Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना

५ फागुन, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको छ । प्रादेशिक अस्पताल परिसरभित्र अवस्थित भवनमा स्थापना गरिएको प्रतिष्ठानको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रष्ठिानलाई प्रदेश सरकारले प्रादेशिक गौरवको रुपमा अगाडि बढाउने […]

भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

५ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । भागरथी […]

६० वर्षमाथिका नागरिकलाई २३ फागुनदेखि कोरोना खोप

५ फागुन, काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान्’ मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतमले भने, ‘२० लाख खोप […]

सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र

५ फागुन, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ । मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए । तर बिहान ६ बजे नै सूचना […]

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकियो

५ फागुन, काठमाडौं । अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो । निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम […]

त्रिपुराका मख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहको आपत्ति

५ फागुन, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले बक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै […]

इन्धनको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन

५ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास […]

नेप्से परिसूचक करिब १० अंकले बढ्यो, बैंकमा लगानीकर्ताकाे आकर्षण कायमै

५ फागुन, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ । मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा […]

नेपालसँग सडकले जोडियो भारतको सिक्किम   

५ फागुन, पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई […]

चिकित्सकहरुले बढाए बिरामी जाँच शुल्क

५ माघ, काठमाडौं । चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने नयाँ परामर्श शुल्क बुधबारबाट लागू भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन)को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा […]

सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

५ फागुन, सप्तरी । सप्तरीमा छतबाट खसेर एकजना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै […]

‘संसद् विघटन असंवैधानिक छ, कम्पन हानिदिऊँ भन्ने लागेको भए सदर गर्नुस्’

५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रूपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको राय दिएका छन् । संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको भन्दै उनले ‘यो प्रणाली भत्किने संघारमा छ, एउटा कम्पन हानिदिऊँ’ भन्ने लोगेको भए पुस ५ को संसद् विघटनलाई सदर गर्न आग्रह गरे । बुधबार संवैधानिक इजलासमा […]

भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला

५ फागुन, काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक […]

काठमाडौं महानगरका १८ सय स्थायी कर्मचारीको स्वतः एक तह बढुवा

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह/स्तर बढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको हो । महानगरको नगर सभा बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार सबै कर्मचारीको एक तह/स्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले […]

भागरथी प्रकरणका आरोपितलाई म्याद थप गर्न अदालत लगिँदै

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद […]

‘संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार दिएको छैन’

५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताएका छन् । संवैधानिक इजलासमा बुधबार बहस गर्दै खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताए । उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ […]

संवैधानिक इजलास : चार प्रश्नमा बहस गर्दैछन् वरिष्ठ अधिवक्ता खरेल

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन् । बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन् । उनका चार प्रश्न यस्ता छन्– पहिलो प्रश्न : वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित […]

गुल्मीमा करिब २८ सय जनाले लगाए कोरोनाविरुद्धको खोप

५ फागुन, गुल्मी । गुल्मीमा झण्डै २ हजार ८ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप २ फागुनदेखि सुरु गरिएको थियो […]

भोलिदेखि देशभर मौसम सफा हुने   

५ फागुन, काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् […]

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु

५ फागुन, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट […]

ओली पक्ष भन्छ- पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो

५ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको […]



from समाचार – Online Khabar https://ift.tt/3pwgjUW
via IFTTT
Powered by Blogger.