समाचार
५ फागुन, काठमाडौं । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बदि्र पाण्डेले जानकारी दिए । १३ औं महाधिवेशनबाट […]
५ फागुन, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । नेकपाको प्रचण्ड-माधव समूहको दबावपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजे प्रदेशसभा बैठक बोलाएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजको बैठकमा दलगत धारणा राख्ने तयारी छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पौडेलले अविश्वास प्रस्तावको सामना गर्नुको […]
५ फागुन, काठमाडौं । राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका छन् । अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको […]
५ फागुन, नवलपरासी । दुःख गरेर फलाएको टमाटरले बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै टमाटर फालिदिएर विरोध जनाएका छन् । स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुल्लेआम बिक्री हुने गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएको स्थानीय किसान निलकण्ठ नेपालले बताए । […]
५ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान […]
४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]
४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर […]
४ फागुन, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति एवं गोर्खा स्मारक ट्रष्टका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले प्रधानमन्त्री ओलीद्वारा चालिएको संसद विघटनको कदमप्रति विरोध जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले ओलीको कदमबाट पूर्व गोर्खा सैनिकहरु गम्भीर बनेको बताएका छन् । वक्तव्यमा भनिएको छ, ‘ओली सरकारको राष्ट्रघाती तथा असंवैधानिक कदमको […]
४ फागुन, काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० […]
४ फागुन, काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिदका लागि बाटो खुला गरेको छ । अब फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । मन्त्री त्रिपाठीका अनुसार भारतीय […]
४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ […]
४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सार्वजनिक, ऐलानी, पोखरी र मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेको थुप्रै उदाहरण भेटिन्छ । त्यसैले महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको खोजी गरिरहेको छ । मुख्य बजारक्षेत्र आदर्शनगर लगायत महानगरका ३२ वटै वडाको सार्वजनिक, ऐलानी जग्गा पहिचान गर्ने र व्यक्तिको नाममा दर्ता […]
४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार गरेका छैनन्’, स्रोतले भन्यो, ‘त्यही कारण […]
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा तथ्यांकलाई जोड दिइएको छ । यो हेर्दा सरकारले आर्थिक विषयलाई जोड दिएको छ भन्ने देखिन्छ । विकास, रोजगारी, लगानीलाई जोड दिएको देखिन्छ । प्रधानमन्त्रीको धेरैले आलोचना गर्ने गरेका छन् । उनले मलाई चुनौति दिने हो भने विकास वा आर्थिक पक्षमा देउ भन्ने पनि यसको सन्देश हो । जुनसुकै प्रधानमन्त्री […]
४ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र बदनियतपूर्ण भएको राय संवैधानिक इजलासलाई दिएका छन् । उनको प्रष्ट तर्क छ, संविधानअनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । तर पार्टीभित्रको आन्तरिक कारणले संसद विघटन गर्नु चाहिँ असंवैधानिक र […]
४ फागुन, झापा । मध्यावधि चुनावको घोषणा गरेर पनि पदबाट राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा जसरी पनि चुनाव गराउने र दुई तिहाई बहुमत ल्याउने बताएका छन् । ओलीको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित होला कि नहोला ? विगतको ‘ट्रयाक रेकर्ड’ हेर्दा ओलीले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंकै छ । केपी शर्मा […]
४ फागुन, काठमाडौं । राज्यकोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल खरिदको ठेक्का लगाएको छ । कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन मल ल्याउन प्रति मेट्रिक टन ४७३.७० डलर अर्थात एक अर्ब ३६ करोड २४ लाख ३९ हजार रुपैयाँमा नेपाली कम्पनी जोशी बीजलाई ठेक्का दिएको हो […]
४ फागुन, काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुस लिएको आरोपमा पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने […]
४ फागुन, काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुँगामुढा गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । ओली समूहका कार्यकर्ताको ढुँगामुढाबाट आफ्ना केही नेता तथा कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसको […]
४ फागुन, विराटनगर । विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् । बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका […]
४ फागुन, काठमाडौं । आज श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो छ । आजको दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गरेका छन् । आजको दिन […]
from समाचार – Online Khabar https://ift.tt/2LVHHxW
via IFTTT






















