समाचार
१ फागुन, बुटवल । नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् । उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी […]
१ फागुन, काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको […]
१ फागुन, काठमाडौं । पिठ्युँमा झोला भिरेका । कम्मरमा ज्याकेट बाँधेका । स्पोर्टस् सुज लगाएका । ट्राउजर र टिसर्टमा ठाँटिएका । कतै एकसुरले हिँडिरहेका । कता हिँडिरहेका ? जहाँ पनि । गन्तव्य र दूरीको के लेखाजोखा ? उनी त एक यायावर जस्ता । हातमा खानेकुराको झोला झुन्ड्याउँछन् । स्टेथोस्कोप बोक्छन् । तपाईंलाई यी पात्र त्यसबेला […]
१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट […]
१ फागुन, वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि स्याङ्जाको वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय […]
१ फागुन, लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]
१ फागुन, कञ्चनपुर । नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ । कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने […]
१ फागुन, काठमाडौं । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान […]
१ फागुन, काठमाडौं । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तानमा र अर्को भूकम्प चीनको सिचुवानमा गएको हो । नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । यता अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ । ताजकिस्तानमा क्षति भए/नभएको विवरण आइसकेको छैन […]
३० माघ, काठमाडौं । शुक्रबार नागरिक अभियन्ताहरूले एकैदिन दुईवटा फरक-फरक आन्दोलन राखेका थिए । बिहान ११ बजे स्रष्टाहरूको साझा आन्दोलन तय गरिएको थियो । दिउँसो २ बजे बसन्तपुरदेखि सिंहदरबारसम्म महिला-मार्च राखिएको थियो । अन्ततः दुवै आन्दोलनको संगम बिन्दु ‘बसन्तपुर डबली’ बन्न पुग्यो । दिउँसो महिला टोली र साहित्यकारहरूको टोली बसन्तपुरमा मिसियो । डबलीबाट सिंहदरबारतर्फ लम्केको […]
३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका लागि पुगेका छैनन् । ११ महिनापछि आगामी सोमबार उनी सिंहदरबारको आफ्नो कार्यकक्षमा भित्रिने साइत जुरेको छ । तर, कामचलाउ प्रधानमन्त्री ओली यसअघि कार्यालय रहेको भवनमा हैन, सिंहदरबारको मूल भवनस्थित हालसालै तयार भएको भव्य कार्यालयमा रिवन काटेर प्रवेश […]
३० माघ, काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ […]
३० माघ, काठमाडौं । शुक्रबार दिउँसो २ बजे बसन्तपुरबाट सेतो कपडा र बाँसको खटमा एउटी महिलाको शव अगाडि बढ्यो । शवको अघिअघि जौ-तिल छर्ने र शंख बजाउनेहरू थिए भने पछाडि थियो महिलाहरूको ठूलो जुलुस । बसन्तपुर-न्युरोड हुँदै शव रत्नपार्क आइपुग्दासम्म हेर्नेहरूको ठूलो भिड लागिसकेको थियो । पैदलयात्रीहरू पनि आन्दोलनमा ‘कोही शहीद भएछ कि’ भन्दै शव […]
३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो । प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने […]
३० माघ, काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक बढायो । भारतीय आयल कर्पोरेसनबाटै बढेर आएको नयाँ मूल्यअनुसार घाटा बढेकाले मूल्य समायोजन गरिएको निगमको दाबी छ । उपभोक्ताकालागि एक महिनामै दुई पटक मूल्य बढाएको निगमले यहीबीचमा आफ्ना शेयर सदस्यहरुलाई अर्बमा लाभांश बाँड्यो, बिक्रेताको कमिसन पनि बढाइदियो । पेट्रोलियम पदार्थ […]
३० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक संसद विघटनबारे सर्वोच्च अदालतको फैसला शिरोधार्य गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले ‘सदर गरे जनताले पनि सदरै मान्नु पर्ने’ देउवाको धारणा रहेको बुझिन्छ । देउवा स्वयंले दुई दशक पहिले गरेको संसद विघटनको […]
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय महेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा […]
३० माघ, वीरगञ्ज । पर्साबाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया बस्ने २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साहलाई पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित उनलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनी बिआर ५ एएफ ४६४७ […]
३० माघ, वीरगञ्ज । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ । घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी […]
३० माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः […]
३० माघ, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुक्रबार १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । शुक्रबार देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा […]
from समाचार – Online Khabar https://ift.tt/3rT1Yn1
via IFTTT






















