बैशाखमै पूरा हुने स्थिति छैन । चालु शैक्षिक सत्र कहिलेसम्म जारी राख्ने भन्नेबारे शिक्षा क्षेत्रमा बहस जारी छ । सरकारले आगामी शैक्षिक सत्र असारदेखि सुरु हुने निर्णय […]
१० फागुन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ । ‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको […]
१० फागुन, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय […]
१० फागुन, काठमाडौं । नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग […]
१० फागुन, काठमाडौं । डेढ वर्षअघि रोकिएकै विन्दुबाट साझा यातायातले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको छ । सरकारले खिचेको ३ अर्ब रकम फेरि साझालाई नै बस किन्न फिर्ता दिएपछि अब पुरानो बिन्दुबाटै प्रक्रिया अघि बढाउने साझा यातायातले बताएको छ । सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिए […]
१० फागुन भोजपुर । गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको मुन्धुम पदमार्गको निर्माण कार्य धमाधम भइरहेको छ । स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा मुन्धुम पदमार्गको करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ । […]
१० फागुन, काठमाडौं । २०७७ पुस ५ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरे । केही घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट विघटनको सिफारिस सदर भयो । त्यसपछि मुलुकको ध्यान सर्वोच्च अदालतिर तानियो । संसद विघटनसम्बन्धी सरकारको सिफारिस राष्ट्रपतिबाट सदर भएलगत्तै केही कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगेका थिए । तर, त्यस […]
from समाचार – Online Khabar https://ift.tt/2NQuzut
via IFTTT






















