Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘ओली समूहले बुटवलको सभामा आउनेलाई लालपुर्जा बाँड्ने भ्रम छर्‍यो’

१ फागुन, बुटवल । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते (आज) बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनसहितको आमसभामा समर्थकको ठूलो संख्या देखाउन सत्ताको चरम दुरुपयोग गरेको आरोप लागेको छ । खासगरी सुकुम्बासी बस्तीका जनतालाई आमसभामा आउनेले लालपुर्जा पाउँछन् भन्ने भ्रम फैलाइएको विपक्षीहरुले ओली समूहमाथि आरोप लगाएका छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तु, […]

जनयुद्ध सम्झिँदै प्रचण्डले भने– बलिदान दिन तयार छौं भनेर संकल्प गरौं

१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सहिदहरुलाई सम्झिने भनेको, हामी तिनीहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न […]

विद्यालय प्राङ्गणमा ओली समूहको सभा, सजावटमा बालबालिका प्रयोग

१ फागुन, बुटवल  । नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् । उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी […]

आज २६ औं जनयुद्ध दिवस : यस्तो थियो पहिलो फौजी कारबाही

१ फागुन, काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको […]

एक डाक्टर, जसले आफ्नै शरीरलाई प्रयोगशाला बनाए

१ फागुन, काठमाडौं । पिठ्युँमा झोला भिरेका । कम्मरमा ज्याकेट बाँधेका । स्पोर्टस् सुज लगाएका । ट्राउजर र टिसर्टमा ठाँटिएका । कतै एकसुरले हिँडिरहेका । कता हिँडिरहेका ? जहाँ पनि । गन्तव्य र दूरीको के लेखाजोखा ? उनी त एक यायावर जस्ता । हातमा खानेकुराको झोला झुन्ड्याउँछन् । स्टेथोस्कोप बोक्छन् । तपाईंलाई यी पात्र त्यसबेला […]

पार्श्व ध्वनि : हरिबिजोग नेपाली सिनेमा

सिनेमाबाट सर्लक्कै ‘पार्श्व ध्वनि’ हटाइदिए के होला ? यो प्रश्नको जवाफ तपाईं स्वयंले खोज्न सक्नुहुन्छ । कुनै पनि सिनेमाको ‘साउन्ड म्युट’ गरेर हेर्नुहोस् । चलयमान दृश्यहरुबाट कथानक संवेग हराउन सक्छ । अर्थात ती दृश्यहरु निर्जीव बन्न पुग्छन् । यसले के पुष्टि गर्छ भने सिनेमाको दृश्य भाषालाई अझ प्रभावकारी ढंगमा व्यक्त गर्नका लागि जरुरी छ, पार्श्व […]

ओली समूहले बुटवलमा सभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट […]

महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन

१ फागुन, वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि स्याङ्जाको वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय […]

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

१ फागुन, लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]

भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

१ फागुन, कञ्चनपुर । नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ । कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने […]

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

१ फागुन, काठमाडौं । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान […]

दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प, ताजकिस्तानको भूकम्पले भारत हल्लायो

१ फागुन, काठमाडौं । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तानमा र अर्को भूकम्प चीनको सिचुवानमा गएको हो । नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । यता अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ । ताजकिस्तानमा क्षति भए/नभएको विवरण आइसकेको छैन […]

नागरिक आन्दोलन : स्रष्टा जुलुस र महिला मार्चको जम्काभेट

३० माघ, काठमाडौं । शुक्रबार नागरिक अभियन्ताहरूले एकैदिन दुईवटा फरक-फरक आन्दोलन राखेका थिए । बिहान ११ बजे स्रष्टाहरूको साझा आन्दोलन तय गरिएको थियो । दिउँसो २ बजे बसन्तपुरदेखि सिंहदरबारसम्म महिला-मार्च राखिएको थियो । अन्ततः दुवै आन्दोलनको संगम बिन्दु ‘बसन्तपुर डबली’ बन्न पुग्यो । दिउँसो महिला टोली र साहित्यकारहरूको टोली बसन्तपुरमा मिसियो । डबलीबाट सिंहदरबारतर्फ लम्केको […]

प्रधानमन्त्रीलाई स्वागत गर्न तयार भयो पुनर्निर्मित सिंहदरबार

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका  लागि पुगेका छैनन् । ११ महिनापछि आगामी सोमबार उनी सिंहदरबारको आफ्नो कार्यकक्षमा भित्रिने साइत जुरेको छ । तर, कामचलाउ प्रधानमन्त्री ओली यसअघि कार्यालय रहेको भवनमा हैन, सिंहदरबारको मूल भवनस्थित हालसालै तयार भएको भव्य कार्यालयमा रिवन काटेर प्रवेश […]

१५ दिनसम्म पुगेन प्रधानमन्त्रीकहाँ सर्वोच्चको आदेश

३० माघ, काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ […]

बलात्कारको विरोधमा जिउँदै शव बनेकी अन्शु

३० माघ, काठमाडौं । शुक्रबार दिउँसो २ बजे बसन्तपुरबाट सेतो कपडा र बाँसको खटमा एउटी महिलाको शव अगाडि बढ्यो । शवको अघिअघि जौ-तिल छर्ने र शंख बजाउनेहरू थिए भने पछाडि थियो महिलाहरूको ठूलो जुलुस । बसन्तपुर-न्युरोड हुँदै शव रत्नपार्क आइपुग्दासम्म हेर्नेहरूको ठूलो भिड लागिसकेको थियो । पैदलयात्रीहरू पनि आन्दोलनमा ‘कोही शहीद भएछ कि’ भन्दै शव […]

‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’

३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो । प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने […]

सरकारलाई राजश्व, कर्मचारीलाई बोनस, व्यवसायीलाई कमिसन, उपभोक्तालाई मूल्यवृद्धि

३० माघ, काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक बढायो । भारतीय आयल कर्पोरेसनबाटै बढेर आएको नयाँ मूल्यअनुसार घाटा बढेकाले मूल्य समायोजन गरिएको निगमको दाबी छ । उपभोक्ताकालागि एक महिनामै दुई पटक मूल्य बढाएको निगमले यहीबीचमा आफ्ना शेयर सदस्यहरुलाई अर्बमा लाभांश बाँड्यो, बिक्रेताको कमिसन पनि बढाइदियो । पेट्रोलियम पदार्थ […]

जनताको अदालतबाट पुनर्स्थापित त्यो संसद…

३० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक संसद विघटनबारे सर्वोच्च अदालतको फैसला शिरोधार्य गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले ‘सदर गरे जनताले पनि सदरै मान्नु पर्ने’ देउवाको धारणा रहेको बुझिन्छ । देउवा स्वयंले दुई दशक पहिले गरेको संसद विघटनको […]

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय महेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा […]

वीरगञ्जबाट कटुवा पेस्तोलसहित युवक पक्राउ

३० माघ, वीरगञ्ज । पर्साबाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया बस्ने २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साहलाई पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित उनलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनी बिआर ५ एएफ ४६४७ […]



from समाचार – Online Khabar https://ift.tt/3agu06g
via IFTTT
Powered by Blogger.