समाचार
१० फागुन, लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । उनले भने, ‘कोभिडका कारणले झण्डै ६ […]
१० फागुन, काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए […]
१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । […]
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् । ५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका […]
१० फागुन, काठमाडौं । अहिले विश्वका धेरै देशबीच कोभिड–१९ विरुद्धको खोप आफ्ना लागि सुरक्षित गर्ने प्रतिस्पर्धा चलिरहेको छ । धनी मुलुकले आफ्ना लागि खोप सुरक्षित गरिरहँदा अफ्रिकी देशका वासिन्दाले भने छिटै कोभिड–१९ विरुद्धको खोप पाउनेमा आशंका उत्पन्न भएको छ । किनभने सामान्य हिसाबमा अफ्रिकी मुलुकले धनी मुलुकले जस्तै खोप आफ्ना लागि सुरक्षित गर्न सक्दैनन् । […]
१० फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो । सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । […]
१० फागुन, विराटनगर । मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको खुलेको छ । उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीयबासीले आन्दोलन गरेका छन् । ३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु […]
१० फागुन, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको छ । जिल्लाका १२ स्थानीय तहमा कात्तिक २३ गत राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको थियो । रेसुङ्गा नगरपालिकामा १३ हजार ३९, मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८, गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा […]
१० फागुन, काठमाडौं । पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक […]
१० फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको […]
१० फागुन, बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए । […]
१० फागुन, काठमाडौं । उखु किसान र चिनी मिलको समस्या समाधन गर्न गठिन प्राविधिक कार्यदलले काम थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मी संयोजकत्वको टोली अहिले किसान र चिनी मिलको समस्या बुझ्न देश दौडाहामा निस्किएको छ । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको स्थलगत अध्ययन पूर्वी नेपालका उखु किसान […]
१० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस […]
१० फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन् । लुनिभा बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]
१० फागुन, वीरगञ्ज । बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा […]
१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज पानी हालिएको छ । खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन […]
१० फागुन, गुल्मी । गुल्मीमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका- २ का गणेश भन्ने हुतराज गौतम रहेका छन् । गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो । लुकिछिपी बसेको अवस्थामा गौतमलाई पक्राउ गरेर […]
१० फागुन, काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र […]
१० फागुन, वीरगञ्ज । बारामा सवारी र्दुघटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो । वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो । कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना […]
१० फागुन, काठमाडौं । २०६४ सालको संविधानसभाको चुनाव सम्पन्न गरेका निर्वाचन आयोगका तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले वैशाखमा चुनाव गर्ने समय घर्किँदै गएको बताएका छन् । सरकारले घोषणा गरेको चुनावको मिति आउन ६७ दिन बाँकी भए पनि स्वयं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद अहिलेको चुनावका लागि सबैभन्दा ठूलो चुनौति रहेको […]
७ फागुन, काठमाडौं । गत साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजार झिनो […]
from समाचार – Online Khabar https://ift.tt/3seg0Qu
via IFTTT






















