Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै

६ फागुन, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको बिहीबार श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ । दिउँसो हररिपुर नगरपालिका-१ हजार बिगाहामा आयोजना हुने श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आउँदैछन् । वाग्लेको तेह्रौ दिनको तिथिको अवसर पारेर श्रद्वाञ्जली सभाको आयोजना गरिँदैछ । श्रद्वाञ्जली […]

प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै

६ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । […]

प्रचण्ड-नेपाल समूहले किन ल्याउँदैछ प्रतिवद्धता पत्र ?

६ फागुन, काठमाडौं । ‘सबै राजनीतिक दल र नेता एकै हुन । सत्ता प्राप्तीको लागि आन्दोलन गर्छन् तर सत्तामा गएपछि सिन्को भाँच्दैनन् । तपाईंहरु र केपी ओलीमा के फरक छ ? भोलि तपाईंहरु सत्तामा गएपछि के फरक हुन्छ ?’ प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दुई महिनादेखि आन्दोलनरत राजनीतिक दलहरु यिनै […]

चिनियाँ खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

६ फागुन, काठमाडौं । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ । तर खोपलाई […]

अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

६ फागुन, काठमाडौं । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो । यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई […]

आज पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना

६ फागुन, काठमाडौं । आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ । ‘आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने । यस्तो अवस्था काठमाडौं […]

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ । […]

सिद्धबाबा प्रकरण : पुनरावेदनमा जाने सरकारी वकिलको तयारी

६ फागुन, विराटनगर । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दामा भएको फैसलाको पूर्ण पाठ आएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । सफाइ पाउने फैसला भएको दुई महिनापछि बिहीबार पूर्ण पाठ आएको हो । पूर्ण पाठ आएपछि जिल्ला सरकारी वकिलको कार्यालयले फैसलाको पुनरावेदनका लागि उच्च […]

संसद विघटन : एमिकस क्युरीको बहस आज पनि

६ फागुन, काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बदि्रबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो । […]

भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर

६ फागुन, काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका […]

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको खबर आएपछि धेरैले निर्मला प्रकरण सम्झिए । स्थानीय, नागरिक समाज, राजनीतिक दल सबैले राज्य संयन्त्र र खासगरी प्रहरीलाई खबरदारी गरे, ‘निर्मला पन्त प्रकरणको नियति नहोदोहोरियोस् ।’ प्रहरीले पनि घटना भएको १४औं दिनमा अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भागरथी […]

ओली पक्ष भन्छ- पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो

५ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको […]

पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !

६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे पार्टीको अडानलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नोकझोँक भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा बुधबार सभापति र वरिष्ठ नेताबीच भएको विवाद व्यक्तिगत विषयसम्म पुगेपछि अरु नेताहरुले रोक्नुपर्‍यो । नेताहरुका अनुसार २ बजे बोलाइएको कार्यसमिति बैठकअघि संस्थापन इतरका नेताहरु पौडेलको कार्यकक्षमा भेला भएका थिए […]

बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाए

५ फागुन, सुर्खेत । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् । भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका–७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् । घटनास्थलमै बालकको मृत्यु भएपछि […]

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

५ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ । बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ । साथै विद्यालयमा निरीक्षकका रुपमा […]

बजेट निर्माण प्रक्रिया सुरु, अर्थ मन्त्रालयले लियो पूर्वअर्थसचिवसँग राय

५ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\ ७९ को बजेट निर्माणको प्रक्रिया थालेको छ । तरल राजनीतिक अवस्थाका बीच आउन लागेको बजेटलाई दृष्टिगत गरी अर्थमन्त्री विण्णु पौडेलले राय सुझाव संकलन शुरु गरेका छन् । संविधान अनुसार १५ जेठमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नु पर्छ । सोही सिलसिलामा अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\ […]

गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ घाइते

५ फागुन, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो । दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ […]

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै गरेको मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासमा भइरहेको बहस अन्तिम चरणमा छ । रिट निवेदक र विपक्षीको बहस सकिएपछि अदालतको साथी (एमिकस क्युरी) ले बहस थालेका छन् । नेपाल बार एशोसिएसनबाट चयन भएका एमिकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका […]

सबै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छ : वरिष्ठ अधिवक्ता मैनाली

५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत, अल्पमत जुनसुकै माध्यमबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार हुने बताएका छन् । बुधबार सर्वोच्च अदालतको संवैधनिक इजालसमा प्रतिनिधिसभा विघटनबारे राय प्रस्तुत गर्दै मैनालीले संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार रहने जिकिर गरे । नेपालले संसदीय शासन […]

साबित्रा घाइते भएपछि एपीएफलाई उपाधि नै खल्लो

५ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि पक्का गर्‍यो । बुधबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेलेपछि एपीएफले दुई खेल बाँकी रहँदै लिग उपाधि पक्का गरेको हो । बुधबारै भएको दोस्रो खेलमा एपीएफले […]

शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपी अर्कै मुद्दामा कारागार चलान 

५ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक हातहतियार तथा खरखजना मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् । गत माघ ७ गते उनी हतियारसहित मोरङको बुढीगंगा गाउँपालिका– ४ बाट […]



from समाचार – Online Khabar https://ift.tt/3s4RPnv
via IFTTT
Powered by Blogger.