Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ सरकारद्वारा दलित विकास समितिमा पदाधिकारी नियुक्त

६ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले दलित विकास समितिका पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ । सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्री […]

मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण मागेका छौं : मन्त्री आर्याल

६ फागुन, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे […]

स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

६ फागुन, बुटवल । रुपन्देहीमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-११ स्थित कुमारी चाेकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो । बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर […]

अवहेलना मुद्दा : लिखित जवाफसहित सर्वोच्च पुगे प्रधानमन्त्री

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेर ओली फर्किएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालत […]

सुनको भाउ आज पनि ओरालोतर्फ

६ फागुन, काठमाडौं । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ । बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार […]

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर […]

पार्टी विभाजनलगत्तै प्रचण्डको सुरक्षामा खटिएका थिए पूर्वलडाकु

६ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो । युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा)ले अनलाइनखबरसँग भने, ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा […]

डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै

६ फागुन, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको बिहीबार श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ । दिउँसो हररिपुर नगरपालिका-१ हजार बिगाहामा आयोजना हुने श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आउँदैछन् । वाग्लेको तेह्रौ दिनको तिथिको अवसर पारेर श्रद्वाञ्जली सभाको आयोजना गरिँदैछ । श्रद्वाञ्जली […]

इन्धनको मूल्य वृद्धिको विरोधमा क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन

६ फागुन, काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ । प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका […]

प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै

६ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । […]

प्रचण्ड-नेपाल समूहले किन ल्याउँदैछ प्रतिवद्धता पत्र ?

६ फागुन, काठमाडौं । ‘सबै राजनीतिक दल र नेता एकै हुन । सत्ता प्राप्तीको लागि आन्दोलन गर्छन् तर सत्तामा गएपछि सिन्को भाँच्दैनन् । तपाईंहरु र केपी ओलीमा के फरक छ ? भोलि तपाईंहरु सत्तामा गएपछि के फरक हुन्छ ?’ प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दुई महिनादेखि आन्दोलनरत राजनीतिक दलहरु यिनै […]

चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

६ फागुन, काठमाडौं । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ । तर खोपलाई […]

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

६ फागुन, काठमाडौं । अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । आज ११ बजे प्रधानमन्त्री ओली आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्ने तय भएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । […]

अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

६ फागुन, काठमाडौं । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो । यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई […]

आज पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना

६ फागुन, काठमाडौं । आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ । ‘आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने । यस्तो अवस्था काठमाडौं […]

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ । […]

सिद्धबाबा प्रकरण : पुनरावेदनमा जाने सरकारी वकिलको तयारी

६ फागुन, विराटनगर । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दामा भएको फैसलाको पूर्ण पाठ आएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । सफाइ पाउने फैसला भएको दुई महिनापछि बिहीबार पूर्ण पाठ आएको हो । पूर्ण पाठ आएपछि जिल्ला सरकारी वकिलको कार्यालयले फैसलाको पुनरावेदनका लागि उच्च […]

संसद विघटन : एमिकस क्युरीको बहस आज पनि

६ फागुन, काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बदि्रबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो । […]

भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर

६ फागुन, काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका […]

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको खबर आएपछि धेरैले निर्मला प्रकरण सम्झिए । स्थानीय, नागरिक समाज, राजनीतिक दल सबैले राज्य संयन्त्र र खासगरी प्रहरीलाई खबरदारी गरे, ‘निर्मला पन्त प्रकरणको नियति नहोदोहोरियोस् ।’ प्रहरीले पनि घटना भएको १४औं दिनमा अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भागरथी […]

ओली पक्ष भन्छ- पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो

५ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको […]



from समाचार – Online Khabar https://ift.tt/3jW5Dhm
via IFTTT
Powered by Blogger.