Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश सरकारले किन काम गर्न सकेन ? संघसँग स्पीड मिलेन !

४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]

कांग्रेसको कार्यक्रममा ओली समूहको ढुंगामुढा

४ फागुन, काठमाडौं ।  बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० […]

२० लाख कोरोना खोप किन्न मन्त्रिपरिषद्ले खोल्यो बाटो

४ फागुन, काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिदका लागि बाटो खुला गरेको छ । अब फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । मन्त्री त्रिपाठीका अनुसार भारतीय […]

पेट्रोलियम पदार्थमा एक सातामै दुई पटक मूल्यवृद्धि

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ […]

८ करोडको जग्गा वीरगञ्ज महानगरको नाममा ल्याउन अदालतको आदेश

४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सार्वजनिक, ऐलानी, पोखरी र मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेको थुप्रै उदाहरण भेटिन्छ । त्यसैले महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको खोजी गरिरहेको छ । मुख्य बजारक्षेत्र आदर्शनगर लगायत महानगरका ३२ वटै वडाको सार्वजनिक, ऐलानी जग्गा पहिचान गर्ने र व्यक्तिको नाममा दर्ता […]

भागरथी हत्या प्रकरणमा एक शंकास्पद व्यक्ति पक्राउ

४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार गरेका छैनन्’, स्रोतले भन्यो, ‘त्यही कारण […]

ओली सरकारका तीन वर्ष : १०० मा ३० अंक

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा तथ्यांकलाई जोड दिइएको छ । यो हेर्दा सरकारले आर्थिक विषयलाई जोड दिएको छ भन्ने देखिन्छ । विकास, रोजगारी, लगानीलाई जोड दिएको देखिन्छ । प्रधानमन्त्रीको धेरैले आलोचना गर्ने गरेका छन् । उनले मलाई चुनौति दिने हो भने विकास वा आर्थिक पक्षमा देउ भन्ने पनि यसको सन्देश हो । जुनसुकै प्रधानमन्त्री […]

युरिया मलको ठेक्का : कृषिमन्त्री र सचिवका कारण थपियो २९ करोड भार

४ फागुन, काठमाडौं । राज्यकोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल खरिदको ठेक्का लगाएको छ । कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन मल ल्याउन प्रति मेट्रिक टन ४७३.७० डलर अर्थात एक अर्ब ३६ करोड २४ लाख ३९ हजार रुपैयाँमा नेपाली कम्पनी जोशी बीजलाई ठेक्का दिएको हो […]

घुस लिएको आरोपमा गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की पक्राउ

४ फागुन, काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुस लिएको आरोपमा पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने […]

बैतडीमा आयोजित सभामा ओली समूहले ढुँगामुढा गरेको कांग्रेसको आरोप

४ फागुन, काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुँगामुढा गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । ओली समूहका कार्यकर्ताको ढुँगामुढाबाट आफ्ना केही नेता तथा कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसको […]

बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

४ फागुन, विराटनगर । विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् । बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका […]

अब म पनि क…लेख्छु है !

४ फागुन, काठमाडौं । आज श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो छ । आजको दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गरेका छन् । आजको दिन […]

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

४ फागुन, काठमाडौं । बेवारिसे शव जलाउने काम गर्दै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । बीबीसीकोले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले मंगलबार काठमाडौंको गोंगबुस्तिच बसपार्कबाट पक्राउ […]

संसद् पुनर्स्थापना भए ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् : सुरेन्द्र पाण्डे

४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद् पुनर्स्थापना भए केपी शर्मा ओलीले तुरुन्तै अर्को पार्टी गठन गर्ने बताएका छन् । यो समूहको फेसबुक पेज मार्फत् गरिएको कुराकानीमा पाण्डेले आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने बताए । ‘संसद् पुनर्स्थापना भयो भने ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् । […]

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला

४ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मंगलबार गैंडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उनलेे […]

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

४ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ४० जना महिला र ६५ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको […]

बाराको कलैयामा धर्मशालाको शिलान्यास

४ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१ मा धर्मशालाको शिलान्यास गरिएको छ । कलैया उपमहानगरपालिकाले राजदेवी मन्दिर परिसरमा धर्मशाला बनाउन लागेको हो । धर्मशालाको मंगलबार नगर प्रमुख राजेश राय यादवले शिलान्यास गरेका छन् । राजदेवी मन्दिर मनोकांक्षा पुरा गर्ने शक्ति पिठको रुपमा प्रसिद्ध छ । एक तले धर्मशाला बनाउनका लागि कलैया उपमहानगरपालिकाले नगर स्तरीय योजना […]

तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

४ फागुन, सुर्खेत । तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्षको जाेडीलाई अदालतले कैद सजाय सुनाइएको छ । बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो । अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी […]

सार्वजनिक खर्च घटाउन ल्याएको नीति निष्प्रभावीः पारिश्रमिक र सुविधाकै खर्च बढ्यो

४ फागुन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सार्वजनिक खर्च कटौती गर्न ल्याएको नीति निष्प्रभावी देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउँदै अतिरिक्त खर्चमा व्यापक कटौती गरिने बताएको थियो । तर, मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको खर्च विवरण हेर्दा सरकारले अपेक्षाअनुसार सार्वजनिक खर्चमा कटौती […]

भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा

३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका छन् । सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् । उनले भनेका छन्, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत […]

‘संसद विघटनमा प्रधानमन्त्रीको बदनियत देखियो’

४ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी गरेका छन् । तर अहिले गरेको विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत देखिएको बताए । अदालतको साथी अर्थात एमिकस क्युरीका रुपमा संवैधानिक इजलासमा उपस्थित कार्कीले २०७२ को संविधानले विघटनको अधिकार नहटाएको दाबी गरे । २०४७ सालको संविधानको धारा ५३ (४) […]



from समाचार – Online Khabar https://ift.tt/2OOa7eB
via IFTTT
Powered by Blogger.