Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व हो : राष्ट्रपति

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको […]

आज प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन, काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडीखेलमा आज बिहान एक समारोह आयोजना गरेको छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस […]

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

६ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको […]

‘सरकार संघीयता बलियो बनाउन लागिपरेको छ, तोकिएकै समयमा चुनाव हुन्छ’

६ फागुन, काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सरकारले वैशाखका लागि चुनावको मिति घोषणा गरे पनि अदालतले संसद् भंग बदर गर्‍यो भने चुनाव आवश्यक पर्दैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भने ताजा जनादेश नै अहिलेको आवश्यकता भएको बताउँछन् । उनी भन्छन्, ‘ताजा जनादेशले […]

कांग्रेसले घोषणा गरेन आन्दोलनका थप कार्यक्रम

६ फागुन, काठमाडौं । नेताहरुको चर्को दबावका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेन । पार्टीको १४औं महाधिवेशन आगामी भदौ ७-१० गतेसम्म गर्ने निर्णय गर्दै केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले संसद पुनर्स्थापनाको पक्षमा उत्रिनुपर्ने बताएका थिए । बिहीबारको बैठकमा […]

सर्लाहीमा प्रचण्ड-माधवले भने : ओलीको कदमविरुद्ध सबै एकजुट होऔं

६ फागुन, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्व एकजुट भएर लड्न आग्रह गरेका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको १३ औं दिनको अवसर पारेर जिल्लाको हरिपुर नगरपालिका १ हजारबिघामा आयोजना गरिएको श्रद्वाञ्जलीसभालाई सम्बोधन गर्दै […]

रेसुंगा घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै गुल्मीमा प्रदर्शन

६ फागुन, गुल्मी । गुल्मीको रेसुंगामा एक महिला वेपत्ता र उनकी सासु मृत भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वेपत्ता छिन् भने उनकी सासु फागुन १ गते घरनजिकै मृत भेटिएकी छिन् । वेपत्ताको खोजीका लागि भन्दै […]

टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने

६ फागुन, काठमाडौं । नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ । ‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो । बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै नागरिक समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको […]

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

६ फागुन, काठमाडौं । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम […]

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो । यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन […]

‘मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण’

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् । अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको […]

पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम

६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै बुधबार माइतीघर मण्डलामा रित्तो सिलिण्डर र थाल ठटाउँदै समाजवादी विद्यार्थी युनियनले बिरोध जनायो । बिहीबार पनि नेकपाको प्रचण्ड–माधव समूहको अनेरास्ववियूले देशभरको क्याम्पस परिसरमा इन्धनको मूल्यवृद्धिको बिरुद्धमा प्रर्दशन गर्‍यो । इन्धनको मूल्यबृद्धि फिर्ता नभए आन्दोलन चर्काउने चेतावनी यी विद्यार्थी संगठनहरुले दिएका छन् । माघ २८ मा […]

‘नेपालको माटो सुहाउँदो प्रणाली छ, यसलाई फालिदिउँ भन्न मिल्दैन’

६ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक रहेको राय संवैधानिक इजलासलाई दिएका छन् । उनले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार नदिएको, धारा ७६ अनुसार वैकल्पिक सरकार गठन गर्न संसदीय प्रक्रिया अवरुद्ध पारेको भन्दै संसद विघटन असंवैधानिक रहेको बताएका […]

बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको […]

विप्लव नेतृत्वको नेकपासहित चार दलीय मोर्चाद्वारा बुटवलमा प्रदर्शन

६ फागुन, बुटवल । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार दलको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको विकल्पका लागि भन्दै बुटवलमा प्रदर्शन र सभा गरेको छ । माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा गरेको उक्त मोर्चाले बुटवलमा पहिलो खुल्ला सभा गरेको हो । प्रतिनिधि सभा विघटनपछि मुलुक यसको पक्ष र विपक्षमा ध्रुवीकृत भइरहेका बेला […]

ओली समूहले विराटनगरमा शनिबार सभा गर्दै

६ फागुन, विराटनगर । नेकपा ओली समूहले विराटनगरमा शनिबार प्रदेश १ स्तरीय आमसभा गर्ने भएको छ । ओली समूहले सरकारको समर्थन र निर्वाचनको पक्षमा महोल बनाउन विभिन्न जिल्लामा आमसभा गर्दै आइरहेको छ । सोही क्रममा आोली समूहले विराटनगर– २ स्थित विराट नर्सिङहोमदेखि करिब एकसय मिटर पूर्वतर्फ रहेको खाली जग्गामा आमसभा गर्ने तयारी गरेको हो । […]

वीपी प्रतिष्ठानको उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी

६ फागुन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै […]

महालक्ष्मी बैंकको अनियमितता : ५ आरोपी छुटे, तीनजना थुनामै

६ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा कमसल धितो राखेर अनियमितरुपमा कर्जा प्रवाह गरेको प्रकरणमा समातिएका ५ जना आरोपी धरौटीमा छुटेका छन् । तीनजना भने धरौटी रकम जग्गा गर्न नसक्दा थुनामा गएका छन् । उच्च अदालत, पाटनमा न्यायाधीश कुलप्रसाद चुडालको इजलासले बिहीबार सबै जना आरोपीलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । तत्कालीन […]

‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’

६ फागुन, काठमाडौं । आफूहरुले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा सरकारले हडप्न खोजेको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका वासिन्दाले विरोध जनाएका छन् । साविक छालिङ गाविस वडा नम्बर-७ हाल चाँगुनारायण नगरपालिका–५ स्थित कित्ता नं. ६१९ को २१ रोपनी जग्गामा नगरपालिकाले भवन बनाउँदै छ । त्यो २१ रोपनीमध्येको १५ रोपनी जग्गा आफूहरुले चीरभोग […]

द्वन्द्वपीडितको समस्या समाधान गर्न विशेष कार्यदल बनाउँछौं : प्रधानमन्त्री

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वबाट पीडित नागरिकको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलका क्रममा प्रधानमन्त्रीले भने, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’ छलफलमा प्रधानमन्त्री ओलीले […]

आईपीएलमा सन्दीप लामिछाने बिकेनन्

६ फागुन, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा […]



from समाचार – Online Khabar https://ift.tt/3qtEwN3
via IFTTT
Powered by Blogger.