समाचार
२ फागुन, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले […]
२ फागुन,मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका-२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव […]
२ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । छलफलका लागि आयोगले नेकपा अध्यक्ष […]
२ फागुन, काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड-माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् । नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको […]
२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुले आजबाट जवाफी बहस सुरु गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् । उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय […]
२ फागुन, भरतपुर । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन्स डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन […]
२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]
२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ । […]
२ फागुन, काठमाडौं । कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल […]
२ फागुन, काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]
१ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ । […]
१ फागुन, विराटनगर । आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा करणी गरेको ठहर जिल्ला अदालत सुनसरीले गरेको छ । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई अदालतले २२ मंसिरमा सफाइ दिएको थियो । त्यसको दुई महिनापछि तयार भएको फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण […]
१ फागुन, काठमाडौं । रानीकोट । नाम नै काफी छ यसको सौन्दर्य बुझाउनलाई । यो ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ । केही समययता रानीकोटले आगन्तुकलाई मोहनी लगाएको छ । प्राकृतिक सौन्दर्यमा रमाउनेहरु रानीकोट पुग्ने गरेका छन् । त्यसमाथि सडक बिस्तारले पनि यसमा टेवा पुर्याएको छ । कोरोना र लकडाउनको कारण लामो […]
१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा […]
१ फागुन, काठमाडौं । उमेरले जसराज किराती ७७ कटे । तर, उनको ठाँट बेग्लै छ । अहिले पनि ढिँडो, च्याँख्ला, मोही र कोदोको रक्सी खान पाए खुसी हुन्छन् । तर, काठमाडौं जोरपाटीमा यी खानेकुरा त्यति सजिलै कहाँ पाउनु ? सहरप्रति जसराजको मोहभङ्ग दिनदिन बढ्दैछ । उसो त जसराज सहर बस्न थालेको जम्मा दुई वर्ष मात्र […]
‘ओइ मुला, आज फिल्म देखाउँछु भनेको हैन ?’ बिदुरले गुच्चा खेलेको ठाउँमै गुप्त रहस्य खोलिदियो । मलाई सरम लाग्यो । वाक्य फुटेन । अघिल्लो साँझ खेल्दै गर्दा उसँग मैले ‘फिल्म देखाउने’ कुरा गरेको थिएँ । चैत्र–वैशाखको याम । लेकको घाम उति रापिलो हुँदैन । बरु बेलाबखत बेपत्तासँग बतास चल्छ । भर्खर फक्रिदै गरेको आरुबखडाको फूलहरुसँगै […]
१ फागुन, काठमाडौं । सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता सामग्री ब्लक गर्ने प्रणाली भित्र्याउने भएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यही फागुनदेखि कन्टेन्ट फिल्टरिङ लागू गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ समेत छुट्याएको थियो […]
आज म के बोलौं र के नबोलौंको दुविधामा छु । संसारमा बोल्नुपर्ने र लेख्नुपर्ने बाँकी नै के छ र ? पढ्नु पर्ने, अनुभव गर्नुपर्ने, सुन्नुपर्ने र जान्नुपर्ने कुरा अथाह छन् र म यी सबैबाट टाढा छु । कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न कविता लेख्ने कोसिस गर्छु । थाहा छैन, ती प्रयत्नहरू कति कविता भए कति प्रयत्नमै […]
१ फागुन, बटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले आफ्नो पार्टीले रोल्पा र रुकुमबाट चुनाव जित्ने दाबी गरेका छन् । शनिबार बुटवलमा भएको सभालाई सम्बोध गर्दै रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड-माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने बताएका हुन् । ‘रोल्पा रुकुमलाई जनयुद्धको […]
१ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् । सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उनले बताए , शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने थालेको सुनाए । उनले अघि भने, किन हेग […]
१ फागुन, काठमाडौं । भारतिय सेना प्रमुख एमएम नरवणेले नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन् । ‘उत्तर-पूर्वी क्षेत्रमा विकास हुँदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना गरिएको एक सेमिनारलाई सम्बोधन गदै भारतीय सेना प्रमुखले नेपाल लगायत भारतका छिमेकी मुलुकहरुमा चीनको बढ्दो पदचाप र भारतसँग विवादित सीमा क्षेत्रमा चीनले एकतर्फी […]
from समाचार – Online Khabar https://ift.tt/3tYxxhm
via IFTTT






















