समाचार
२ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र सुधार गरिएका विषयहरुको दीर्घकालीन कार्यान्वयनमा चासो देखाएका छन् । कार्यकालको तेस्रो वर्ष सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेका थापाले संगठन सञ्चालन प्रक्रियामा गरिएका सुधार र सकरात्मक कदमको निरन्तरताका लागि अभियान थालेका हुन् । यसैका लागि थापाले आइतबार जंगीअड्डामा चार दिने संगठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपन सम्बन्धी गोष्ठी […]
२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]
२ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ७ औं महिना (साउन–माघ) पुरा भएको छ । तर, पूँजिगत खर्चको रफ्तार भने कछुवा गतिमै रहेको छ । त्यसमाथि सरकारको प्राथमिकता निर्वाचनतर्फ मोडिएपछि यो वर्ष पुँजीगत खर्च अझ दयनीय बन्ने देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ७ औं महिनाको अन्त्यसम्म विनियोजनको १७.८६ प्रतिशत मात्र […]
२ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)ले प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) मा संयोजक र सहसंयोजक तोकेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले संयुक्त पत्र लेखेर नन्द बन्जाडेलाई संयोजक र छविराज पोखरेललाई सहसंयोजक तोकिएको जानकारी दिएका हुन् । बन्जाडे नेपाल निकट र पोखरेल प्रचण्ड निकट हुन् । पिन नेकपा निकट इन्जिनियरहरुको संगठन हो । […]
२ फागुन, काठमाडौं । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल- चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ । हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको छ । कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले […]
२ फागुन, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका ८७ वर्ष उमेर कटेका १०० जना ज्येष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँको […]
२ फागुन, काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका छन् । आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन […]
२ फागुन, काठमाडौं । केरुङ नाकाबाट आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । केरुङ नाकाबाट दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै कांग्रेसले आयात-सहज बनाउने पहल गर्न सरकारसँग माग गरेको हो । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै व्यवसायी […]
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]
२ फागुन, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले […]
२ फागुन,मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका-२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव […]
२ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । छलफलका लागि आयोगले नेकपा अध्यक्ष […]
२ फागुन, काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड-माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् । नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको […]
२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुले आजबाट जवाफी बहस सुरु गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् । उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय […]
२ फागुन, भरतपुर । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन्स डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन […]
२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]
२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ । […]
२ फागुन, काठमाडौं । कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल […]
२ फागुन, काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]
१ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ । […]
१ फागुन, विराटनगर । आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा करणी गरेको ठहर जिल्ला अदालत सुनसरीले गरेको छ । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई अदालतले २२ मंसिरमा सफाइ दिएको थियो । त्यसको दुई महिनापछि तयार भएको फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण […]
from समाचार – Online Khabar https://ift.tt/3doT25d
via IFTTT






















